Government should immediately withdraw the present controversial press law: Aiden White, General secretary, IFJ
विश्वभरीका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय पत्रकार महासंघले ( आइएफजेले ) नेपालको प्रेस स्वतन्त्रताको रक्षाका निम्ति महत्वपूर्ण भूमिका खेल्दै आएको छ। राजाले माघ १९ मा सम्पूर्ण राज्यशक्तिको अधिकार आफ्नो हातमा लिएपछि नेपाली प्रेसमाथि झन् झन् संकट बढ्दै गएको छ। बिश्वभरीका पत्रकारहरुको हक अधिकार रक्षाका निमित्त कार्यरत आइएफजेले नेपाली प्रेसको पछिल्ला घटनाक्रमलाई कसरि हेरिरहेको छ भन्ने बिषयमा केन्द्रित रहेर हामीले आइएफजेका महासचिव आइडन ह्वाइटसंग वार्ता गरेका थियौं। बेलायतको प्रसिद्ध पत्रिका द गार्डियन, सन्डे, फाइनान्स लगायतका पत्रपत्रिकामा २० वर्ष भन्दाबढीको अनुभव लिएका ५५ बर्षीय आइडन ह्वाइटसंग ददिराम सापकोटाले गरेको कुराकानी।

Source: IFJ
पेरिस, कात्तिक ५
नेपालमा प्रेस स्वतन्त्रताको अवस्थावारे तपाइहरुको पछिल्लो मूल्यांकन के हो ?
आइएफजे लगायत दर्जनौं प्रेस स्वतन्त्रता र मानवअधिकारवादी संघ संस्थाले बिरोध गर्दा गर्दैपनि पत्रकारहरुलाई जेल हाल्ने, धम्कि दिने र पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजीरहेको छ। एफ.एम रेडियोहरुमा समाचार प्रसारण गर्न रोक लगाउने more »