View Article  कि रोज जनता कि ज्योतिष
Choose either an astrologer or people
Lilamani Pokhrel, Vice president, Janamorcha Nepal



विचार/ विवेचना

लिलामणी पोखरेल

माओवादी जनयुद्धको शान्तिपूर्ण राजनैतिक निकासका निम्ति भनेर सरकार माओवादी वार्ताहरु शुरु भएका थिए। तर सरकार-माओवादी दुवै पक्षको सैन्यवादी चिन्तन र राज्यपक्षको विकल्प विहीनताले माओवादीलाई फेरि रक्तपातपूर्ण भिडन्तमा धकेल्यो। त्यसदेखि यता हजारौं मानिस मरिसके। राज्य र माओवादी दुवै पक्षबाट निहत्था मानिसको हत्या भैसकेको छ। सरकारी मानवअधिकार आयोगकै तथ्यांक अनुसार सुरक्षा निकायबाट मारिएका मध्ये ८५ प्रतिशत निर्दोष सामान्य नागरिक छन्।   more »
View Article  सत्यलाई पनि साक्षी चाहिएको छ
चंकी श्रेष्ठ

Even the truth needs a witness ( a symbolic poem )

Chanky  Shrestha





अब सत्यलाई
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ।

यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन्

अब कविताले मात्र
कविलाई कवि सावित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ।

यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ।
View Article  नेताहरुलाई खीसिटिउरी नगरौं

Lets not criticise the democratic leaders now

Sushil Pyakurel, Former National Human Right Commission member

      सुशील प्याकुरेल

         

विचार/ विवेचना
छयालिस सालको जनआन्दोलनदेखि नेपालमा जनतान्त्रिक आन्दोलनमा नागरिक समाजको संगठित भूमिका उजागर भएको हो। निरंकुश राजतन्त्रवादी पञ्चायती व्यवस्थाको अन्त्य र वहुदलीय प्रजातन्त्रको स्थापनाकोलागि राजनीतिक दलहरुले संचालन गरेको संयुक्त जनआन्दोलनको पछिल्लो अवधिमा काठमाडौंमा केही पेशागत र स्वतन्त्र व्यक्तित्वहरुबाट पनि आफ्नो संलग्नता दर्शाइयो। त्यँहादेखि नै प्रजातन्त्रको लागि नागरिक समाजको संगठित संलग्नताका औपचारिक श्रीगणेश भएको हो। तर जनआन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्नसकेको नागरिक समाज संगठित रुपमा सक्रीय रहिरहन सकेन।

जनआन्दोलनमा स्वतन्त्रतापूर्वक प्रजातन्त्रको पक्षमा लागेको नागरिक समाज प्रजातन्त्रको स्थापनासँगै विस्तारै तितर-वितर हुन थालेको मात्र हैनस आम चुनाव आउँदासम्म त्यो संगठित जमात भिन्दाभिन्दै राजनीतिक दलसित प्रत्यक्ष-परोक्षरुपमा आवद्ध भयो वा सामिप्यमा पुग्यो। प्रजातन्त्रको स्थापनापछि संविधानको निर्माण प्रक्रिया र संविधानको श्रोतको बारेमा एक्का दुवा आवाज उठेता पनि नेतृत्वमा रहेका नागरिक समाजका अगुवाहरुको विभाजित मनस्थितिले गर्दा   more »

View Article  नया प्रेस कानुन तुरुन्त फिर्ता लिनुपर्छ:
आइएफजे महासचिव आइडेन ह्वाइट

Government  should immediately withdraw the present controversial press law: Aiden White, General secretary,  IFJ

विश्वभरीका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय पत्रकार महासंघले ( आइएफजेले ) नेपालको प्रेस स्वतन्त्रताको रक्षाका निम्ति महत्वपूर्ण भूमिका खेल्दै आएको छ। राजाले माघ १९ मा सम्पूर्ण राज्यशक्तिको अधिकार आफ्नो हातमा लिएपछि नेपाली प्रेसमाथि झन् झन् संकट बढ्दै गएको छ। बिश्वभरीका पत्रकारहरुको हक अधिकार रक्षाका निमित्त कार्यरत आइएफजेले नेपाली प्रेसको पछिल्ला घटनाक्रमलाई कसरि हेरिरहेको छ भन्ने बिषयमा केन्द्रित रहेर हामीले आइएफजेका महासचिव आइडन ह्वाइटसंग वार्ता गरेका थियौं। बेलायतको प्रसिद्ध पत्रिका द गार्डियन, सन्डे, फाइनान्स लगायतका पत्रपत्रिकामा २० वर्ष भन्दाबढीको अनुभव लिएका ५५ बर्षीय आइडन ह्वाइटसंग ददिराम सापकोटाले गरेको कुराकानी।


                                                             Source: IFJ
पेरिस, कात्तिक ५

नेपालमा प्रेस स्वतन्त्रताको अवस्थावारे तपाइहरुको पछिल्लो मूल्यांकन के हो ?
आइएफजे लगायत दर्जनौं प्रेस स्वतन्त्रता र मानवअधिकारवादी संघ संस्थाले बिरोध गर्दा गर्दैपनि पत्रकारहरुलाई जेल हाल्ने, धम्कि दिने र पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजीरहेको छ। एफ.एम रेडियोहरुमा समाचार प्रसारण गर्न रोक लगाउने   more »
View Article  माओवादीद्धारा पत्रकारलाई चेतावनी


Maoists' threatening letter to Journalist Neupane to quit job

काठमाडौ, कात्तिक २

पत्र आफै बोल्छ:
माओवादी जिल्ला कमिटी दैलेख सदस्य लक्षीरामले नेपाल समाचारपत्र दैनिकका संवाददाता कमल न्यौपानेलाई पत्रकारिता  पेसा छोड्न आग्रह गर्दै असोज ३० गते लेखेको पत्र। पत्रमा उनलाई  'फाँसिवादी राज्यसत्ता' लाई सघाएको आरोप लगाइएको छ । गत वर्ष माओवादीद्धारा मारिएका  पत्रकार डेकेन्द्र थापासँगै माओवादीले उनलाईपनि कब्जामा लिई दुई साता बन्दी बनाएका थिए। उनले माओवादी आरोप झूटो भएको बताएका छन् । उता सूरक्षा फौजले भने उनलाई माओवादीसंग सांठगांठ गरिरहेको आरोप लगाउंदैआएको छ।

View Article  प्रतिनिधिसभाको निर्वाचन गर्न निर्देशन

The King directs for the parliamentary election



काठमाडौ, असोज २५
मुलुकमा स्थानिय निकायको निर्वाचनको चर्चा चलिरहेकाबेला  लगत्तै प्रतिनिधीसभाको निर्वाचन गर्ने कुरा सार्वजनिक हुने भएको छ।दशैको टीकाको अबसर पारेर देशवासीका नाममा सन्देश दिदै राजाबाट उक्त कुराको सार्वजनिक भएको हो। यसअघि  महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाका पदाधिकारीहरुको निर्वाचन यही माघ २६ गते बुधबार  गर्ने   more »

View Article  फेरि आयो त्यो कालो रात
The King introduces a new press law to impose media censorship

काठमाडौ, असोज २३

      फेरि आयो त्यो कालो रात भन्ने एउटा गीत छ लाहुरे भन्ने नेपाली चलचित्रमा निष्ठुरीको लिएर सम्झना भनेपछि त्यो गीतको पहिलो हरफ सकिन्छ। नेपाली सञ्चार जगतमा पनि अब साच्चै काला रातहरु आउने भएका छन् किनकि अब चाहि शाही मात्र होइन कसाही सरकारले जनताका अधिकारहरु पूरै घाटी काटेर छिनाइसकेको छ।

  आइतबार राजा ज्ञानेन्द्रको सरकारले केही नेपाल सञ्चार ऐन संशोधन अध्यादेश ल्याएर दशैंको मुखमा सधैंझैं यसवर्षा अर्को एउटा जनअधिकारको वली दिएका हुन्,
दरवार निकटहरुका अनुसार उनले नया अध्यादेश ऐनमा पञ्चायतकालकै प्रावधानहरु राखेर तत्कालिन व्यवस्थाविरोधी भनिएको ठाउमा आतंककारी ...   more »
View Article  तिम्रो अनुहारको ऐना
चंकी श्रेष्ठ
On the mirror of your face ( a symbolic poem )
Chanky Shrestha, Literate



    कविता
तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार।

चर्किएको, भत्किएको ऐनामा
देखिन्छ हरेक वस्तु   more »
View Article  सरकारको अपराधि नीतिले पत्रकार मारिए

         सित्तैमा हुने क्षयरोगको उपचार नपाएर पत्रकार पहारीको मृत्यू

         Imprisoned journalist dies after authorities refuse
treatment
                                      
                
                 जानाजान उपचार नगराइ मारिनुभएका संचारकर्मी पहारी

काठमाडौ,असोज १९


दशैको मुखमा खाउला पिउला भन्ने भनाइ निकै चल्तीमा छ। बर्षमा अरुबेला भोकै र नागै बसेपनि दशैकाबेला राम्रो पहिरन र मीठो खाने आशा सबैको हुन्छ। बर्षभरी नभेटेका आफन्त यहि चाडमा आफन्तको बाटो हेरी बस्छन्। आफ्नो परिवार आफन्त र साथीभाइ संग भेटघाटकालागि भन्दै दूरदेशबाट यहि मौका छोपेर आउंछन्। केहि अपवादलाई छोडेर दशैले प्राय गाउघरमा रमाइलो ल्याउंछ। स्वीडेन नर्वे वेल्जियम फ्रान्स नेदरल्यान्ड स्वीजरल्यान्ड लगायतका पश्चिमेली मुलुकका सरकार जो जनताप्रति उत्तरदायि छन् तिनले बेरोजगार बृद्ध भत्ता लगायत गरीव परिवारलाई चाडवाड र पर्व मनाउने   more »

View Article  राजा वीरेन्द्रका सल्लाहकारको बिचल्ली
Late King Birendra's political advisor is neglected



उनले कम्युनिष्ट पार्टी महामन्त्रीजस्तो पद छाडेर राजालाई सघाए। राजा ज्ञानेन्द्रका पिता महेन्द्र र दाजु बीरेन्द्रलाई पनि जीवनभर साथ दिए। तर, ०५८ सालको बंश विनासपछि  ज्ञानेन्द्र सत्तामा आउनासाथै उनी फालिए। यतिखेर उनलाई राजावादीहरुले पुछ्न त परै जाओस्, र्फकेर हेर्न पनि छाडेका छन्। यसरी राजावादीबाटै बिर्सिइएका व्यक्ति हुन् राज परिषद् स्थायी समितिका पूर्वसभापति डा. केशरजंग रायमाझी।

शाही नेपाली सेनाको गुप्तचर विभाग 'डीएमआई' को प्रमुखमा केशरजंगका छोरा दिलिपजंग रायमाझी कार्यरत छन्। इन्टीलीजेन्सका नाममा उनले अथाह रकम खर्च गर्नुका साथै ऐयासी जीवन बिताइरहेका छन्। तर, उनैका बाबु केशरजंगले भने कालीमाटीमा दिनहु धाएर तरकारी खाइरहनु परेको छ। राजालाई  ...   more »
This Month
October 2005
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive