Maoists' threatening letter to Journalist Neupane to quit job

काठमाडौ, कात्तिक २

पत्र आफै बोल्छ:
माओवादी जिल्ला कमिटी दैलेख सदस्य लक्षीरामले नेपाल समाचारपत्र दैनिकका संवाददाता कमल न्यौपानेलाई पत्रकारिता  पेसा छोड्न आग्रह गर्दै असोज ३० गते लेखेको पत्र। पत्रमा उनलाई  'फाँसिवादी राज्यसत्ता' लाई सघाएको आरोप लगाइएको छ । गत वर्ष माओवादीद्धारा मारिएका  पत्रकार डेकेन्द्र थापासँगै माओवादीले उनलाईपनि कब्जामा लिई दुई साता बन्दी बनाएका थिए। उनले माओवादी आरोप झूटो भएको बताएका छन् । उता सूरक्षा फौजले भने उनलाई माओवादीसंग सांठगांठ गरिरहेको आरोप लगाउंदैआएको छ।