Maoist student wing announces a protest  programme

काठमाडौ , असोज ३१


नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारी ले आफ्ना साथीहरुको रिहाइकालागि फेरी आन्दोलन तेज पार्ने भएका छन्।असोज १६ गते उपचारका क्रममा काठमाडौ पुगेका उक्त संगठनका केन्द्रिय सदस्य रत्न ढकालको रिहाइकालागि बागमती र नारायणी क्षेत्रका विद्यालयमा मसाल जुलुस लगायत कार्यक्रम गर्ने घोषणा गरेका छन्।

उक्त बिद्यार्थी संगठनको बागमती नारायणी क्षेत्रीय समन्वय समितीका संयोजक झपट सावतले जारी गरेको बिज्ञप्तीका अनुसार कात्तिक १० गते सम्म भित्ते लेखन कोणसभा र बिद्यालयहरुमा नारा जुलुश गरिनेछ।कात्तिक ११ गते सांझ वागमती र नारायणी क्षेत्रमा मासाल जुलुस तथा कात्तिक १२ गते बागमती र नारायणी क्षेत्रमा चक्का जाम गरिनेछ।यसपछिपनि उनीहरुलाई रिहा नगरे अझ कडा कार्यक्रम ल्याइने बिज्ञप्ती मार्फत उनले चेतावनी दिएका छन्।