Nepal destroyed by the probablitism
Ganga prasad Chaudhary, leftist intellectual
गंगा प्रसाद चौधरी
विचार / विवेचना
उन्नाइसौं शताब्दीको उत्तर्रार्धतिर फ्रान्समा समाजवादी आन्दोलनभित्र एउटा विचारधाराको अन्तप्रवेश भयो। यस विचारधाराले हरेक वस्तु घटना-परिघटनाका र्सजकहरुमा समान सम्भावनाको खोज शुरु गर्यो। यसो झट्ट सुन्दा कर्णप्रिय लाग्ने तर यसको परिणाम समाजका लागि घातक हुने गर्छ। कुनै पनि स्थान, समयका सामाजिक- राजनीतिक सतह र घटना-परिघटना भित्रका अन्तवस्तु-सारतत्वलाई पूर्णतः निषेध गरी सतहीकरण निम्त्याउनु यस विचारधाराको प्रमुख विशेषता हो। यस विचारधाराले विषयवस्तुको, चरित्रगत विशेषतालाई , प्रकृतिगत प्रस्तावनालाई पूर्णतः निषेध गर्छ। किनकि यसले विषयवस्तुका प्रकृतिगत (चरित्रगत) विशेषतासंग मेल नखोने प्रतिकूल सम्भावनाहरु माथि जोड दिन्छ। जस्तो किः विरालोले दुध खान हुंदैन, र्सपले रमेशलाई टोक्न हुंदैनथ्यो ,.........आदि, इत्यादि। यसरी यसले हरेक अवसरभित्र हरेक सम्भावनाको खोज गरी , विष्य-वस्तु (घटना-परिघटना) भित्रका अन्तरवस्तु (सारतत्व)लाई निषेध गरी, त्यस आधारमा नै सैद्धान्तिक प्रस्तावना ,कार्यक्रम, कार्यनीतिको निरुपण गर्ने हुनाले नै यस विचारधारालाई सम्भावनावाद (Possibilisme) भनिएको हो र, यसकारण यो एउटा नितान्त अवसरवादी (संशोधनवादी) विचारधारा हो। 'सम्भावनावाद'का प्रणेता ब्रूस, मालों थिए। सन् १८८२ मा सम्भावनावादीहरुका कारण फ्रान्सेली मजदूर पार्टीको विभाजन भयो।
सम्भावनावादको प्रत्यक्ष सम्वन्ध कम्युनिष्ट आन्दोलनसंग गांसिएको हुनाले यसको प्रस्फुटन पनि त्यसबेला मात्र हुन्छ, जब समाजवादी संगठन पूर्णतः अवसरवादमा पतन हुन्छ, त्यसबेला पनि सम्भावनावादको प्रार्दुभाव हुन्छ। फ्रान्समा १३५ वर्षपहिले सम्भावनावादको त्यसबेला प्रादुर्भाव भयो, जब पेरिस कम्युन असफल भयो। प्रारम्भदेखि नै संशोधनवादले आच्छादिन नेपाली कम्युनिष्ट आन्दोलनमा सम्भावनावादले घरजम गर्नु स्वाभाविक भएपनि यसले आफ्नो निकृष्ट रुप त्यसबेला देखायो, जब वर्ग संर्घषले आफ्नो उच्चतम रुप-विद्रोहमार्फत धारण गर्यो। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, February 16
by
Nepal Info
on Thu 16 Feb 2006 12:00 PM CET
|
This Month
Month Archive
|
||