राजाकै अगाडी शिक्षामन्त्रीलाई गाली
Royal ministers fight themselves again
काठमाण्डौ, असोज २८
मुलुकमा शान्ति कायम गर्न भन्दै सेप्टेम्बर १ पछि राजा
ज्ञानेन्द्रले गठन गरेको मन्त्रीमण्डलमा सामेल भएका मण्डले मन्त्रीहरु एक
आपसमै झगडा गर्न थालेका छन्। यही झगडाकै शिलसिलाअनुसार स्वास्थ्य सहायक
मन्त्री निक्षसमशेर जबराको एक समूहले केही हप्ता अघि चावहिल चौकमा
गृहमन्त्री दानबहादुर शाही, कृषिमन्त्री, बद्रीप्रसाद मण्डल र अर्थमन्त्री
मधुकर समशेरको एकैसाथ पुत्लासमेत जलाएको थियो। अहिले आएर मन्त्रीहरुबीचको
यो झगडा भुसको आगोजस्तै फैलिन थालेको छ।
प्रखर बहुदलविरोधी भनेर चिनिने मन्त्री निक्ष समशेरले ३/३ जना मन्त्रीको
एकैसाथ पुत्ला जलाउनुको कारण के? यो खुल्दुलीको विषय भइरहेका बेला निक्ष
निकटस्थित सूत्रबाट प्राप्त जानकारीअनुसार रानी कोमलको दबाबबाट मन्त्री
बनाइएका निक्ष समशेर यतिखेर राजाले खराब मान्छेलाई मन्त्री बनाइबक्सेको
बताउदै हिड्न थालेका छन्। नाताले राजा ज्ञानेन्द्र निक्षका भिनाजु पर्दछन्
र रानीका सौतेनी पट्टीका हुन्। निक्षले अहिले मलकाण्डमा मुछिएका, बैकको
कालो सुचिमा परेका र जेल परिसकेका मान्छेहरुलाई मन्त्री बनाइनु हुदैन भन्न
थालेका छन्। केही समय अघि बिदेशी हस्तक्षेपविरुद्ध बबरमहलबाट निस्केको
मण्डलेहरुको जुलुसमा पनि दुइ मन्त्रीहरु जगत गौचन र निक्षसमशेरका
गुण्डाहरुबीच तरवार हानाहान भएको थियो र केही घाइतेसमेत बनेका थिए।स्रोतका
अनुसार केही दिन अघि मधेसी समुदायका अर्का मन्त्री रामनारायण सिंहले
हिन्दी बोलेपछि निक्षले भने- त्यस्ता त मन्त्री छन्, राष्ट्रवादी
हुनुपर्नेमा उल्टै हिन्दी बोल्दै हिड्छन्।
मन्त्रीहरुबीच झगडा गर्नेमा अर्को टोली सूचना तथा सञ्चार मन्त्री तथा
सरकारका प्रवक्ता टंक ढकाल र परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेकोपनि छ।
पाण्डेले मन्त्री परिषद्का गोप्य निर्णयहरु पत्रिकालाई चुहाउने गरेको
ढकालको आरोप छ भने पाण्डेले ढकाललाई भुसुना जति पनि नगन्ने गरेको स्रोत
बताउछ। मन्त्रीपरिषद्को बैठकमा भने भित्रका कुरा चुहिनुमा सरकारी
प्रवक्तालाई बढी दोष लगाइने गरेको छ। यसले गर्दा ढकाल र पाण्डेबीच करिब
करिव बोलचाल नै बन्द हुने स्थिति आउन लागेको थाह हुन आएको छ।
यसैबीच झापा आन्दोलनका अग्रणी भइकन पनि राजाको पुच्छर समाउन पुगेका
शिक्षा, संस्कृति तथा खेलकुद मन्त्री राधाकृष्ण मैनाली यतिखेर भिजेको
मुसोजस्तै भएर हिड्न थालेका छन्।दशैंको टीकाका दिन घ्याम्पो जत्रो भूंडी
लिएर राजा संग टीका लगाउन गएपनि उनी यसबेला वामपन्थी कित्ता छाडेकोमा
पछुताउन थालेको निकटस्थ स्रोत बताउछ। र, उनले विगतमा जस्तो राजाका
कदमको समर्थनमा औंला उचाली उचाली भाषण गर्नपनि छाडिसकेका छन्। एकपटक
मन्त्रीपरिषद्को बैठकमा छट्टु मन्त्री रमेशनाथले राजाकै अगाडि हप्काएपछि
मैनालीको मुडअफ भइरहेको स्रोत बताउछ।
|
|
||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
मन्डले मन्त्रीहरुबीच फेरी मारामार
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||