Neglegence on inclusive issues 

विचार/Views

मल्ल के. सुन्दर/Malla K. Sunder

बिषय प्रवेश

सात राजनीतिक दल र नेपाल कम्यूनिष्ट पार्टी -माओवादी)ले यस पटकको जनआन्दोलनको लागि भारतको राजधानी नयां दिल्लीमा २२ नवम्बर २००५ -७ मंसिर २०६२) मा गरेको बाह्रबुंदे समझदारी पत्रद्वारा परिलक्षित मूलभूत कुरा दुइ वटा थिए । एक दशक लामो सशस्त्र विद्रोहको राजनीतिक रुपान्तरण गरिकन मुलुकमा दिगो शान्ति स्थापना गरिनु पहिलो लक्ष रहेको थियो भने अर्को लक्ष भनेको दुइ सय अठ्ठत्तीस बर्ष पुरानो केन्द्रीकृत र एकात्मक राज्यको अग्रगामि पुनःसंरचना गरिनु ।

आन्दोलनको सफलता पछि विशेषतः सत्तारुढ सात राजनीतिक दल र माओवादीबीच सम्पन्न विभिन्न समझदारी, सहमति र सम्झौताहरुमा यी दुबै लक्ष प्राप्तिका ...   more »