View Article  राजाकालागि अन्तिम मौका

शंकर पोखरेल

The last opportunity for the King

Shankar Pokhrel


        


विचार/विवेचना

राजाको माघ १९ को असंबैधानिक कदमले नेपालको राजनीतिक क्षितिजमा नया तरंग पैदा गरिदिएको छ। राजाले शान्ति स्थापनाको बहाना बनाएर तत्कालिन शेर बहादुर देउवाको सरकारलाई अपदस्त गरि आफ्नै अध्यक्षतामा भ्रष्ट र पतीतहरुको भिड जम्मा गरी राज्य संचालन गरि रहेकाछन्। तर शान्ति स्थापना गर्नुको साट्टो उल्टै राजनीतिक पार्टीहरुको कार्यक्रम विरुद्धमा सरकार ओर्लिएको छ। बुटवल, सिन्धुली, दैलेख, दोलखा, पोखरा लगायतका स्थानमा स्थानिय प्रशासनले शान्तिपूर्ण जनसभामा नजानको लागि दवाव सृजना गर्यो भने कालिकोटमा सात राजनितिक पार्टीका कार्यकर्ताहरुमाथि सुरक्षानिकायले लज्जास्पद रुपमा कार्यक्रममाथि हस्तक्षेप गर्यो। त्यस्तै नेपाली कांग्रेसको विराटनगरमा हुन लागेको कार्यकर्ता भेलामा विद्यालयले उपलब्ध गराएको स्थान समेत प्रशासनले दिएन। यसरी राजा चरम निरंकुशतातिर लम्कीएकाछन्। उनी शान्ति भन्दा पनि युद्धतिर लम्कीएका प्रष्ट देखिएको छ।   more »

View Article  डा.भट्टराइको बिशेष अन्तर्वार्ता नेपाल इन्फोलाई
'शान्तिपूर्ण जनआन्दोलन मात्रले लोकतान्त्रिक गणतन्त्र प्राप्त हुने भ्रम हामीलाई छैन' : डा. बाबुराम भट्टराई




Dr. Baburam Bhattarai gives a special interview for Nepal Info

माओवादी र सात दलबीचको १२ बूदे समझदारीले अगाडि ल्याएको तात्विक महत्वको कुरा के हो ?  

  समझदारीको सबैभन्दा महत्वपूर्ण पक्ष राजावादी (सामन्तवादी), संसदवादी (पुजिवादी) र माओवादी (र्सवहारावादी) गरी तीन धारमा विभाजित नेपाली राजनीतिलाई राजावादी र लोकतन्त्रवादीको दुइ धारमा ध्रुवीकरण गर्नु हो। सामन्तवादवाट पुजिवादमा संक्रमणको युगमा उन्नाइसौं शताव्दीको फ्रान्स, जर्मनी र बीसौं शताव्दीको शुरुको रुसदेखि वर्तमान नेपालसम्म देखापरेको त्रिकोणात्मक संर्घषलाई दुइ ध्रुवीय संर्घषमा परिणत नगरी समाजको अग्रगामी रुपान्तरण सम्भवै हुदैन। नेपालमा २००७ सालदेखि अधूरो रहदै आएको यो एजेण्डालाई १२ वुदे समझदारीले पूरा गर्ने दिशामा जुन महत्वपूर्ण कदम चालेको छ,   more »
View Article  निर्वाचनमा भाग लिनेलाई कार्वाही गर्छौं : माओवादी

Action in the election

काठमाडौ, पुस ७
नेपाल कम्युनिष्ट पार्टी माओवादीले तुलसी गिरीद्धार व्यक्त अभिव्यक्तिलाई पंचायती भूतका मुखबाट बिष वमन गरेको भन्दै कडा शव्दमा त्यसको प्रतिकार व्यक्त गरेको छ। मुलुकमा शान्ति स्थापनाकालागि राजतन्त्र अन्तय्यका गर्नैपर्नै जिकीर सहित माओवादीले नया संघर्षका कार्यक्रमको घोषणा गरेको छ।  कार्यक्रम अनुसार माघ १३ देखि २२ सम्म जनकार्वाहीका नाममा नगरपालिका निर्वाचनमा संलग्न पदाधिकारीहरु र उम्मेदवारमाथि विशेष कार्वाही गरिनेछ भने माघ २३ देखि २९ गतेसम्म नेपाल बन्द गरिनेछ। माओवादी पार्टीका दूइ नेताहरु प्रचन्ड र बाबुरामको सयुक्त हस्ताक्षरमा प्रकाशित उक्त विज्ञप्तीमा नगरकोट कान्ड घटाउनुको पछाडी युद्द विराम भंग गराउने नियतमा राजाको सत्ता रहेको भनिएको छ। सरकारको नियत युद्द विराम भंग गराउने रहेपनि माओवादीहरुले युद्द विराम भंग गर्छन् कि गर्दैनन भन्ने कुरा भने बिज्ञप्तीमा खुलाइएको छैन। बिज्ञप्तीमा राजाले नया बर्ष देख्न नपाउन भन्दै सबैलाई संघर्षमा उत्रनपनि आव्हान गरिएको छ। बिज्ञप्ती जस्ताको तस्तै एटट्याच्चमेन्टमा।

1 Attachments
View Article  देशको ढुकुटीमा ब्रह्मलुट

King's government loots millions of state property


काठमाडौ, पुस ६
नेपालको आवस्यकता बारे कसैले प्रश्न गर्यो भने  जसलेपनि अहिले मुलुकलाई शान्ति चाहिएको छ भन्छ।  यस्तो शान्ती होस जसले मुलुकलाई गति देओस । नेपाल हामी सबैको हो। सरकार हामी आफैले बनाको हो र सरकार हाम्रै लागि होस भन्छ। तर राजा ज्ञानेन्द्रका मतियारहरु यसो भन्दैनन। हुनपनि सैनिक उन्मादी र देशको ढुकुटी लुट्न पल्केका राजा र उनका प्रसासकहरुले यसो भन्दैनन। भन्ने भए मुलुकका नागरिक अझ मासेर ५५ लाख अमेरिकी डलर पर्ने हेलीकोप्टर र डेढ अर्व नेपाली रुपैया पर्ने जहाज किन्न तम्तयार हुन्थेनन।
निश्चयनै नेपाललाई यतिवेला अत्याधुनिक हेलिकोप्टर र सैनिक जहाज भन्दा शान्ति चाहिएको छ। त्यो शान्ति हेलिकोप्टर र सैनिक जहाजहरुले दिदैनन। शान्ति बार्ताले दिन्छ र छलफलले दिन्छ।  सरकारले एम आइ १७ नामका दूइवटा हेलिकोप्टर बाहेक डेढ अर्व रुपैया पर्ने एम ए ६० नामका ५६ सिट क्षमताका दूइवटा जहाज खरीद गर्दैछ।  यि जहाजहरुले शान्ति दिनु त कता कता टाट पल्टदै गएको नेपाल र नेपालीलाई गरिव बनाउने मात्र होइन थप आंशु र पिडा दिनेछन् । किनभने युद्धले दिने कुरा नै आंशु र पिडा हो । यि हेलिकोप्टर माओवादी अप्रेशन गर्ने नाममा आकाशबाट गोली बर्षाएर नागरिक मार्ने कामको प्रयोजनकोलागि उपयोग गरिने हुन् ।  ५६ सीट क्षमताका जहाज मध्ये एक राजालाई र अर्को सैनिक अधिकारीहरुलाई प्रयोग हुने हुन्। ति जहाजहरुमा न त कुनै नागरिक चढ्न पाउंछ न त देशले ति जहाज प्रयोग गरेवापत कुनै मुनाफा नै पाउंछ । मुनाफा पनि नपाउने र नागरिकका सुविधाकालागिपनि प्रयोग नहुने जहाज अहिले नेपालको आवस्यकता होइन। नेपालीको थाप्लोमा रिणको भारी बोकाएर यि जहाज ल्याउनको सट्टा छलफल र सहमतीमा मुलुक बनाउने काममा लाग्नु अहिलेकोलागिबेस उपाय हो। त्यसैले राज्यको ढुकुटी ब्रम्हलुट गर्न र मुलुकलाई सैनिकीकरणको बाटोमा हिडाउने काम बन्द गर्नैपर्छ।

View Article  संयुक्तराष्ट्रसंघको सुपरिवेक्षण आवश्यक
UN Supervision is essential
Dr. Anil Tripathi


डा. अनिल त्रिपाठी

      

विचार/ विवेचना
 माओवादी र सात राजनीतिक पार्टीबिच मंसिर १२ गते महत्वपूर्ण समझदारी भएको छ र यो सहमतिको विषयले राष्ट्रिय र अन्तराष्ट्रिय चर्चा पाएको छ। यो स्वभाविक पनि छ। तर देश विशिष्ट परिस्थीतिमा रहेको बेला यस्ता समझदारी विशिष्ट प्रकारका हुन्छन् र हालै सात राजनीतिक पार्टी माओवादी बीच भएको समझदारी पनि यही विशिष्ट प्रकारको समझदारी हो। यो समझदारीलाई दिगो शान्ति स्थापनाको सुरुवात वा प्रस्थान विन्दु मान्न सकिन्छ। तर यो समझदारी को राष्ट्रिय बहस हुन आबस्यक छ। यसको विरोध गर्नु अथवा सर्मर्थन गर्नुमात्र बौद्धिकता होइन ।   more »
View Article  बढ्दो युद्ध उन्मादमा शाही नेपाली सेना
विजय कुवर

Diminishing image of Nepal Army
Bijaya Kunwar

विचार/ विवेचना
नगरकोट हत्याकाण्डपछि शाही नेपाली सेनाको विग्रदै गएको छवीमा झन् धक्का लागेको छ। यसअघि शाही सेनाले गर्ने कर्तुतहरु सुदूर भेगहरुमा बढी भएका देखिन्थे। शाही सेनाका जेलघरहरुमा भएका देखिन्थे। तर अहिले राजधानीकै छेउमै भयो। यो पटकको जघन्य हत्यालाई राजधानीको ठूलो समुहले एकै पटक देख्न पायो र भोग्न पायो। पत्रकार तथा मानवअधिकारकर्मीहरु यो घटना लगत्तै घटनास्थल पुग्न पाए तैपनि सत्य तथ्य कुरा अझै आउन सकेन। हत्यारा सैनिक बासुदेवलाई कसले गोली हान्यो ?   more »
View Article  आँखा जुधाउने पत्रकारलाई सेनाको गोली

Journalists who look at Army eyes receive bullets

 

संचार फिचर


सिराहा, मंसिर २८
जहाँ प्रजातन्त्र हुँदैन् त्यहाँ प्रेस स्वतन्त्रताको कुरा गर्नु नै व्यर्थ हुन्छ। प्रजातन्त्र अपहरण गर्ने १९ माघको शाही कदमपछि समग्र नेपालको स्थिति यही छ, नेपालीले अहिले 'तरबार भन्दा कलम बलियो' भन्ने लोकआख्यानलाई 'कलम भन्दा बन्दुक बलियो' भन्नु पर्ने दिन आएको छ। अहिले कलमलाई बन्दुकले नियन्त्रण गर्ने भरपुर प्रयास भईरहेको छ, तर लोकतन्त्रवादी र पेशागत समुदाय चाहिँ कलमै बलियो बनाउने आन्दोलनमा छ। जुन आन्दोलन १९ माघको कारण अनिवार्य बनेको छ। पत्रकारहरु पनि आन्दोलित छन्, उनीहरुले किन आन्दोलन गर्नुपर्‍यो भनेर १९ माघको शाही कदमपछि सञ्चार जगत्मा परेको प्रभावलाई मात्र हेरे पुग्छ। तीन जिल्ला सिरहा, सप्तरी र उदयपुरमा सञ्चारमा परेको प्रभावबारे पत्रकार रामप्रसाद भट्टर्राईले तयार पारेको रिपोर्ट   more »
View Article  हतियार व्यवस्थापनकालागि राष्ट्रसंघको संलग्नता जरुरी
डा. देवेन्द्र राज पाण्डे

UN mediation is the best option
Dr. Devendraraj Pandey



              

विचार/ विवेचना
राजाको विदेश भ्रमण सम्पन्न गरेर स्वदेश फर्केपछि समस्या सुल्झाउनको लागि केही नया प्रयास हुन्छकी भनेर आम जनताले सोचेका थिए। तर राजाले सम्वाद र सहमतिको बाटो नअपनाई पुन पंचायतकालिन मण्डलेहरुलाई मन्त्री बनाउने काम भयो। यसबाट पनि प्रष्ट हुन्छ राजा माघ १९को रोडम्याप अनुसार स्पष्ट रुपमा चलिरहने संकेत गरेको छ। राजाले अझै पनि मुलुकको राजनीति र यथार्थलाई नबुझेको अझै प्रष्ट भएको छ। सात राजनीतिक दल र माओवादी बीच भएको ऐतिहासिक समझदारी पछि राजा सम्वादका लागि तयार नहुनुले मुलुकमा जारी हिंसालाई समाप्त गरेर शान्ति स्थापना गर्नु भन्दा थप युद्ध र रक्तपात मचाउन उद्यत रहेकाछन्। मुलुक भिषण द्वन्द्वको बाटोबाट गुजु्रने संभावना बढेको छ।अव राजा चरम निरंकुशतावादी बनेर आन्दोलनकारी शक्तिहरु माथि दमनको प्रयासमा लाग्नेछन्। मुलुकमा अव जनताले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनमा सहभागि बन्नुको विकल्प छैन। त्यसैले अव निरंकुश राजतन्त्र भनेर मात्र होइन समग्र राजतन्त्रको उन्मूलन गर्ने आन्दानेलनको केन्द्रविन्दु हुनुपर्छ।   more »
View Article  सेना प्रमुख हतियारकालागि पाकिस्तान जाने
Army chief to leave Pakistan for arms !



काठमाडौ, मंसिर २४


शाही नेपाली सेनाका प्रमुख प्यारजंग थापा आगामी सोमवार ६ दिनकालागि पाकिस्तान जाने तयारीमा छन्। आम नेपाली जनता र अन्तरा जगतबाट युद्धविराम गरी देशमा दिर्घकालीन शान्ति कायम गरिन पर्ने दवाव आइरहेकाबेला उनी भने सैनिक हातहतियारको मेलोमेसो मिलाउन पाकिस्तान जान लागेको बुझिएको छ।अमेरिका भारत बेलायत अगायतका मुलुकले देशमा बहुदलीय प्रजातन्त्रको स्थापना मानवअधिकार रक्षा प्रेस स्वतन्त्रताको निर्क्यौल हुनपर्ने सर्त राख्दै हातहतियार दिन इन्कार गरेपछि पाकिस्तानसंग हातहतियार लिन जान लागेको बताइएको छ।
पाकिस्तानले राजाको सैनिक शासनलाई खुलेरै समर्थन गरेको छ। केहि महिना अघि पाकिस्तानी दूतले नेपाल भ्रमण गर्दा नेपाल सरकारलाई पाकिस्तानले सैन्य सहयोग दिन तयार रहेको बताएका थिए। भारत, अमेरिका, बेलायत लगायतका मुलुकले सैन्य सहायता रोक्का गरेपछि शाही नेपालीसेनामा हाततियारको संकट परेकोले त्यसलाई पूर्ती गर्न यो भ्रण हुनलागेको बताइएको छ।

View Article  राजा संचार मन्त्री !
   Nepal King as a communication minister  



काठमाडौ, मंसिर २२

इतिहासमै नभएको नौलो घटना आज नेपालमा भयो। राजा ज्ञानेद्रलाई अव राजा मात्र भएर पुगेन। उनी संचार मन्त्री पनि भए आजदेखि त्यसो त रक्षा मन्त्रीपनि उनै हुन्। अवदेखि उनको गाडिम ढुगा हानिएमा आफ्नो जिम्मेवारी उनी आफै लिनेछन्।  उनको एक लहडमै आज मन्त्रीपरिषद पून गठन भयो। शायद हालै ट्यूनिशयामा भएको बिश्व संचार सम्मेलनले राजालाई राजाबाट घटेर मन्त्री बन्ने रहर जागेको होला। राजा नै संचार मन्त्री भएको यो अनौठो घटना संसारमा बिरलै हुनेगर्छ। राजालाई अवदेखि संचार राज्यमन्त्री भएका राजा समर्थक पत्रकार श्रीस समसेर जवराले सघाउनेछन्। संचारलाई पूर्ण रुपले नियन्त्रण गर्न राजा अव कम्मर कसेरै मैदानमा उत्रेको देखिएको छ। यसले गर्दा नेपालको संचार क्षेत्र अवका दिनमा अझ झन् कठीन बाटोमा जाने भएको छ। यस अघि संचार मन्त्री भएर बदनाम कमाएका टंक ढकाल स्थानिय बिकास मन्त्रीमा घटुवा भएका छन्। हालै बानेश्वर काण्डमा भएको युवराजमाथिको ढुंगा मुडा काण्डका कारण दान बहादूर शाहीले गृह मन्त्री जस्तो पद गुमाउन परेको छ। जनता दिनदिनै ढालिदा एक शव्दपनि नवोल्ने युवराजले बिदाका दिन कार्यालय पुगेर प्रहरी प्रमुखहरुलाई आफ्नो परिवारको सुरक्षा नभएको भन्दै लात्ती हानेका थिए। यो काण्डमा चोखो देखिने प्रयास गरेर केहि प्रहरीहरुलाई कार्वाही गरेका दानबहादूर अन्तत आफै बढारिएका छन्।   more »
This Month
December 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
Year Archive