Editors  to fight the black press ordinance jointly

काठमाडौ, कार्तिक ३

आज देशका प्रमुख साप्ताहिक-पाक्षिक लगायतका पत्रिकाका सम्पादक-प्रकाशकहरुको भेलाले २०६२ असोज २३ गते षड्यन्त्रपूर्वक जारी गरिएको प्रेस स्वतन्त्रता विरोधी कथित संचार सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशप्रति तीब्र विरोध र आपत्ती प्रकट गर्दै उक्त कालो अध्यादेश अविलम्व खारेज गर्न माग गरेको छ ।

    भेलाले यस अध्यादेश विरुद्ध साप्ताहिक पाक्षिक पत्रिकाहरुको संयुक्त प्रतिवाद र संर्घषलाई व्यवस्थित रुपमा अघि बढाउन देशान्तर साप्ताहिकका कविर राणाको संयोजकत्वमा सूर्य थापा (बुधबार), गोपाल वुढाथोकी (साँघु), केशव खनाल (छलफल), दामोदरप्रसाद दवाडी (नयाँ विकल्प), परशु घिमिरे (तरुण), जयप्रकाश त्रिपाठी (घटना र विचार), तेजप्रकाश पण्डित (नव युगवाणी), शम्भु श्रेष्ठ (दृष्टि), कमल जोशी (नेपाली पत्र), किशोर श्रेष्ठ (जनआस्था), राजेन्द्र वैध (विमर्श), निलबहादुर खड्का (रोडम्याप), गोविन्दसिंह थापा (हाँक), युवराज घिमिरे (समय), राजेन्द्र दहाल (हिमाल) र गोकुल वाँस्कोटा (संवोधन) सदस्य रहेको कालो अध्यादेश विरुद्धको संर्घष सन्जाल गठन गरेकोछ ।

भेलाले सम्पादकीय  मार्फत  कालो  अध्यादेशविरुद्ध  अभियान  सन्चालन  गर्ने निर्णय गर्नुका साथै  देशभरिका  सबै साप्ताहिक,  पाक्षिक  पत्रिकाहरुलाई  यस  सञ्जालसंग समन्वय  गरी  संयुक्त प्रतिवाद र  संर्घषमा उत्रिनपनि  हार्दिक  आहृवान  गरेको  छ । भेलाले साप्ताहिक पत्रपत्रिकाप्रति राज्यले गर्दै आएको भेदभावपूर्ण व्यवहार, लोक कल्याणकारी विज्ञापन छापे वापतको रकम भुक्तानी रोक्का, एकद्धारको नाममा गरिएको विज्ञापन नाकावन्दी, प्रेस काउन्सिलको वर्गिकरणमा गरेको नाङ्गो पक्षपात र निरन्तरको दमनकारी रवैयाको भर्त्सना गर्दै सवै खाले नियन्त्रण तत्काल हटाउन जोडदार माग गरेको छ।