Main Page  »  Views
View Article  कालो धन्दामा राजपरिवारकै वर्चश्व
जोशेफ पियत्री

The majority of drug dealers are from the royal family

Josheph Pietri



सन् १९७० मा मैले पहिलो पटक नेपाल टेकेको हुं । नेदरल्याण्डको आम्सटरडम वा बेलायतको लण्डनबाट शुरु हुने हिप्पीहरुको प्रसिद्ध यात्रा मार्गको अन्तिम कालतिर हो । त्यतिबेला हिप्पीहरुले खचाखच भएको बस नयांसडकको पुछारमा रोकिन्थ्यो । त्यहां हिप्पीहरु ओर्लने भएकोले झोंछेको बाटोलाई फ्रिकस्ट्रिट भनियो । त्यतिबेला नेपाल गांजा र भाङ्गकोलागि स्वर्ग थियो । सरकारी अनुमती प्राप्त पसलबाट खुला बिक्रि हुन्थ्यो । त्यतिबेला काठमाडौमा अफिम र हिरोइन उत्पादन हुदैनथ्यो । त्यतिबेला नेपाली जंकिहरुपनि थिएनन । भाङ्ग निकाशीकालागि मात्रै गैहृकानूनी थियो। यो बोक्ने हिप्पीहरु विमानस्थलमा पक्राउपर्दा एकसय अमेरिकी डलर जरिवाना गरेर काठमाडौबाट सम्वन्धित देश लखेटिन्थ्यो ।   more »
View Article  संयुक्त जनआन्दोलनमा माओवादी सहभागिता
nt size="2">
Maoist involvement in the joint movement
shankar Pokhrel, central member, CPN (UML)



शंकर पोखरेल
नेकपा एमाले केन्द्रिय सदस्य

नेपालको भविष्यको कुरा गर्दा मानिसहरुमा आमरुपमा नै निरासाजनक धारणा व्याप्त रहेको पाइन्छ। सतिले श्राप दिएको मुलुकका रुपमा नेपाललाई चिनाउने प्रचलन पनि छ। मुलुकको पछौटेपन, गरिवी, राजनीतिक अस्थिरता र बढ्दो राजनीतिक संकटका कारणले पनि मानिसहरुमा त्यस प्रकारको मान्यताले घर गरेको पाइन्छ। नेपाल राष्ट्र र नेपाली जनताको अग्रगति र प्रगतिको बाधकका रुपमा रहेको यस प्रकारको गलत चिन्तन र मान्यताको विकास नेपालका राजा रजौटाहरुको अयोग्यता र कुकर्मलाई ढाकछोप गर्ने सामन्ती चिन्तनको परम्परा अनुरुप नै भएको हो। नेपाली समाजको पछौटेपन र अज्ञानतासग गांसिएको यस प्रकारको नकारात्मक चिन्तन, मान्यता र त्यसको जगमा विकास भएको नकारात्मक मनोविज्ञान र परम्परालाई छिचोलेर मात्रै नेपालको सकारात्मक भविष्यको परिकल्पना र प्राप्ति सम्भव हुन्छ।
 
जनताः इतिहासका निर्माता
कतिपय मानिसहरु आमूल परिवर्तनलाई सुदुर भविष्यको विषय ठान्दछन्। त्यस्ता मानिसहरु मध्ये केही यथास्थितिवादमै रुमलिन चाहन्छन् भने केहीले परिवर्तनको उद्देश्यलाई भावनात्मक संकल्प र आदर्शसग गासेर प्रस्तुत गर्ने गर्दछन्। हामी कहा आधुनिक नेपालको निर्माणका लागि लोकतन्त्रको लर्डाईंमा लागिरहेका कतिपय नेताहरु समेत नयां पुस्ताका लागि सुन्दर, शान्त र समृद्ध नेपाल हस्तान्तरण गर्ने कुरा गर्दछन्। तर व्यवहारमा भने प्राप्त उपलब्धि र अवसरलाई भने आफैमा सीमित राख्न चाहन्छन्। तर व्यवहारमा भने प्राप्त उपलब्धि र अवसरलाई भने आफैमा सीमित र राख्न चाहन्छन्। नेतृत्वको यस प्रकारको बुझाई र व्यवहारले नै सामाजिक परिवर्तनको गतिशिलता अवरुद्ध हुने र प्रतिगमनको दुश्चक्रले निरन्तरता पाउने गरेको हो। मानवजातिको इतिहासको अध्ययन गर्ने हो भने स्पष्ट हुन्छः परिवर्तनका सम्वाहक र इतिहासको निर्माता जनता हुन् र उनीहरुले अरु कसैका लगि होइन आफ्ना लागि नै इतिहासको रचना गर्दछन्। यस अर्थमा पुरानो पुस्ताले नया पुस्ताका लागि लागि इतिहासको निर्माण गर्ने कुरा पूर्णतः भ्रमपूर्ण कुरा हो र समाज विज्ञानको सच्चाई भन्दा बाहिरको कुरा हो। नया पुस्ताले पुरानो पुस्ताबाट प्राप्त गरेको नासोलाई कहिले पनि पर्याप्त ठान्दैन। उसका अपेक्षा र चाहनाहरु त यथास्थितिभन्दा जहिले पनि माथि हुने गर्दछन्। समाजिक गतिशिलताका सच्चाई पनि यही नै हो। यस अर्थमा भविष्यको नेपाललाई सुदुरभविष्यको र नया पुस्ताको नेपालको रुपमा होइन, अहिलेकै नेपालमा बसोवास गर्ने जागृत नेपाली जनताको इच्छा र चाहनाको नेपालको रुपमा बुझ्नु पर्दछ। अर्थात् आफ्नै लागि भोलिको नेपालको संकल्प र प्रयासको मार्गचित्रका रुपमा हेर्नु पर्दछ र त्यसको नेता र नेतृत्वकर्ता मात्र राजनीतिक दलहरु हुन् भन्ने बुझ्नु पर्दछ।   more »
View Article  दश लाखले ल्याएको विचलन र पलायन
One million behind comrades' escape

Dr. Baburam Bhattarai
बाबुराम भट्टर्राई




बिचार/ विवेचना

     'बिरालोलाई जति खास्टोले छोपेर राखे पनि आखिर म्याऊ गरिहाल्छ' भन्ने नेपाली उखान छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र पनि स्वाभाविक रुपमा बेलाबखत पैदा भैरहने विभिन्न खाले अवसरवादी प्रवृत्तिहरूलाई स्वस्थ्य दुइ लाइन संर्घष र जनवादी केन्द्रीयताको तरिकाले रुपान्तरण गरेर हल गर्ने प्रयत्न गर्दागर्दै पनि कतिपय प्रवृत्ति र पात्रहरू अन्ततः पतन भएर प्रतिक्रान्तिकारी कित्तामा पलायन भैछाड्छन्। हाम्रो गौरवशाली पार्टीको केन्द्रीय समितिबाट केही समय पहिले निलम्बन गरिएका रवीन्द्र श्रेष्ठ र अनुकूल (मणि थापा)ले अन्ततः एक र्सार्वजनिक वक्तव्यमार्फत क्रान्तिकारी आन्दोलनप्रति घोर गद्दारी गर्दै मरणासन्न शाही सत्ताको सेवा गर्ने घोषणा गरेका छन्। उनीहरूले आमजनसमुदायलाई भ्रम दिन केही क्रान्तिकारी शब्दाडम्बरको प्रयोग गरे पनि सिङ नभएको गोरुलाई तीखे भने झैं आफ्नो नाउ 'नया“ सास्कृतिक क्रान्ति समूह' राखे पनि उनीहरूको प्रतिक्रान्तिकारी हर्कतको श्रृंखलालाई हेर्दा र राजतन्त्र विरोधी आन्दोलन उत्कर्षतर जान लागेको बेला उनीहरूले क्रान्तिकारी पार्टि नेतृत्व विरुद्ध र्सार्वजनिक हमला गरेको देख्दा उनीहरूसग कुनै वैचारिक बहस होइन उनिहरूको र्सार्वजनिक भण्डाफोर गर्नुपर्ने सम्प‍ूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू र आम लोकतन्त्रवादीहरूको सामूहिक दायित्व बनेको छ।
     के यी दुइ भगौडाहरूको झुसिलो डकारयुक्त कथित संयुक्त वक्तव्य देशव्यापी सदरमुकाम र शहर नाकावन्दीको पूर्वसन्ध्यामा र्सार्वजानिक हुनु एउटा काकताली मात्र हुनसक्छ- के यिनीहरूले वस्तुतः क्रान्तिप्रति गद्दारी गरेको घोषणा गर्नु र शाही गृहमन्त्री कमल थापाले आत्मसमपर्णवादीहरूलाई दशदश लाख रुपियाको पुरस्कारको हरियो घास देखाउनु झण्डै एकैसाथ हुनुलाई सामान्य संयोग मात्र भन्न मिल्छ ?   more »
This Month
March 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Year Archive