विष्णु सापकोटा
Question for internal purification in the political parties for complete democracy
Bishnu Sapkota, Professor , Trivuwan University
विचार/ विवेचना
संयुक्त राष्ट्रसंघको महासचिव कोफि अनान्नले नेकपा (माओवादी)ले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गरेका छन् र अन्नानले नेपालका सवै पक्षले दिगो शान्तिको लागि सबै उपाय अपनाउने अपेक्षा पनि गरेका छन्।
त्यस्तै युरोपेली संघले माओवादी युद्धविरामको स्वागत गर्दै त्यसको ठोस र सकात्मक जवाफ दिन सरकारलाई आग्रह गरेको छ। अन्तराष्ट्रिय मानवअधिकार संस्था र छिमेकी मुलुक भारतले पनि युद्धविरामको स्वागत गरेका छन्। तर भारतबाट आएका प्रतिक्रिया भने विवाद रहित हुन सकेन, भारतको विदेश मन्त्रालयका व्यक्तिसंगको भेटघाट पछि माओवादीले युद्धविराम गरेको भारतीय पत्रिका र टेलिभिजन च्यानलहरुले समाचार सम्प्रेषण गरे र उक्त समाचारको खण्डन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले भारतको आग्रह वा अरु कुनै शक्ति केन्द्रको आग्रहमा भन्दा पनि आफ्नै राजनीतिक विश्लेषणको आधारमा युद्धविराम गरेको भनाई सार्वजनिक गरे ।
भारतका कुनै पनि सरकारी निकायसंग युद्धविरामको बारेमा छलफल नभएको भनि यस्तो निराधार आरोपको पुष्टि गर्न समेत प्रचण्डले चुनौती दिएका छन्। युद्धविरामको बारेमा जसजसले आफ्नो अनुरोध वा आग्रहमा भनेर प्रचार गर्न खोजे पनि यो स्वयं आफैंमा महत्वपूर्ण कार्य हो यसको सबैले स्वागत गर्नुपर्छ। जसले युद्धविराम मेरो आग्रहमा भएको भनेर प्रचार गरी रहेका छन् उनीहरुका अगाडी युद्धविरामलाई दिगो शान्तिको रुपमा कसरी बदल्ने भन्ने चुनौती पनि संगै आएको छ।
माओवादीको एकतर्फी युद्धविराम नेकपा एमाले र नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलन प्रतिको निर्णय युवा विद्यार्थीहरुमा बढ्दै गएको निरंकुशता विरुद्धको बलिदानीपूर्ण भावना, नागरिक समाजले लोकतान्त्रिक आन्दोलन प्रति देखाएको उत्सुकता र संगठीत अभियान र काठमाडौमा दैनिक रुपमा हुने गरेका निषेधित क्षेत्रको अवज्ञा र भीडन्तले लोकतान्त्रिक आन्दोलनको भविष्य नजिकै आई पुगेको संकेत पाइन्छ। यो पीडाबाट मुक्त गराउन र समावेशी प्रजातन्त्र मार्फत मुलुकलाई रुपान्तरण गर्नु पर्ने हुन्छ।
तर नेपालका राजनीतिक पार्टी भित्र आन्तरिक प्रजातन्त्रको अभाव सक्षम र इमान्दार कार्यकर्ताको अवमूल्यन र पार्टी भित्रको गुटवन्दी र more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, September 26
by
Nepal Info
on Sun 25 Sep 2005 11:10 PM PDT
Monday, September 19
by
Nepal Info
on Mon 19 Sep 2005 01:34 PM PDT
बिचार /
बिबेचना
The ceasefire is for complete democracy Dr. Devendra Raj Panday, co-ordinater, Civil Society Movement डा. देवेन्द्र राज पाण्डे शान्ति सवैको इच्छा हो। र यो इच्छालाई पुरा गर्न भने त्यति सहज छैन। नागरिक समाजको तर्फबाट हामीले माओवादीलाई हतियार त्याग्न र शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा आउन आग्रह गरिरहेका छौं।हाम्रो माग र जनताको इच्छाअनुसार माओवादीले युद्धविराम गरेको छ। यो ज्यादै स्वागत योग्य कुरा हो। युद्धविरामले नेपाली जनताको शान्तिप्रतिको चाहाना र हालै संचालित लोकतान्त्रिक आन्दोलनमा यसको उच्च मुल्याङ्कन हुनेछ। माओवादीले संचालन गरेको जनयुद्धबाट समस्याको निकास खोज्ने प्रयास पनि बेलाबेलामा नभएका होइनन। नागरिक समाज र सरकारबाट युद्धरत पक्षका मागलाई सम्वोधन गर्नु पर्ने हो, त्यो हुन सकेन। जसका कारण द्वन्द्व तिब्रगतिमा बढ्दै गयो र यहि मौकाको फाइदा उठाउन निरंकुशतावादी तत्वहरू लागे। उनीहरूले प्रजातन्त्रलाई समाप्त पारे। राजाले ०४७ सालको संविधानलाई समाप्त पारे। आज राज्य निरंकुश र तानाशाही बन्दै गएको छ। लोकतान्त्रिक शक्तिहरूलाई पाखा लगाउने कार्य निकृष्ट रुपमा भइरहेको बेला माओवादीले एकतर्फी युद्धविराम घोषणा गरेर वर्तमान ... more » Saturday, September 17
by
Nepal Info
on Sat 17 Sep 2005 12:46 AM PDT
विचार/ बिबेचना
प्रदिप गिरी Idological prospets for alliance Pradip Giri,Senior political analyst माओवादका सैद्धान्तिक र राजनैतिक कमजोरी छन्। तर ती कमजोरीका बावजूद यस आन्दोलनले एउटा बलियो धरातल फेला परिसकेको छ। माओवादीले महिला, दलित र जनजातिमा अभूतपूर्व जाँगर र जागरण उत्पन्न गरेको छ। नेपालको राष्ट्रिय इतिहासमा यस्तो जनपरिचालन भएको उदाहरण विरलै छ। यो निश्चय खेर जाने छैन। यो खेर जानु पनि हुँदैन। मधेसी समुदायको समस्याको अध्ययन र समाधानमा माओवादीले गल्ती गरेका छन्। एक्कइसौं शताव्दीको लोकतन्त्र (जनवाद) को निर्माणको प्रश्नमा पनि उनीहरु निश्चय अलमलिएका छन्। मूलतः त्यस अलमलले नै उनीहरुमा कलह उत्पन्न गर्यो भन्ने सुनिन्छ। कांग्रेस र एमालेका समाजवादीहरुले त्यस विवादमा आफ्नो दृष्टिकोण राख्नुपर्छ। त्यस दृष्टिकोणका आधारमा मात्र संसदीय दलहरु र माओवादीको न्यूनतम कार्यक्रमको बाटो विश्वसनीय बहस हुन सक्छ। अहिलेसम्म माओवादीको चाहना मात्र एकतर्फी रुपमा आएको छ। त्यो स्पष्ट छ। हिजो एक समयमा माओवादीको नारा 'गणतन्त्र' थियो। उनीहरुले पछि यो छाडे। अहिले माओवादीले संविधानसभाको माग राखेका छन्। संविधानसभा मूलतःएक प्रजातान्त्रिक माग हो। यो २००७ सालको क्रान्तिको समेत जनादेश थियो। यो माग पछि पर्यो। यस मागलाई ब्यूंताएर माओवादीले एक ऐतिहासिक कार्यभार पुरा गरेका छन्। नेपालको प्रजातान्त्रिक जनान्दोलन अब यहाँभन्दा पछाडि जान सक्तैन। अगाडि मात्र जाने छ। माओवादीसँग त्यो भन्दा अगाडिको बाटो बारे बिचारविमर्श वा वैचारिक द्वन्द्व हुन सक्छ। तर संविधानसभाका बारे तर्क वितर्क गर्नु मूर्खता हो। त्यस्तो मूर्खताले राजालाई मात्र more » Thursday, September 15
by
Nepal Info
on Thu 15 Sep 2005 11:19 AM PDT
विचार/बिबेचना
Constitutional Assembly is essential also for the Monarchy वासु देवकोटा विषय प्रवेश नेपालको राजनीतिक इतिहास यस बेला कठिन र संकटपूर्ण घडीमा अगाडि बढिरहेको छ । १०४ वर्षराणाकाल छोडेर २००७ सालको क्रान्ति देखि हेर्ने हो भने आधा शताब्दि भन्दा लामो आरोह अवरोह, अग्रमन, प्रतिगमन, उत्पीडन विद्रोह र संर्घषका नयाँ नयाँ श्रृंखलाहरु अगाडि बढीरहेका छन् । नेपाली मातृभूमिमा जनताको सर्वोच्चताका लागि निरन्तर संर्घष भइरहेका छन्। यस बेला नेपाल अधिराज्यको संविधान २०४७ ले प्रदान गरेका हकअधिकार समेत खोसिएका छन् र जनताले आन्दोलनबाट प्राप्त गरेका अधिकारहरु कुण्ठित भएका छन्। more » Wednesday, September 14
by
Nepal Info
on Wed 14 Sep 2005 03:50 AM PDT
प्रदिप गिरी
Idological prospets for alliance Pradip Giri,Senior political analyst दिनानुदिनको सत्ता-राजनीतिसिद्धान्तको सचेत अनुभूतिबेगर पनिचल्दछ। सिद्धान्तको अस्तित्व त्यहाँ नहुने हैन। डाक्टरले शरीरको अपरेशन गर्दा शरीर विज्ञानका सूत्र तत्काल नसंझेको पनि हुन सक्छ। अभ्यासले काम चल्छ।तर शरीर-विज्ञानको अस्तित्व रहन्छ। अन्ततःशरीर विज्ञानका विपरीत कोही डाक्टर जानसक्दैन। सत्ताका नामुद खेलाडी पनि राजनीतिको सिद्धान्त र विज्ञानलाई संधै चुनौति दिन सक्दैनन्। विगतमा राजाको शक्तिको श्रोत र स्वभावलाई दलहरुले लगातार मनोगत रुपमा हेरे। राज्य र राजनीतिकोसिद्धान्त र विज्ञान हेरेनन्। राजाले त्यसबाट नै मौका पाए। दलका मनज्ञ नेताहरु आज पनि राजाको नियतकाबारे काल्पनिक सोचाइ राख्दछन्। ठीक त्यस्तै ने.क.पा माओवादीको पनि उपयोग मात्र गर्न चाहन्छन्। माओवादी पनि सक्दा ... more » Monday, September 12
by
Nepal Info
on Mon 12 Sep 2005 05:10 AM PDT
गौरी प्रधान
![]() Civil society against the autocracy Gauri Pradhan, Senior human rights activist माघ १९ को शाही कदमपछि राजनीतिक पार्टी सडकमा छन्। राजनीतिक पार्टीले अझ सम्मपनि मुलुकलाई लोकतान्त्रिककरण तिर लैजाने ठोस र मूर्त एजेण्डा ल्याउन सकेका छैनन्। राजा भने निरंकुशता तीर त्रि्र वेगमा अगाडी बढि रहेका छन्। राजाको सहयोगीका रुपमा पूर्व पंचहरु र केही नवपंचहरु र सेनाको प्रत्यक्ष सहयोग रहेको छ। त्यस्तै अन्तराष्ट्रिय जगतमा रुस , क्यूवा, पाकिस्तान , इजिप्ट लगायतका राष्ट्रले राजाको कदमलाई र्समर्थन गरेका छन्। लोकतन्त्रको पक्षमा विस्वास गर्ने र नेपाललाई आर्थिक र भौतिक रुपमा लामो समय देखि सघाउदै आएका राष्ट्रहरु युरोप ,अमेरिका ,भारत लगायतका देश लोकतन्त्रका पक्षमा ... more »
by
Nepal Info
on Mon 12 Sep 2005 05:04 AM PDT
रेवती सापकोटा
Give bread not weapons Rewati Sapkota,Delhi राजा ज्ञानेन्द्रको अध्यक्षतामा रहेको वर्तमान सरकारले नेपाली जनताको लागि खाना होइन गोली र यातना दिदैंछ। आफनो पैसा गोली किन्न दिएर आफै मारिनु पर्ने नेपाली जनताको नियति हुन लागेको छ। आफैलाई मार्न कोहि पनि नेपाली जनता तयार हुन सक्दैन। तर सरकारले त्यस्तै निर्णय गर्यो केही समय अगाडि।राजाको अध्यक्षतामा रहेको मन्त्रीपरिषदले शाही नेपाली सेनालाई गोली किन्न ८ अर्व रुपैया सरकारी तथा नीजि क्षेत्रका बैंकहरुबाट लिएर दिने more » Thursday, September 8
by
Nepal Info
on Thu 08 Sep 2005 08:05 AM PDT
प्रकाश, सहमहामन्त्री नेकपा (एकताकेन्द्र -मसाल )
Parliamentary parties and Maoist unity is becoming closer Prakash, secretary-general CPN (Ekata kendra-Masal) नेकपा(माओवादी )ले भाद्र १८ गते २०६२ देखि लागु हुने गरि तिन महिनाको लागि एकतर्फी युद्दविराम घोषणा गरेको छ । यो युद्दविरामको घोषणालाई राजाको नेतृत्वमा बनेको प्रतिगामी सरकार वाहेक आन्दोलनकारी सात राजनीतिक पार्टी, नागरिक समाज, मानवअधिकार संघ संस्था र आम जनसमुदाय सवै पक्षबाट स्वागत गरिएको छ। साउनको तेश्रो हप्तादेखि नागरिक समाजको तर्फबाट संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको स्पष्ट ऐजेण्डाकासाथ संचालन भैरहेको प्रभावकारी आन्दोलन, भाद्रको दोश्रो हप्तामा नेकपा एमालेको केन्द्रिय समितिको बैठकको संविधान सभालाई तात्कालिन कार्यनिति बनाई आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा उन्मूख गर्ने निर्णय भाद्रको तेश्रो हप्तामा नेपाली कांग्रेसको महाधिवेशनको आफ्नो विधानबाट संवैधानिक राजतन्त्र भन्ने शब्दावली हर्टाई more » Wednesday, September 7
by
Nepal Info
on Tue 06 Sep 2005 03:35 PM PDT
- शंकर पोखरेल
केन्द्रिय सदस्य, नेकपा एमाले Democracy through constitutional Assembly Shankar Pokhrel,central comittee member, CPN(UML) मुलुकमा विद्यमान राजनीतिक द्वन्द्वको. सघनता, शक्ति सन्तुलनमा आएको परिवर्तन, नयाँ शक्ति सन्तुलनको आवश्यकता र सामाजिक परिवर्तनप्रति नेपाली जनतामा विकास भएको नवीन चेतनाका आधारमा नेपालको प्रजातान्त्रिक व्यवस्थालाई सम्बैधानिक रुपले पुनसंरचना गर्न अव हामी तयार हुनुपर्दछ । राजाको प्रतिगमन वा माओवादी समस्याको राजनीतिक समाधान खोज्ने कुरासँग नेपाली समाजमा विद्यमान आर्थिक-सामाजिक द्वन्द्व र आधारहरुलाई पनि विचार गर्नुपर्ने हुन्छ । वर्तमान समयमा नेपाली समाजमा विद्यमान राजनीतिक संकटको निदानको लागि राजाका पछाडि फर्किएका प्रतिगमनकारी कदमहरुलाई रोक्न र सच्याउन सक्नुपर्दछ । राजाको माघ १९ गतेको शाही घोषणा र त्यसपछिका कदमहरुले नेपाल अधिराज्यको संविधान more » Sunday, September 4
by
Nepal Info
on Sun 04 Sep 2005 02:32 PM PDT
डा. मथुरा श्रेष्ठ
Election of constitutional Assembly for Democracy Dr. Mathura Shrestha, Senior human right leader विचार/ विवेचना सिङ्गो देशलाई यसबेला प्रतिगमनकारिले जेलको रुपमा परिणत गरेकाछन् । राजनीतिक पार्टी स्वतन्त्रा र लोकतन्त्रका पक्षमा वकालत गर्ने संघ संस्था समेत अधिनायकबादीको आँखाको कसिङ्गर बनेका छन् । माघ १९, २०६२ असोज १८ ,२०५९ को निकृष्ट रुप हो । प्रतिगमन माघ १९ मा मात्र होइन , माघ १९ त असोज १८ को विकसित रुप मात्र हो । माघ १९ आउन दिन राजनीतिक को विशेष भुमिका रहेका छ। राजनीतिक पार्टीले २०४६ सालको जनआन्दोलन पछि जनताका इच्छाहरुलाई तिब्ररुपमा संवोधन गर्न सकेको भए प्रतिगम more » |
This Month
Month Archive
|
||
