Why nepal army ?

प्रा. धुव्रकुमार/pro. Dhurba kumar 

टिप्पणी/comment

सबैभन्दा ठुलो कुरा नागरिकका नाताले हामीले के मनन गर्नुपर्छ भने सेनामा मात्र होइन, कुनै पनि निकायमा दण्डहीनताको संस्कृति फैलिएको छ । यसको उदाहरणका रुपमा शेरबहादुर देउवाजीले प्रज्वल शम्शेर राणाले ज्वाई साहेब भनिदिएको भरमा खुरुक्क संकटकाल लागू गरिदिए । आतंककारी ऐन जारी गरे । र, त्यो बेलामा सेनाको दर्ुइ वटै हात खोलिदियो अनि उनीहरुले जथाभावी गर्न थालेका हुन ।

तपाईहरुलाई थाहा होला, भियतनाम युद्धमा अमेरिकी सेना लड्ने बेलामा एउटा हात पछाडि बाँधेर लडेको थियो, स्वछन्दता थिएन । स्वछन्दता नदिँदा त भियतनाम युद्धमा त्यत्रो गञ्जागोल भयो । पछि कत्रा-कत्रा अफिसरहरुलाई कोर्ट मार्सल गर्नुपर्ने भयो भने यहाँ त दुइटै हात खुल्ला छोडियो । यस्तो बेलामा आर्मीले बदमासी गर्‍यो भनेर तपाई हामीले किन आर्श्चर्य मान्नु ? त्यसैले नागरिक सरकार यसमा एकदम चनाखो हुनर्पर्छ । युद्ध त नागरिक सरकारले गर्ने हो, सेना त 'अप्रेसन'मा जाने मात्र हो । यो बिर्सनु हुन्न । संसारमा युद्ध घोषणा गर्ने नागरिक सरकारले हो ।

माओवादीकै सर्न्दर्भ हर्र्ने हो भने सेनामाथि आक्रमण हुनुअघि -नोभेम्बर २६, २००१) धेरै प्रहरी, र्सवसाधारण, माओवादी मारिए, प्रहरीको हतियार खोसियो, त्यति बेला शान्ति सुरक्षाको समस्यामात्र थियो । अनि एकाएक सेनामाथि आक्रमण भयो, हतियार खोसिना साथ यहाँ राष्ट्रिय सुरक्षामा समस्या आएको भनियो । के सेना भनेको अर्कै जन्तु, प्रहरी भनेको अर्कै जन्तु हो र ? कसैले यो प्रश्न सोध्या छ ।

शासक वर्गहरुबाट नेपाली जनतामाथि कति विभेद गरिँदो रहेछ भन्ने यसले नै देखाएको छ । त्यो शासक वर्गमा गिरिजाप्रसाद पर्लान, शेरबहादुर देउवा थिए होला अथवा को को थिए होला । त्यसैले पहिला शासकहरु नै जनता हुन कि हैनन भनेर प्रष्ट हुनर्ुपर्छ ।

माओवादी गुरिल्ला दस्तालाई शाही नेपाली सेनामा गाँभ्ने, शाही सेनाको नाम फर्ेर्ने कुरा छ । जे सुकै गर्नूस, राष्ट्रिय सेनाभित्र माओवादी गुरिल्ला समायोजन गर्ने कुराको विपक्षमा म छु । अहिले नै सेनाको संख्या देशको लागि भार भैसकेको छ । त्यसमा पनि सेनामा प्रवेश र हतियार सञ्चालनका लागि विभिन्न प्रक्रियाहरु प्fर गर्नुपर्छ । त्यो प्रक्रिया पूरा नगरेका व्यक्तिहरुलाई राजनीतिक समाधानको नाममा एउटा हतियारबद्ध समूहमा ल्याएर मिसाउँदा त्यहीभित्र व्रि्रोह हुने सम्भावना रहने र यस्तो भयो भने त्यसको रुप अहिलेको भन्दा भयानक हुने निश्चित छ ।

सेनामा नौ महिनाको तालिम लिनर्ुपर्छ, तालिम मात्र दिएर पुग्छ ? हतियार दिनुपर्‍यो, गोलीगठ्ठा दिनर्पर्छ । हतियार सफा गर्न लुब्रिकेन्टहरु दिनुपर्‍यो, स्पेयर पार्ट दिनुपर्‍यो । सेनाको खाने, बस्ने व्यवस्थाका साथै लगाउनको लागि कट्टुदेखि मोजाको ब्यवस्था गर्नुपर्‍यो । नत्र त्यसले काम गर्दैन । त्यसैले एउटा सिपाहीको प्रवन्ध गर्नु एउटा विश्वविद्यालयको प्राध्यापकलाई चक र डष्टर लिएर महिनाको १५ हजार रुपैयाँ दिएर पढाउन जा भने जस्तो हुँदैन ।

राष्ट्रिय अर्थतन्त्रमा अहिलेकै सर्न्दर्भमा हर्ेर्ने हो भने सेनाले देखाबटी रुपमा १० अर्ब भन्दा बढी खर्च गरेको देखिन्छ । सेनाले सप्लिमेन्टरी बजेट लिएको र परिचालनको लागि छुट्टै बजेट दिएको भनिएको छ, त्यो कहाँ देखाइएको छ, कति छ । १० अर्ब रुपैयाँ त सेनालाई खानेकुराकको बजेट मात्र हो । यसरी हर्ेदा अहिले नै वाषिर्क १८/१९ अर्ब रुपैयाँ बजेट खर्च भइरहेको छ ।

अहिले नेपालमा कम्तीमा पौने दइ लाख फौज छ । जनपथ प्रहरी ४८/५० हजार छ, सशस्त्र प्रहरी २०/२२ हजार छ, एक लाख त सेनामात्रै छ । यत्रो फौजको मेन्टेन गर्नु परेको छ । एक लाख सेना हुँदा सरकारबाट ६ डिभिजन स्थापना भएको छ । अब कोर कन्सेप्टमा जाने भनेर २ वटा कोर बनाउने अवधारणाको विकास भइरहेको छ । माओवादीले र्सार्वजनिक रुपमै हामीसँग सात डिभिजन फौज छ भनिरहेको छ । यो सरकारी फौज भन्दा बढी हो ।

विश्वव्यापी अवधारणा के छ भने १६ हजार फौजको एक डिभिजन बनाइन्छ । यही अवधारणा अनुसार माओवादीले आफ्नो फौज देखायो भने भोलि तपाई के गर्नुहुन्छ - माओवादी फौज कति छ भनेर पारदर्शी रुपमा आएको छैन । गुरिल्ला कति छन - मिलिसिया कति छन - यदि यो तथ्यांक आएको भए शाही नेपाली सेनाले हेलिकोप्टरबाटै बम खसालेर सबैलाई सिध्याइसक्थ्यो । भविश्यमा फौजमा भर्ना गर्दा उनीहरुले सात डिभिजन देखाउँलान, त्यो लिने कि नलिने - मैले माओवादी विरुद्ध बोलेको हैन, व्यवहारिक कुरामात्र राखेको हुँ ।

हामी एउटा यस्तो मुलुकमा छौं, जहाँ सरकारले तोकेको जति राजस्व कहिल्यै उठ्दैन । सेनालाई नख्वाइकन त पहाडको कुना कन्दरामा उ कुद्दैन । यर्सथ अमेरिकाले नेपालमा दुइ लाख फौज राख्न सल्लाह दिए जस्तै माओवादी सेनालाई गाँभेर पौने चार लाख फौज पुर्‍याउने हो भने त्यसलाई हाम्रो अर्थतन्त्रले धान्छ कि धान्दैन, यति धान्छ भने मेरो केही भन्नु छैन । हामी आर्थिक रुपमा अति अब्यवस्थित छौं । र, हाम्रा अधिकाशं जनता दुइ छाक खान र लगाउन जहिले पनि संर्घष् गरिरहेका छन । यस्तो मुलुकले कुनै अरु मुलुकसँग कहिल्यै युद्ध गर्न पर्दैन, यो स्थितिमा भविश्यका लागि हेरेर र युद्धको कल्पना गरेर सेनाको संख्या २/३ लाख राख्ने हो भने मेरो केही भन्नु छैन । व्यवहारिक रुपमा जाने हो भने नेपाली सेनालाई फेरि खुम्च्याएर ५० हजारमा पुर्‍याए धेरै राम्रो हुनेछ । हाम्रो आवश्यकता सैनिक संख्या बढाउने होइन । हामीले कहिल्यै अरुसँग लड्नु पर्ने आवश्यकता नै छैन । दर्ुइतिरको ठूला ठूला देश न्युक्लियर हतियार बोकेर बसेका छन । उनीहरुले चाहे भने हामी त्यही न्यूक्लियरको प्रभावले स्वाहा हुन पुग्छौं ।

अब प्रश्न आउँछ-सेरेमोनियर राजा भएको मुलुकमा सेनालाई त राख्नै पर्‍यो, यति यस्तो हो भने ५० हजारमात्र किन नराख्ने भन्ने मेरो तर्क हो ।

मेरो प्रस्ताव त के पनि छ भने सशस्त्र प्रहरी बल राख्ने हो भने सेनालाई त्यसमा गाँभ्ने हो कि । नभए सशस्त्र विघटन गर्नुपर्छ । त्यो भन्दा अर्को विकल्प म देख्दिनँ । सशस्त्र किन ल्याइयो भन्दा सेनालाई जिस्क्याउन । यसलाई राख्ने हो भने सेना नै विघटन गर्ने आँट गर्नुपर्छ । तर, आर्मीले पनि पैसा कमाएको छ-शान्ति सेनामा गएर । आर्मीकै तथ्यांक अनुसार सात/आठ अर्ब डिपोजिट छ रे । सेनालाई अपडेट गर्न उनीहरुको कल्याणका लागि र उसलाई र्‍यापिड टे्रण्ड भिडलोप फोर्सको रुपमा ट्रेन गर्न त्यो पैसाबाटै केही खर्च गरेर सेनामध्ये केही प्रतिशतलाई अति प्रभावशाली भूमिकामा पुर्‍याउन सकिन्छ ।

सेनाले सरकारबाटै पैसा लिनर्ुपर्छ भन्ने हैन, आफ्नै कमाइको पैसा खर्च गरेर सेनालाई काविल फौजको रुपमा देखाउन सकिन्छ । र यी सबै कामका लागि अहिलेको सरकार र सेनाबीच विश्वास निर्माण हुनर्ैपर्छ । नागरिक सरकारले आर्मीलाई आफ्नो विश्वासमा लिन खोज्नै पर्छ र, यो अनिवार्य छ । आर्मीले पनि एउटा शाही कमारोको रुपमा नरही सरकारलाई सहयोग गर्नै पर्छ । संवैधानिक राजा या सेरेमोनियल राजाको सुप्रिम कमाण्डर इन चिफ खोस्ने कुरा छ । मेरो राजाप्रति सहानुभूति भएर भनेको होइन त्यो मानार्थ दिने कुरा त एउटा मर्यादाको लागि हो । भारतको सर्न्दर्भमा हर्ेर्ने हो भने सुप्रिम कमाण्डर इन चिफ राष्ट्रपतिलाई दिइएको छ । सेना हाक्ने चाहिँ प्रधानमन्त्रीले हो, त्यो प्रधानमन्त्रीको क्षमतामा भर पर्छ । हाम्रा प्रधानमन्त्रीहरुले चाँहि सेनालाई हाँक्ने क्षमता देखाएन नै । १२ वर्षो दौरानमा तपाई हामी कसैले पनि बिर्सन सक्नुहुन्न । अर्मीलाई हाँक्ने क्षमता हाम्रा प्रधानमन्त्रीहरुले देखाई दिएको भए आज यो अवस्था आउने नै थिएन ।

समाप्त

(शाही नेपाली सेनाबाट अवकास प्राप्त जर्नेल गोपालसिंह बोहोराको कार्यत्रपमाथि टिप्पणी गर्ने क्रममा हालै एक कार्यक्रममा राजनीतिशास्त्रमा सुरक्षा मामिला विशेषज्ञ ध्रुवकुमारले राखेको विचारका आधारमा)