Maoist and seven party alliance begins
काठमाण्डौ, कार्तिक १२
कुनै औपचारिक बार्ता र सहमति नहुदा नहुदै पनि एमाले नेता बामदेव गौतम रोल्पाको भ्रमणबाट र्फकेपछि माओवादी र सात दलहरुबीच जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम र सहकार्यहरु हुन थालेका छन्। यस विषयमा एमाले र माओवादीवीच आन्तरिक सहमति भइसकेको एमालेका कार्यबाहक महासचिव बामदेव गौतमले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बताउनु भएको छ। बुधबार सिन्धुली जिल्लाको दुम्जामा माओवादी र संसदीय दलका नेताहरुले संयुक्त सभा गरेको थाहा भएको छ। सभामा बोल्दै माओवादीका काभ्रे सिन्धुपाल्चौक जनसरकार प्रमुख लालध्वज लामाले सम्बोधन गर्दै आफूहरुको तत्कालीन माग र्सवदलीय सरकार र संविधानसभामात्रै भएको बताउदै दलहरुको कार्यक्रमलाई साथ दिने बताएका थिए। यता इटहरीमा तिहारपछि एक लाखको जनप्रदर्शन गर्ने तयारी भइरहेको छ।
दशैं सकिनासाथ पार्टीको जिल्ला कमिटी बैठकमा भाग लिन जाने क्रममा एमाले नेता वामदेव गौतमले रोल्पाको नुवागाउ इलाकामा विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको थियो भने सोही अवसरमा माओवादीका मगरात स्वायत्त जनसरकार प्रमुख सन्तोष बूढामगरसग गौतमले अनौपचारिक वार्तासमेत गर्नुभएको थियो। एमाले नेता गौतमलाई माओवादीका एक सयजति जनसेनाहरुले सुरक्षा दिई विभिन्न ठाउमा स्कटिङ्गसमेत गराएपछि अकस्मात् देशभरिबाट माओवादीहरुले सातदलका कार्यक्रमहरुलाई सहयोग र हौसला प्रदान गर्न थालेका छन्। यही सिलसिलामा अब देशव्यापीरुपमा लोकतान्त्रिक सभाहरुको आयोजना हुन लागेका हुन्। इटहरीको जनप्रदर्शनपछि जनकपुरमा ५० हजार मान्छेहरु उतार्ने तयारी भइरहेको एमाले सूत्रले जानकारी दिएको छ।
|
|
||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादी र सात दलबीच सहकार्य शुरु
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||