
डा. बाबुराम भट्टराइ
आज माघ १९ गते राजा ज्ञानेन्द्रले आफूलाई मन्त्रिपरिषद्को अध्यक्ष घोषणा गरेको वर्षदिन पूरा हुदैछ। त्यसैले कतिपयले यो एक वर्षाई राजाले प्रत्यक्ष शासन गरेको एक वर्षमानेर सोहीअनुसार मूल्याङ्कन गर्ने जमर्को गर्नेछन्। तर हाम्रो विचारमा त्यो सही होइन। वास्तवमा माघ १९ गते असोज १८ को पछिल्लो कडी थियो र ती दुवै जेठ १९ गतेका निरन्तरता मात्र थिए। त्यसैले २०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्डदेखिको घटनाक्रमसंग जोडेर मात्र गत एक वर्षो मूल्याङ्कन गर्नु सही, वैज्ञानिक र वस्तुवादी हुन्छ। अझ गहिराइमा गएर विश्लेषण गर्दा गत २ सय ३७ वर्षो केन्द्रीय सामन्ती राजतन्त्रात्मक राज्यसत्ताको इतिहासको निरन्तरतामा नै नारायणहिटी हत्याकाण्ड र त्यसपछिको पौने पाच वर्षाई बुझनु र विश्लेषण गर्नु उपयुक्त हुन्छ। more »
