Main Page  »  Views
View Article  प्रज्वल शमशेर जस्ता जनता मारा राजदुत

गोपालसिंह बोहरा/सेवानिवृत सहायक रथी

"Army killed people as per the order of ex-chief prajwal" Ex-bigradier general Gopalsing Bohara

विचार/ विवेचना

श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाह बाट वि.सं. १८१९ सालमा विभिन्न देवी देवताहरुको नाम मा काली बक्स, श्रीनाथ, बर्दबहादुर, पुरानोगोरख र सबूज पल्टनहरु ख्डा गरी व्यवस्थित सेनाको स्थापना गरी बक्सेको सैनिक इतिहासबाट जानकारी हुन्छ । हुनतः त्यो भन्दा पहिले पनि सेना थियो तर संगठित र व्यवस्थित त्यस पछि मात्र भएको देखिन्छ । समय र आवश्यकतानुसार सेनाको संख्या बढ्ने र घट्ने प्रक्रिया भै नै रह्यो । नेपालले पटक पटक भोट सित चीन तथार् इष्ट इण्डिया कम्पनी सित युद्धहरु गर्यो । वि.सं. १९१४-१५ मा भारतले ब्रिटिश भारत बिरुद्ध गरेको ब्रि्रोह दबाउन अंग्रेजको अनुरोधमा नेपाल ले श्री ३ महाराज जंग बहादुर कुंवर राणाको कमाण्डमा २६ पल्टन पठाए को थियो त्यस्तै प्रथम महायुद्धमा २०, तेश्रो अफगान युद्धमा ४ पल्टन, दोश्रो महायुद्धमा १६ पल्टन र स्वंतम भारतको अनुरोधमा हैदराबादगोलमाल हुँदा सहायतार्थ १९ पल्टन पठाएको थियो । वि.सं. २००७ सालको जनक्रान्ति पछि सेनाको संख्या घटाइए को हो ।   more »
View Article  संविधान सभाका तीन मोडेलः कुन अपनाउने ?

Three model of constituent assembly election

संविधान सभा हुने पक्का छ । सरकारले आहृवान गरेको वार्तामा बस्न माओवादी पक्ष राजी भैसकेको छ । संविधान सभा हुने सुनिश्चितासंगै अहिले यसको प्रक्रियाबारे चर्का बहसहरु हुन थालेको छ । हिजो राजधानीमा भएको एउटा बहसमा मानवअधिकारवादी संस्था स्वर्ग-समाज नेपालले पेश गरेको अवधारणापत्र उपयोगी लागेर यहां प्रस्तुत गरेको छु ।

निरंकुशताको अन्त्य र लोकतन्त्रको वहालीका निमित्त संचालित जनआन्दोलन आम जनताको व्यापक समर्थन र उत्सर्गका कारण अभूतपूर्व एवं ऐतिहासिक रुपमा सफल भई प्रतिनिधि सभाको पुनस्थापना भएपछि मुलुक आमूल परिवर्तनको संघारमा उभिएको छ । जनताको अदम्य शाहस एवं बलिदानी संघर्षको परिणामस्वरुप स्थापित संसद लोकतान्त्रिक आन्दोलनको प्रारम्भिक उपलब्धि ...   more »

View Article  संविधान सभा: लामो संघर्ष आरम्भ

आदित्यमान श्रेष्ठ

यो बैशाखमा नेपालीहरुले एकगठ र एकसुर भएर इतिहास निर्माण गरे । उनीहरुले नेपालीहरुलाई जे गरे पनि हुन्छ उनीहरुलाई उल्लु बनाउन सकिन्छ भन्ने भ्रम तोडे । शत्रुतामा ओर्लेको राज्यशक्तिको विरुद्ध अचानक लाखौँको संख्यामा मानिसहरुको भेल उर्लनु अपत्यारिलो जनसहभागिताको अनौठो घटना थियो ।

यो जनआन्दोलनको सन्देश चर्को र स्पष्ट छ-नेपाली जनता स्वतन्त्र रुपमा निर्णय गर्न र स्वेच्छाचारी शासनबाट मुक्त हुन सक्षम छन् । यो प्रयासलाई प्रभावित पार्ने काममा अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको पनि एउटा सीमा छ भन्ने पनि स्पष्ट भएको छ । बैशाख ८ गतेको राजाको पहिलो घोषणालाई स्वीकार गर्ने कि नगर्ने, प्रधानमन्त्रीको नाम सिफरिस गर्ने कि नगर्ने भन्ने विषयमा सात ...   more »

This Month
May 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive