Main Page  »  Views
View Article  लोकतन्त्रलाई बुझ्ने प्रश्न - एक
डा. मथुरा प्रसाद श्रेष्ठ

A question of understanding the complete democracy
Dr. Mathura Prasad shrestha,
senior human right leader



बिचार/ बिबेचना
लोकतन्त्र, मानवअधिकार, द्वन्द्व रुपान्तरण र सार्थक एवं दीगो शान्ति सवै एक अर्काका परिपूरक विषयहरु हुन्। यिनका प्रगाढ अन्तरसम्बन्धका कारण एकआपसबाट अलग्याए हरएकको सार अर्थहीन हुने मात्र होईन यथार्थमा अस्तित्वबिहिन हुन्छ। उपरोक्त मानवीय फाँटहरु प्रत्येक जनताको जीवनको अपरिहार्य अंगहरु हुन्। तिनका ब्याख्या बिश्लेशण गर्नुअघि नेपालको बर्तमान परिस्थिति र जनताका मनस्थिति बारे आग्रह गर्न चाहन्छु।   more »
View Article  संविधानतः राजतन्त्र समाप्त

Constitutionally Nepali monarch comes to an end

Dr. katak malla

डा. कटक मल्ल

नेपालमा भइरहेको राजनीतिक परिवर्तन नेपाली जनताको धैर्य, चेतना र साहसको परिणाम हो, र यो क्रान्तिले समग्र क्रान्तिको रुप लिएको छ। यो विश्वमै सच्चा लोकतान्त्रिक क्रान्तिको नमूना क्रान्ति हो। नेपालको इतिहासमा पहिलोपटक जनताले सफलतापूर्वक निरंकुश तानाशाही राजतन्त्रविरुद्ध लोकतान्त्रिक सार्वभौम अधिकारको प्रयोग गरेका छन्। बन्दुक, ट्यांक र सैनिकबाट सज्जित राजतन्त्र निहत्था तर करोडौं नेपालीको अगाडि इतिहासमै पहिलोपल्ट निर्लज्ज झुकेको छ। यसका लागि अढाई करोड नेपाली कोटी-कोटी बधाइका पात्र छन्। यो क्रान्तिले सम्पूर्ण नेपालीलाई गौरन्वित बनाएको छ।

वर्तमान जनक्रान्तिका उपलब्धीहरू महान छन्। तर धेर्य, चेतना र साहसको गतिलाई निरन्तरता दिन सकिएन भने क्रान्तिका उपलब्धीहरूलाई वास्तविकतामा परिणत गर्न सम्भव हुने छैन। नेपाली जनता यसका भुक्तभोगी छन्। विगतमा जस्तै क्रान्तिका उपलब्धीहरू प्रतिक्रान्तिको षडयन्त्रको जालमा नपरून्। इतिहास नदोहोरियोस् भन्ने जनचाहना छ। एक सुन्दर, शान्त र शिष्ट नेपालको निर्माण होस् भन्ने नेपालीको चाहना पूरा गर्न जनक्रान्तिद्वारा स्थापित सरकारले तत्काल गर्नुपर्ने आमूल तीनवटा विषयमा सुझाव दिने प्रयास गरिएको छ।

.तत्काल गर्नुपर्ने संवैधानिक तथा राजनीतिक परिवर्तन

सरकार गठन हुनासाथ तत्काल गर्नुपर्ने परिवर्तनहरू संक्रमणकालका लागिमात्र होइन, संविधानसभा र त्यसपछि स्थापना हुने राजनीतिक पद्दतिका लागि पनि मार्गदर्शक हुने छन्। यो सरकार क्रान्तिद्वारा गठित सरकार भएकोले यसले जनताले सडकमा प्रयोग गरेका सार्वभौमसत्ताको कानूनी र संवैधानिक अधिकारको प्रयोग गर्ने क्षमता राख्छ। निरंकुश राजाले २०६३ साल बैशाख ११ गते राति ११।३० बजे दिएको भाषणबाट आफ्नो कानूनी हार स्विकार गर्दै २०४७ सालको संविधान अन्तरगतको राजतन्त्रलाई समाप्त गरिसकेको छ। सो भाषणमा राजतन्त्र शब्द कतै उल्लेख नगरेकोमात्र होइन, राजाले ूनेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको तथ्यलाईू स्विकार गरेका छन्। यसको अर्थ राजतन्त्र अब राजनीतिकरुपले मात्र जीवित छ, संवैधानिकरुपले समाप्त भइसकेको छ। राजाले सो भाषणमार्फत् सात राजनीतिक दलसमक्ष आत्मसमर्पण गरेका छन्। हेर्नुहोस् यो वाक्यांश, ूबहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेबारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौँ।   more »

View Article  आन्दोलनमा गद्धारी नहोस

 

कुसुम भट्टराइबाट

कट्टर राजावादी दल नेपाल कन्जरभेटिभ पार्टीका अध्यक्ष 'दी' भरतबहादुर विसुरालले हाल जारी लोकतान्त्रिक आन्दोलनमा घाइते भएकाहरुको सहयोगार्थ स्थापित कोषमा ५ हजार रुपैयां जम्मा गरेर आफूलाई लोकतन्त्रको कित्तामा उभ्याएका छन । नेपालका चर्चित रेसलिङ खेलाडि विसुरालले 'हिमालयन टाइगर'को नाममा रकम उपलव्ध गराएका हुन ।

एक महिनाअघिसम्म शाही मन्त्रिपरिषदमा 'ठूलै पद'को मोलमोलाई गरिरहेका पूर्व पञ्च डा. प्रकाशचन्द्र लोहनीले आइतबार 'तत्काल वर्तमान सरकार बर्खास्त गर्नुपर्ने' हुंकार गरेका छन् । २३ चैत्रसम्म पनि आन्दोलनमा खुलेर लाग्न नसकेको राप्रपाका नेता खेमराज पण्डितले आइतबार नै 'जनतालाई अधिकार नफर्काएसम्म जनआन्दोलन नरोकिने' उदघोष गरेका छन । दुइ महिनाअघि पंक्तिकारले अन्तवार्ताका लागि सर्म्पर्क गर्दा 'परिस्थिति बडो ...   more »

View Article  राजा ज्ञानेन्द्रको महत्वाकाक्षी एक बर्ष
An ambitious year of King Gyanendra

Krishna Pokhrel,  political analyst
कृष्ण पोखरेल

विचार/ विवेचना
१९ माघ २०६१ को शाही राजविप्लव अनपेक्षित थिएन किन कि १८ असोज २०५९ को शाही कदम यहीं आइपुग्नका लागि चालिएको थियो। आफ्ना र्स्वर्गवासी दाजू राजा विरेन्द्रको पथ परित्याग गरी पिता राजा महेन्द्रको पथ अनुशरण गर्न लालायित अति महत्वाकांक्षी र हठी राजा ज्ञानेन्द्रबाट कुनै बेला पनि यो वितण्डा मच्चाइन सक्ने सम्भावना थियो। वस्तुतः १९ माघ नया ढंगबाट प्रारम्भ गरिएको सत्र साल पुष १ गते नै थियो। प्रजातन्त्रलाई रसातलमा पुर्‍याई नेपाली जनता माथि निरंकुशतन्त्र थोपर्ने चाल थियो।
शाही सेना सहित सुरक्षा फौजका सबै अंगलाई प्रजातन्त्र र राजनीतिक दलहरुका विरुद्ध पूर्ण रुपमा परिचालन गरी तिनकै भरमा चालिएको कदम हो। यसले प्रजातन्त्र जनताको, जनताका लागि लागि र जनताद्वारा गरिने शासन हो भन्ने मान्यताको जरो मै प्रहार गर्‍यो र राजाको, राजाका लागि र राजाद्वारा गरिने हुकुमी शासनको प्रारम्भ गर्‍यो। यसले नेपाल अधिराज्यको संविधान २०४७ का सबै लोकतान्त्रिक प्रावधानहरुलाई निस्तेज पारी धारा १२७ को वलमा अध्यादेश मार्फ शासन गर्ने विकृत परम्पराको थालनी भयो। व्यारेकबाट निस्केर सेनाले स्वतन्त्र प्रेसमा धावा बोले। टेलिफोन, मोवाइल, इमेल र इन्टरनेट लगायत संचारका सबै साधन माथि प्रतिवन्ध लगाइयो, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका वरिष्ट नेताहरुलाई थुनामा राखियो, र हवाइ यातायातलाई ठप्प पारियो। एक वाक्यमा भन्ने हो भने सारा देश आदीम युगको वर्वर झ्यालखानामा परिणत भयो।   more »
This Month
April 2006
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30
Year Archive