Maoists' threatening letter to Journalist Neupane to quit job
काठमाडौ, कात्तिक २
पत्र आफै बोल्छ:
माओवादी
जिल्ला कमिटी दैलेख सदस्य लक्षीरामले नेपाल समाचारपत्र दैनिकका संवाददाता
कमल न्यौपानेलाई पत्रकारिता पेसा छोड्न आग्रह गर्दै असोज ३० गते
लेखेको पत्र। पत्रमा उनलाई 'फाँसिवादी राज्यसत्ता' लाई सघाएको आरोप
लगाइएको छ । गत वर्ष माओवादीद्धारा मारिएका पत्रकार डेकेन्द्र
थापासँगै माओवादीले उनलाईपनि कब्जामा लिई दुई साता बन्दी बनाएका थिए। उनले
माओवादी आरोप झूटो भएको बताएका छन् । उता सूरक्षा फौजले भने उनलाई
माओवादीसंग सांठगांठ गरिरहेको आरोप लगाउंदैआएको छ।