Politices of civil society

चन्द्रदेव भट्ट

विचार/Views

सन १९९० को दशकमा जे जस्तो भए पनि हालका दिनमा नेपालमा पनि साचिकै नागरिक समाज रहेको आभास गर्न सकिन्छ । दोस्रो जन आन्दोलनमा नागरिक समाज -विभिन्न किसिमका पेशागत समूहहरु तथा आमनागरिक) ले निर्वाह गरेको भुमिकालाइ त संसारले नै प्रशंसा गरनुपर्दछ । र यो एउटा अनौठो उदाहरण पनि हो जहां नागरिक समाजको अगुवाइमा २३७ वर्ष पुरानो राजसत्ता घुंडा टेक्न बाध्य भएको छ । यो आन्दोलनमा नागरिक समाजको भूमिका पर्वी युरोपको नागरिक समाजले सन १९८० को दशकको अन्त्य तिर निर्वाह गरेको भन्दा कम छैन । आन्दोलनको उपलब्धिको प्रमुख श्रेय नै नागरिक समाज तथा निजी संचारका माध्यमलाइ दिनु पर्दछ । तर आन्दोलनलाइ गन्तब्य स्थानमा पुर्‍याउनमा आन्दोलनको अन्त्यतिर स्वतःस्फूर्त स्वचालित तरल भिडलाइ दिनु पर्दछ न की टेलीभिजनको पर्दा र रिपोर्टस क्लवको ग्यालरिमा बहस गर्ने नागरिक समाजलाइ । त्यसो त यो आन्दोलनको वेला देखिएको अपारजनसहभागितालाइ नागरिक समाजसंग तुलना गर्न सकिदैन किनकी त्यो एउटा तरल उत्तेजित भीड हो जसको स्थायित्व हुदैन । यस्तो भीडको निश्चित उद्देश्य हुन्छ र यदाकदा राजनीतिक समाजबाट संचालित हुन्छ ।

नागरिक समाजको विगतका दुइवटै आन्दोलनमा यस्तो अहम भूमिका हुंदा हुंदै पनि कता-कता नागरिक समाजको अवधारणा नेपाली समाजमा त्यति स्पष्ट भएको देखिदैन । त्यसको पछाडि मुख्य दुइ वटा कारक हुन सक्छन । पहिलो धारणा नै स्पष्ट नभएको, दोस्रो धारणा स्पष्ट हुंदाहुंदै पनि नागरिक समाजका अगुवाहरुले यसको भावनालाइ आफ्नो हितमा प्रयोग गर्नको लागि बङग्याएको । त्यो किन भने सिद्धान्ततः नागरिक समाजमा राजनीतिक समाजमा जस्तै कुनै बिशेष किसिमको नेताको प्रावधान हुदैन । अर्थात सबैको स्थान समान हुन्छ । दोस्रो नागरिक समाजमा लागेकाहरुले राज्य संचालनमा हिस्सा खोज्दैनन तर नेपाली परिप्रेक्षमा यो कुरा पर्ण रुपमा पालना भएको देखिंदैन । हामी कहां नागरिक समाजका स्वघोषित नेताहरु जहातही देख्न पाइन्छ तथा सेवा निबृत पदाधिकारीहरु सत्ता तथा शक्तिको मोह -यथास्थति कायम गर्ने प्रबृति ) ले पनि नागरिक समाजमा लागेको पाइन्छ । अर्को कुरा विगतमा गरेका गल्तीहरुलाइ नागरिक समाजमा लागेर पखाल्ने प्रबृति हाबी देखिन्छ ।

समग्र रुपमा भन्दा खेरी कतब्यपरायण नागरिकहरुलाइ गुमराहामा राख्ने प्रवृत्ति राज्य , नागरिक समाज र राजनीतिक समाज तीन वटैबाट हुदै आएको पाइन्छ । हामी कहा नागरिक समाजको नाममा यसको प्लेटफर्ममा आएर राजनीतिक गर्ने मानिसहरुको कमी छैन । यस्ता व्यात्तिहरुलाइ नागरिक समाजको अगुवा भन्नु यसको सिद्घान्तले नदिने हुनाले तिनीहरुलाई सोझै राजनीतिक नेता भन्दा अत्योत्ती नहोला किनकी यी व्यक्तिहरु आफ्नो स्वार्ग पूरा नहुन्जेल नागरिक समाजको नाममा तरल भीडलाई प्रयोग गरिरहन्छन । फेरी नागरिक समाजका यी अगुवाहरुले खल्तीमा राजनीतिक पार्टीहरुको सदस्यता पनि त राखेकै छन त्यही भएर हो हामी कहा बामपन्थी नागरिक समाज, काग्रेसी नागरिक समाज सजिलैसंग छुट्टयाउन सकिन्ो । यस्तो किसिमको नागरिक समाजको भूमिका क्षणिक हुन्छ । अचम्मको कुरा अहिले त देशमा नागरिक समाजको बाढी नै आएको छ । यसको नाममा सभा जुलुस , बहिस्कार, खवरदारी, विरोधको प्रकृया व्यापक छ तर एउटा कुरा के विचार गर्नु पर्दछ भने सवै किसिमका समूह खवरदारी जुलुस विरोध पनि नागरिक समाजको परिधी भित्र पर्दैनन र सवैले प्रजातन्त्रको दिगो विकासको काम गर्दैनन । चरम विरोधले पनि देशमा राजनीतिक तरलता ल्याउछ र प्रजातान्त्रलाइ बलियो हुन दिदैन । यस कारण नागरिक समाजले पनि आफ्नो गतिविधीमा प्रजातान्त्रिक संस्कारको विकास गर्नु पर्दछ । तसर्थ नागरिक समाजको स्थायी प्रवर्द्धनको लागि यसको भूमीका स्वच्छ हुनु पर्दछ र निर्माण समावेशी हुनुपर्दछ । अर्थात यसले गाउं शहर शिक्षित, अशिक्षित ,गरिव, धनी आदि सबैलाइ समेटन सक्नुपर्दछ । राज्य जस्तै नागरिक समाज पनि निरपेक्ष हुनु पर्दछ । अनि मात्र हामी सभ्य नागरिकको निर्माण गर्न सक्दछौ । त्यस्तो नागरिक समाजले मात्र प्रजातन्त्रको स्थायित्व र शान्तिमा उल्लेखनीय भूमिका खेल्न सक्दछ र राज्यलाइ स्वच्छ रुपमा सचेत गराउन सक्दछ ।

नागरिक समाजलाइ राजनीतिक हिस्सेदारको रुपमा प्रस्तुत गरिनु तथा नागरिक समाजका सदस्यहरुले त्यस्तो अपेक्षा गर्नु प्रजातन्त्रको दिगो विकासको लागि घातक सिद्धहुन सक्छ किनभने नागरिक समाज राजनीति तथा आर्थिक प्रलोभनमा परेमा त्यसको स्थान शून्य भएर जान्छ र अरु प्रतिगामी शक्तिहरुले त्यसको ठाउं लिन्छन तसर्थ हाम्रो जस्तो राजनीतिक अस्थिरता भएको देशमा नागरिक समाजले सदा राज्य र शासन कर्ताहरुलाइ राज्य शासनको परिधिभन्दा बाहिर रहेर नै खबरदारीको काम गर्नु पर्दछ । खवरदारीको प्रकृया शान्तिपूर्ण र देशको सर्वोपरी हितको लागि हुनु पर्दछ न कि व्यक्ति तथा पार्टी विशेषको इच्छा द्वारा निर्देशित हुनु पर्छ । यदि नागरिक समाजले आफ्नो सैधान्तिक परिधी नाघेमा फेरी के होला त्यसको कल्पना सम्म गर्न सकिदैन । हाम्रो समस्या भनेको कसरी यो तरल भीडलाइ सदा जागरुक बनाउने र नागरिक समाजको भावनाको विकास गराउने हो ।

नागरिक समाजलाइ द्वन्द रुपान्तरण वा समाधानमा प्रयोग गर्नको लागि पनि नेपाली परिप्रेक्षमा विभिन्न किसिमका कठिनाइहरु देखिन्छ । जस्तो द्वन्दसंगै द्वन्द समाधानको नाममा खुलेका विभिन्न गैसस र सिइओ जुन मुख्यतः विदेशी सहयोगबाट संचालित छन । तिनीहरुको द्वन्दलाइ हर्ने तरिहा तरिका वास्तविकता भन्दा अलि भिन्न देखिन्छ । यिनीहरु यदाकदा द्वन्दलाइ समाधान भन्दा अर्कै दिशा तिर रुपान्तरण गर्ने सहयोग गरेको देखिन्छ । अर्को मुख्यकुरा गैससको व्यापारमा लाग्ने नेपाली मध्यम बर्गीय तथा काठमाण्डौं स्थित एलिट - जसलाइ राज्यको जरुरत छैन) । द्वन्दलाइ अर्कै रुपमा हेरिरहेका छन र यसवाट भरपुर फाइदा उठाइरहेका छन । यदि द्वन्द साच्चै समाधान भएमा यो समुदाय धारासाहि भएर जान्छ । तसर्थ यस्ता किसिमका गैरसरकारी संस्थाहरुले द्वन्द समाधानमा खासै सहयोग पुर्‍याउन सक्दैनन ।

नेपालमा देखिएका दुइ वटा नागरिक समाज -१) शहरको नागरिक समाज र -२) शहर भन्दा बाहिरको नागरिक समाज यी दुई नागरिक समाजको बनावटमा भिन्नता भएता पनि द्वन्द समाधानमा महत्वपूर्र्ण भूमिका निर्वाह गर्न सक्दछन । शहरीया नागरिक समाज जसलाइ राज्य, अन्तराष्टिय समुदाय तथा नागरिक समाजमा लाग्नेहरु आफैले अफिसियल नागरिक समाजको रुपमा घोषित गरेका छन जुन सम्पन्न तथा सक्षम पनि छन तर विडम्बनाको कुरा सरसरति हेर्दा यो नागरिक समाजले वृहत नागरिक समाज -जुन काठमाण्डौ भन्दा बाहिर छरिएर रहेको छ ) लाइ न समटन सकेको छ न त्यो नागरिक समाजको विश्वास जित्न सकेको छ । साचै भन्ने हो भने नेपाली नागरिक समाज आफैमा चिरा परेको छ । झन पछिल्ला दिनहरुमा नागरिक समाजको नाममा सम्प्रदायिक समाजको निर्माण पनि भइ रहेको छ । यिनीहरुले अर्कै किसिमको द्वन्दको निर्माण गरिरहेका छन । नेपालको नागरिक समाजको सवभन्दा ठूलो समस्या भनेको नागरिक समाज आफैमा समावेशी नहुनु र नागरिक समाजमा लाग्नेहरुले यसलाइ प्रचार यन्त्रको रुपमा प्रयोग गर्नु हो । यस्तो किसिमको नागरिक समाजले राजनीतिक समस्याहरुको दिगो समाधान प्रदान गर्न खास सहयोग पुर्‍याउन सक्दैन ।

यसर्थ इलिट नागरिक समाजले यस तर्फ सोच्नु पर्ने बेला भएको छ । हाम्रो आवश्यकता भनेका कान्टियन सिद्घान्तमा आधारित शहरिया र समावेसी नागरिक समाज हो न की थोमस हब्सको स्टेट अफ नेचर र स्टगल फर पावरको सिद्घान्तमा आधारित उत्तर आधुनिक नागरिक समाजले आउंदा दिनहरुमा कस्तो भूमिका खेल्छ, त्यो त हेर्न बांकी नै छ ।