Main Page  »  Views
View Article  संबोधन मार्फत के राजाले आन्दोलन तुआउलान् त ?

King's proclamation: a conspiracy against democratic movement

Anuradha Paudel

विचार /विवेचना
अनुराधा पौडेल
माघ १९ को कालो कदमको विरुद्ध देशभित्र मात्र नभै अन्तराष्ट्रिय रुपमै नारा जुलुस घन्किन थालेपछि र नगरपालीका निर्वाचनको काममा जोकर साबित भएपछि राजाले भोली देशवासीका नाममा संवोधन गर्दैछन्। विहान उज्यालो हुनासाथ  राजाले गर्ने संबोधनमा थप प्रगतिशिल कुराको अासा गर्न सकिने अवस्था छैन। किनभने पार्टीहरुले लोकतान्त्रीक गणतन्त्रको मागलाई अगाडी बढाएका छन् । अहिलेको आन्दोलनको  न्यूनतम माग भनेको कम्तीमा संसद पूनर्स्थापना गर्नु हो। र यसपछि संविधानसभाको निर्वाचन अथवा जनताले रोजेको व्यवस्था या कानुनी राज्य जनताले नै निर्वाचन मार्फत बनाउने हो। तर राजाले संसद पूनस्थापना गर्ने छैनन। किनभने मुलुकमा संसद राख्न चाहेको भए विघटन गर्ने नै थिएनन भने यतिविधि आन्दोलन चर्किरहेका बखतपनि पार्टीहरुको कार्यक्रममाथि दमन गर्ने थिएनन। उनले बार्ता र संवादको प्रकिया पहिलेनै थाल्ने थिए।
त्यसैले राजाको भोलीको संवोधनले मिलीजुली सरकार या राजनीतिक पार्टीहरुसंग बार्ता थालेर बहुदलीय सरकार स्थापना गर्ने दिशामा जानलाई पार्टीहरुलाई अाग्रह गर्न सक्नेछन्।   more »

View Article  नांगेझार हुनेपालो अव राजाकै
विजय कुवर

Now the king has to be boycotted

Bijaya Kunwar
विचार / विवेचना
बिहीवार बाट नगर निर्वाचनमा उम्मेद्वारी दिने समय समाप्त भयो। प्रसासनिका काम काज नभएर देशै ठप्प भएका बेला नगरपालीका चुनावको खासै ठूलो महत्व छैन। नगरपालीका चुनाव के के न हो भनेजस्तो पारेर ५८ नगरपालीकामै निर्वाचन सफल पार्न सरकारले सबै उपायहरु अपनाएपनि अन्तत सबै ठाउमा उम्मेद्वारी पर्न सकेन। दलहरुको आन्दोलन या दवावका कारण मानिसहरुले उम्मेद्वारी दिन हिचकिचाएको कुरा त आफ्नो ठाउमा होला तर राजाको शासनलाई भित्रै देखि रुचाउने नागरिकहरु मुलुकमा रहेनछन् भन्ने कुरा बिहीवारको दिनले फेरि पुष्टि गरेको छ।
राज्य शक्तिको दूरुपयोग गरेर नगरपालीकाको निर्वाचन कथंकदाचित सम्पन्न हुनेभएपनि यो निर्वाचन अपुरो नै हुन्छ। किनभने सबै नगरपालीकाका सबै वडाहरुमा उम्मेद्वारहरु उठेका छैनन। उम्मेद्धार विहिन वडाहरुमा प्रसासनिक कामकाज अहिलेजस्तै लगभग ठप्पको अवस्थामा रहने निश्चितप्राय छ। देशलाई नागरिक पथमा हिडाउनु र नागरिकहरुले चाहेजस्तो राज्य संचालन गर्ने बाटो खुला गरिदिएर आफ्नो लोकप्रियतालाई मजबूत गराउनुको सट्टा राजा एउटा नेता झैं भोट माग्दै नागरिक भेटको दौडमा दौडेपनि राजालाई नगर निर्वाचन महगो सावित भएको छ। दरवारमा बस्ने राजा कस्ता रहेछन् , निरकुश राजा भनेको कस्तो हुन्छ भनेर हेर्नकालागिमात्र  नागरिकहरुको भिड देखिदोरहेछ भन्ने कुरा राजाले राम्ररी बुझेका होलान।  राजा पतन भएभने एउटा संझना स्वरुप उनको अक्षर राखौं न भन्ने भावनाले मात्र नागरिकहरुले अटोग्राफ माग्न चाहेका रहेछन् भन्ने कुराको हेक्कापनि राजालाई भयो होला। बल्ल बल्ल उमेद्धार खोजेर चुनाव गराउन लागेका राजालाई अव भोट नहालेर नागेझार पार्न सकियो भने राजाको मुलुक डोर्याउने पथको पर्दाफास हुनेछ। त्यसैले भोट बहिष्कारको आन्दोलनलाई अझै चर्काउन पर्ने देखिन्छ।
हुन त पार्टीहरुको आन्दोलन मजबुत बनिरहेको छ र एकपछि अर्को गरी मुलुकमा क्रान्तिको ज्वाला फैलिरहेको छ। एकाएक उपत्यका प्रदर्शन कायक्रमलाई सरकारले दवाएपछि मुलुकभर आन्दोलन चर्कीरहेछ। हिजोको नेपाल बन्दलाई हेर्यौं भने थाह हुन्छ कि सबैजसो नगरपालीकाहरुमा आन्दोलनले चर्को रुप लिइरहेको छ। मानिसहरुलाई सडकमा अोर्लेर नारा जुलुस गर्न कुनै डरत्रास छैन। यतिवेला नागरिकहरुले के बुझेका छन् भने राजाले मुलुकको विकास होइन कि बिनास गरिरहेछन्। नागरिकहरुलाई लुट्न सम्म लुटेर आफ्नो दशकौ पूरानो चिन्तन नागरिकहरुमा जबरजस्त लादेर राजा मुलुकमा भाले भैरहेका छन् । राजा भनेका समयका आबश्यकता होइनन बरु समय अनुसार परिवर्तन हुन नचाहने सत्तासिनहरु हुन्। यस्ता राजसत्ताहरु पतनको बाटोमा जान्छन् भन्ने कुरा विश्वका इतिहासहरुले सिद्ध गरिसकेका छन्। बिश्व इतिहास नपढ्ने राजालाई शिरमा राखेर बन्दुकको शासन टिकाइरहनदिन नागरिकहरु तयार छैनन। यो समय भनेको सबै नागरिकहरुलाई नागरिक अधिकारले सुसज्जित गर्ने समय हो र उनीहरुको विकास तथा प्रगतिलाई राज्यले स्थान उपलब्ध गराउने समय हो।
नागरिकहरुका आवाज देखि डराएर बन्दुकका भरमा शासन गर्ने राजाको यो कदमको विरोध अझ शसक्त रुपमा गर्नुपर्छ ।  दिन दिन पतनको दिशामा गइरहेको राजकीय सत्तालाई उल्टाउनु नै अहिलेको आवस्यकता हो। हामीले विगतमापनि पटक पटक क्रान्ति गर्यौं तर ति सबै अपूरा रहेका कारण जनताले पटक पटक विद्रोह गरिरहेछन्। यो पटकको जनताको विद्रोहलाई हामीले अहिलेसम्मको नेपाली इतिहासमा सबैभन्दा सुनौलो बनाउने काम गर्यौं भने भोलीको पूस्ताले हामीले झैं दुख पाएर भौतारिने छैन।
View Article  शान्तिपूर्ण निकाशकालागि संभावित उपायहरु

डा. विष्णुराज उप्रेती

Possible outlets for Peaceful solutions
Dr. Bishnuraj Upreti, Conflict Specialist
 
विचार/ विवेचना

नेपालमा चलेको सशस्त्र द्वन्द्व र राजाको हुकुमी शासन गर्ने महत्वकांक्षाले देश अब आम नरसंहार र विदेशी हस्तक्षेप वा शासकीय सत्ताको भागबण्डा वा आमूल परिवर्तनका चौबाटोमा उभिएको छ। हाम्रो देश यी तीन वटा मध्ये कुनै पनि अवस्थामा कुनै पनि समय प्रवेश गर्न सक्छ। यी तिन सम्भाव्य बाटाहरुको छोटकरीमा निम्नअनुसार चर्चा गरिएको छ।

१ . नरसंहारको बाटो

राजाको प्रत्यक्ष शासन गर्ने महत्वकांक्षाका कारण गणतन्त्रको आवश्यकता देख्ने नेपालीको संख्या ह्वात्तै बढेको हुदा राजतन्त्रको अस्थित्वमाथि दरबारले खतरा महसुस गरेको देखिन्छ।   more »

View Article  दलितजातीको उत्थानमा लोकतन्त्र
आहुती

Complete democracy for oppressed people
Aahuti


विचार/विवेचना
                       

  शाही घोषणाद्वारा लादिएको निरंकुशतन्त्रले मुलुक जटिल मोडमा छ।४६ को परिवर्तनबाट प्राप्त जनताका मौलिक अधिकारहरु खोसिएका छन्। ४७ को संविधान मृत सरह छ।पञ्चायती शैली भन्दा अहिलेको दमन क्रुर छ र यसले सीमा नाघ्दैछ। सशस्त्र द्वन्द्वको शान्तिपूर्ण निकासको सट्टा देशलाई अनन्त युद्धको दलदलतिर धकेल्न निरंकुशतन्त्र उद्दत छ। मुलुकमा हरेक जात जातीका उत्थानकालागि बढि भन्दा बढी कामहरु हुनुपर्नेमा त्यसो हुन सकेको छैन। बरु राजाको शासनले निरन्तरता पायो भने दलित, जनजाति, महिला, मधेसी लगायतका जाति, समुदाय, वर्ग र क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ भनि हास्यास्पद भ्रमपूर्ण हल्ला मच्याइदैछ। जनताद्धारा पूर्वनै अस्वीकृत भइसकेका एकाध व्यक्तिलाई विभिन्न शासकीय ओहोदामा पुर्‍याएर मुलुकको समस्या समाधानको नाटक गरिदैछ। जनताका मौलिक अधिकारमाथि प्रतिबन्ध गरेर नौटंकी चुनावी नाटकको प्रदर्शनको तयारी चलिरहेको छ। समग्रमा जनताका मौलिक अधिकारमाथि धावा बोलेर अघि बढेको निरंकुशतन्त्र यतिखेर आफैंमा संकटग्रस्त भई एक्लिएको छ तर आफ्नो अस्तित्वलाई ढाकछोप गर्दै सत्ता टिकाउको निम्ति नैतिक बैधता प्राप्त गर्न ढृढतापूर्वक लागि परेको छ।    more »

View Article  दरबारीया अपराधीहरुले क्षमा माग्दैनन

Royal criminals never relise

Krishna Pahadi

कृष्ण पहाडी 


 
विचार/ विवेचना

राजाले चालेको असवैधानिक कदमको राष्ट्रिय र अन्तराष्ट्रिय तहबाट विरोध भई रहेको छ। अन्तराष्ट्रिय जगत नेपालमा शान्ति स्थापना भएको हेर्न चाहन्छ। राजनीतिक पार्टीहरु लामो समयदेखि शान्ति स्थापनाको दीर्घकालिन बाटो पहिल्याउन सकेका थिएनन्। तर अहिले सयुक्त राष्ट्रसंघ लगायत राष्ट्रिय अन्तराष्ट्रिय संस्थाको पहलमा विद्रोही माओवादी र सात राजनीतिक पार्टीविच बाह्रबुंदे समझदारी भएको छ। त्यो अत्यन्तै सकात्मक र स्वागत योग्य छ। घाउ कोट्याए पीप खेलाउने प्रवृतिले रोग झनझन बल्झाउछ। माओवादी चरित्रको बारेमा आशंका छ, तर धेरैकुराहरु अन्तिम परिणाममा भर पर्छ। अन्तिम र सकारात्मक परिणाम ल्याउनको लागि सबै वर्ग र पेशाकर्मिले आफनो उर्जा खपत गर्नुपर्छ । राजनीतिक सहमतिको ढोका खुल्दा माओबादीले आफुलाई नसुधारेको भए र सात राजनीतिक दलले जनताको एजेण्डालाई ग्रहण नगरेको भए राजाको निरकुश एजेण्डालाई समर्थन पुग्थ्यो र त्यसको निरन्तरतालाई नै बल पुग्ने थियो। दुइवटा राजनीतिक शक्तिको मिलन भएकोछ। यो ऐतिहासिक छ तर यसलाई ऐतिहासिक बनाउन पार्टीहरुले धेरै कसरत गर्नु पर्ने छ।   more »

View Article  माओवादीमा सैनिक विद्रोहको संभावना
डा. विष्णुराज उप्रेती

Possibility of  revolt in the Maoist army
Dr. Bishnuraj Upreti, conflict expert


विचार/ विवेचना

नेपालमा चलेको सशस्त्र द्वन्द्व र राजाको हुकुमी शासन गर्ने महत्वकांक्षाले देश अब आम नरसंहार र विदेशी हस्तक्षेप वा शासकीय सत्ताको भागबण्डा वा आमूल परिवर्तनका चौबाटोमा उभिएको छ। हाम्रो देश यी तीन वटा मध्ये कुनै पनि अवस्थामा कुनै पनि समय प्रवेश गर्न सक्छ। राजाको प्रत्यक्ष शासन गर्ने महत्वकांक्षाका कारण गणतन्त्रको आवश्यकता देख्ने नेपालीको संख्या ह्वात्तै बढेको हुदा राजतन्त्रको अस्थित्वमाथि दरबारले खतरा महसुस गरेको देखिन्छ। सक्रिय राजतन्त्र भएका देशमाजनता राजतन्त्रको विरोधमा उत्रदा दरवार आक्रमक भई राजतन्त्र विरोधीहरुको नरसंहारमा गएको उदाहरण संसारका थुप्रै देशका इतिहासले प्रस्तुत ...   more »

This Month
January 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive