नेपाली व्लग तथा वेभसाइटहरु
Contact us: nepalinfoblog@yahoo.com
|
Sunday, November 27

अवैध निर्वाचन वैध हुनसक्दैन
by
Nepal Info
on Sun 27 Nov 2005 03:15 AM PST
विश्वनाथ उपाध्याय पूर्व प्रधानन्याधिश सर्वोच्च अदालत King has no right to declare the election Bishwanath Upadhyaya, former chief justice supreme court  विचार/ विवेचना प्रजातान्त्रिक प्रणालीमा अवधिक निर्वाचनहरु आवश्यक र महत्वपूर्ण हुन्छन् । वस्तुतः निर्वाचनलाई प्रजातन्त्रको रक्तसञ्चार प्रणाली भने पनि हुन्छ। निर्वाचनले नै प्रजातान्त्रिक व्यवस्थालाइ जीवन्तता र गतिशीलता प्रदान गर्छ। आफूलाई चित्तबुझ्दो विकल्प छनौट गर्ने अवसर जनतालाई निर्वाचनबाटै प्राप्त हुन्छ। आ-आफ्ना नीति र कार्यक्रमहरु जनतासमक्ष प्रस्तुत गरेर जनसमर्थन प्राप्त भए देशको शासन व्यवस्था सञ्चालन गर्ने अधिकार राजनीतिक दललाई निर्वाचनले नै दिन्छ। त्यसैले निर्वाचन राजनितिक प्रतिस्पर्धाको एउटा यस्तो साधन हो, जसको उपेक्षा राजनीतिक दलहरुले गर्न मिल्दैन, तर निर्वाचनमा भाग लिन केही शर्त पूरा हुनु आवश्यक हुन्छ। ती हुन् -निर्वाचन स्वतन्त्र हुनुपर्छ , भय, त्रास र दबाबरहित वातावरणमा हुनुपर्छ र निर्वाचनमा भाग लिएर आफूखुशी मत दिने अवसर सबै मतदाताले पाउनुपर्छ। साथै निर्वाचन र त्यसका सबै प्रक्रिया विधिसम्मत हुनुपर्छ। यी भए सिद्धान्तका कुरा, जो मैले विस्तार भनिरहनु आवश्यक छैन। हाम्रो देशमा २०५९ असोज १८ गते संविधान अन्तर्गत कायम मन्त्रिपरिषद्लाई संविधानको धारा१२७ र र धारा २७ (३)को अपव्याख्या गरी राजाबाट बर्खास्त गरेपछि आएको संबैधानिक गतिरोध र त्यसबाट सिर्जना भएको राजनीतिक अन्योलले गर्दा आज तीन वर्षभन्दा पनि बढी समयदेखि स्थानीय स्वायत्त संस्था र राष्ट्रिय विधायिकाको निर्वाचन हुन सकेको छैन। more »
Saturday, November 26

अमेरिकी राजदूत आकस्मिक रुपमा स्वदेश
by
Nepal Info
on Sat 26 Nov 2005 08:57 AM PST
US Embassidor returns home to brief Nepal situation
काठमाडौं, मंसीर ११
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत जेम्स एफ. मोरियार्टी
आज दिउँसो आकस्मिकरुपमा स्वदेश जानुभएको छ। नेपालमा विकास भइरहेका पछिल्ला
राजनीतिक घटनाक्रम तथा सात दल र माओवादीबीच हालै भएको समझदारीको बारेमा
जानकारी लिन अमेरिका सरकारले बोलाएपछि उहाँ आज स्वदेश फर्किनुभएको
हो।काठमाडौंबाट अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मोरियार्टीले राजा
ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग वार्ताको सुरुवात गर्नुपर्ने सुझाव
दिनुभयो। अमेरिकी राजदूत नेपालका नेताहरुको दिल्ली दौड चलिरहेको बेला
दिल्ली पनि पुग्नुभएको थियो। नेपालमा माओवादी र राजनीतिक दलहरुबीच १२
बूँदै समझदारी भएपछि हाल देखिख्दै गएको राजनीतिक परिवर्तनप्रति अमेरिकाले
'पर्ख र हेर' को नीति लिएको पनि राजदूत मोरियार्टी आज पत्रकारहरुलाई
जानकारी दिनुभयो।लामो विदेश भ्रमणबाट फर्केपछि राजा ज्ञानेन्द्रले नेपालमा
चाल्न सक्ने कदमप्रति अमेरिकाको ध्यानाकर्षा भएको पनि उहाँले बताउनुभयो।
नेपालमा राजाको अस्वाभाविक र रहस्यमय भ्रमणप्रति अनेक शंका उपशंका व्यक्त
भइरहेका छन्। राजदूत मोरियार्टी सात दल र माओवादीबीच भएको समझदारीमा
युद्धविराम लम्ब्याउने विषयमा उल्लेख नगरिएकोमा पनि टिप्पणी गर्नुभयो।
विमानस्थलमा पुगेर पत्रकारहरुसँग उहाँले भन्नुभयो- यसले शंका उब्जाएको छ।
Friday, November 25

सत्र गतेको बृहद जनप्रदशनको प्रचार तीब्र
by
Nepal Info
on Fri 25 Nov 2005 11:45 AM PST
UML prepares a huge mass meeting in Kathmandu काठमाडौ मंसिर १० आज पोखरामा भएको विशाल प्रदर्शनपछि नेकपा (एमाले) ले देशव्यापी रुपमा संचालन गरिरहेको लोकतान्त्रिक जागरण अभियान अर्न्तर्गत यहि मंसिर १७ गते काठमाडौंमा बृहद् जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। सात राजनीतिक दल र माओवादीहरुविच भएको सहमती पश्चात एमालेले काठमाडौमा पहिलो पटक जनसागर उठाउने निर्यण गरेको हो। विगत २ सय ३७ बर्षे इतिहासमा लोकतान्त्रिक शक्तिहरुका लागि अहिले सवैभन्दा सकारात्मक अवस्था सिर्जना भएको, मूलुकमा लोकतन्त्र स्थापनाका खातिर राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशागत तथा सामुदायिक संघ/संस्थाहरु लगायत नेपालका अन्तराष्ट्रिय मित्रहरुको अभूतपूर्व एकता कायम भएको एमालेले जनाएको छ। यसै गरी निरंकुशताविरुद्धको संघर्षमा राजनीतिक दल विभिन्न संघ/संगठन तथा नागरिक समाजले संचालन गरिरहेको आन्दोलनले एकअर्कामा परिपुरकको भूमिका खेलिरहेकोपनि एमालेले जनाएको छ।यसैक्रममा देशव्यापी लोकतान्त्रिक जागरण अभियानअर्न्तर्गत मंसिर १७ गते काठमाडौंमा वृहद् जनप्रदर्शनको कार्यक्रम तय गरेको जनाउँदै सहभागिता र ऐक्यवद्धताका लागि एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियान नै चलाएको छ। एमालेका युवा नेता योगेश भट्टर्राईका अनुसार, मंसिर १७ गते ११ बजे डिल्लीबजारबाट जुलुस शुरु गरेर १ बजे नयाँ बानेश्वरमा जनसभा गरिने छ। एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियानका साथ वितरण गरिरहेको पर्चा यस्तो छ more »
Thursday, November 24

यो समझदारी दीर्घकालीन बन्न सक्छ
by
Nepal Info
on Thu 24 Nov 2005 12:16 PM PST
This understanding may turn long lasting : Prachanda क.प्रचण्ड, अध्यक्ष-नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अन्तवार्ता  ने.क.पा.(माओवादी) र सात संसदीय दलहरुबीच हालै भएको समझदारीबारे नेकपा माओवादीका अध्यक्ष प्रचन्ड के भन्नुहुन्छ ? उहाले यो समझदारीलाई कसरी लिनुभएको छ र माओवादीहरु साच्चै हतियार त्याग्न तयार छन् कि छैनन ? यो समझदारी दीर्घकालिन हो या अल्पकालीन ? पढौ नेकपा माओवादी अध्यक्ष प्रचन्डको अन्तवार्ता ।
अध्यक्ष कमरेड, सशस्त्र संर्घष गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेको शक्तिबीच समझदारी कसरी सम्भव भयो? यो समझदारी सहकार्यको स्तरसम्म उठ्नसक्ला? निरंकुश राजतन्त्रका विरुद्ध देश, जनता, लोकतन्त्र र शान्तिको ऐतिहासिक आवश्यकताको जगमा यो समझदारी कायम भएको हो। more »

माधव नेपालसंग राजदूतहरुको भेट
by
Nepal Info
on Thu 24 Nov 2005 10:42 AM PST
Madhav Nepal meets several Embassidors
काठमाडौ ,मंसिर ९
नेकपा
एमालेका महासचिव माधव कुमार नेपालसग आज भारतीय राजदूत शिवशङ्कर मुखर्जीले
भेट वार्ता गर्नुभएको छ। त्यसैगरी इजरायली राजदूत र स्वीस सरकारका
प्रतिनिधिले पनि महासचिव नेपालसग छुट्टाछुट्टै भेट वार्ता गर्नुभएको
छ।भेटका अवसरमा नेपालको विद्यमान राजनीति, जारी द्वन्द र शान्ति बहालीका
लागि दलहरुले गरिरहेको प्रयासका बारेमा कुराकानी भएको महासचिव नेपालको
निजी सचिवालयले जनाएको छ। सचिवालद्वारा जारी विज्ञप्ति अनुसार राजदूतहरुले
नेपालमा जारी दलहरुको आन्दोलनप्रति दृढतापूर्वक समर्थन दोहोर्याएका छन्।

विष्टद्धारा समझदारीको प्रसंसा
by
Nepal Info
on Thu 24 Nov 2005 10:38 AM PST
Deputy PM Bista appreciates Maoist -Democratic party understanding काठमाडौ ,मंसिर ९ पार्टीहरु र माओवादीवीच भएको सहमतिका विषयमा मन्त्रीहरुले नै विवादास्पद प्रतिक्रिया दिइरहेकै बेला मन्त्री परिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टले भने सहमतिको खुलेर प्रशंसा गर्नुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रमको उद्घघाटन गरिसकेपछि सञ्चारकर्मीहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष विष्टले शान्ति प्रक्रियाकालागि हुने जुनसुकै प्रयास र सम्झौतालाई सरकारले सकारात्मकरुपमा लिने बताउनुभयो। राष्ट्रकालागि सबैभन्दा महत्वपूर्ण कुरा शान्ति भएकोले यसलाई प्रशंसा नै गर्नुपर्दछ । सरकारले यो समझदारीका विषयमा सकारात्मक र संयमित भएर आफ्नो विचार व्यक्त गर्ने विष्टले जानकारी दिनुभएको छ। उता बुधबार सरकारका प्रवक्ता टंक more »

दलहरु संझौताको अन्नानद्धारा स्वागत
by
Nepal Info
on Thu 24 Nov 2005 10:21 AM PST
सरकारलाई युद्धविराम गर्न आग्रह
Annan Welcomes 7 party - Maoist understanding
काठमाडौ, मंसिर ९
बहुदलीय प्रजातन्त्र
स्थापना र देशमा शान्ती बहालीकालागि सात राजनैतिक दल र माओवादीवीच भएको
समझदारीलाई संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले स्वागत गर्नुभएको
छ। साथै अन्नानले माओवादीलाई युद्धविरामको अवधि बढाउन र सरकारलाईपनि
युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको छ। महासचिव अन्नानले सहमति
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र एक दशकदेखि जारी द्वन्दको
समाधानतर्फकेन्द्रित भएको भन्दै सन्तोष व्यक्त गर्नुभएको उहा“का
प्रवक्ताले बिहीबार जानकारी दिनुभएको छ । साथै उहाले सहमतिको विस्तृत
अध्ययन गरिरहेको अन्नानका प्रवक्तालाई उद्धृत गर्दै काठमाण्डौस्थित
संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालको
समस्या समाधानका लागि जस्तोसुकै सहयोग गर्न पनि राष्ट्र संघ तयार रहेको
अन्नानले बताउनुभएको छ।जस्ताको तस्तै बिज्ञप्तीका लागियहा क्लीक गर्नुहोस।
त्यसैगरी आजै मानवअधिकार जोगाअौ आन्दोलन नेपाल नामको संगठनले एक प्रेस
विज्ञप्ती प्रकाशित गर्दै सात राजनीतिक दल र माओवादीविच भएको संझौताको
प्रसंसा र स्वागत गरेको छ। जस्ताको तस्तै विज्ञप्ती एट्याच्चमेन्टमा।
1 Attachments

दल र माओवादी सहमतीको निन्दा
by
Nepal Info
on Thu 24 Nov 2005 09:15 AM PST
Janamorcha leaders condemn Maoist - 7 Party understanding
काठमाडौ, मंसिर ९
जनमोर्चा
नेपालका महासचिव नवराज सुवेदी र नेकपा एकता केन्द्र मसालका नेता
चित्रबहादूर केसीले माओवादी र सात दलको सहमतीको निन्दा गरेका छन्। यस
अघिनै राजाप्रति नरमपन देखाउने नेताका रुपमा चित्रित यि नेताहरुले आज
प्रकाशित गरेको विज्ञप्तिलाई सरकारी समाचार माध्यमहरु रेडियो नेपाल र
नेपाल टेलीभिजनले खुव बढाइ चढाइगरि प्रसारण गरिरहेका छन्। जनमोर्चाका
अध्यक्ष अमिक शेरचनलेसमेत हस्ताक्षर गरेको समझदारी पत्रमा उल्लेखित बुदाको
विरोध गर्दै सुवेदीको वक्तव्यमा भनिएको छ- "माओवादी सशस्त्र शक्ति र
शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा
राख्ने" जस्ता विषयबारे हाम्रो संगठनभित्र कुनै निर्णय गरिएको छैन र
जनमोर्चा, नेपालभित्र सांगठनिक र औपचारिक तबरबाट छलफल गरिएको छैन। यस
अवस्थामा यो समझदारी राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध जानसक्ने
गम्भीर र विवादित विषयप्रति हाम्रो विशेष आपत्ति छ।' महासचिव सुवेदीले
समझदारी-पत्रमा उल्लेखित निरंकुश राजतन्त्रविरुद्ध आ-आफ्ना ठाउबाट प्रहार
केन्द्रित गर्ने, शान्ति स्थापना गर्ने, प्रतिष्पर्धात्मक लोकतान्त्रिक
मूल्य र पद्धति प्रति प्रतिवद्ध रहने जस्ता विषयहरुलाई भने स्वागत र
समर्थन गर्नुभएको छ।
Wednesday, November 23

राजनीतिक दलका कार्यकर्तामाथि कुटपिट
by
Nepal Info
on Wed 23 Nov 2005 10:48 AM PST
Security forces beat democratic activists
कालिकोट, मंसिर ८
लोकजागरण
अभियानमा लागेका सात राजनैतिक दलका नेता तथा जनवर्गीय सङ्गगठनका
कार्यकर्ताहरुलाई बुधबार कालीकोटको म्यान्मारमा प्रहरीले निर्घात कुटपिट
गरेको छ। प्रहरीको कुटाइबाट २१ जना घाइते भएको दलहरुले जनाएका छन्।
कालिकोट जिल्लाका विभिन्न गाविसहरुमा सात राजनैतिक दलले चरणवद्ध रुपमा लोक
जागरण अभियान सम्पन्न गरी पन्ध्रौं दिनपछि बुधबार कालिकोट सदरमुकाम
आइपुगेका थिए। सरदरमुकाममा शान्तिपूर्ण रुपले कार्यक्रम गरिरहेका बेला
प्रहरीले एक्कासी गरेको हस्तक्षेपबाट नेपाली कांग्रेसका हृदयराम थानी,
एमाले कालिकोट जिल्ला सचिव धिरबहादुर बम, कांग्रेसका जिल्ला सचिव
हर्षहादुर बम, जनमोर्चाका जिल्ला अध्यक्ष जयकृष्ण सञ्ज्याललगायत दर्जनौ
नेता-कार्यकर्ता घाइते भएका छन्। प्रहरीले कार्यक्रमस्थलमा प्रवेश गरी
माइक तथा मञ्चसमेत तोडफोड गरेको थियो।कार्यक्रम भइरहेको घरभित्र बसेका ७०
वर्षीया दुइ महिला सहित चार जना महिलालाई पनि प्रहरीले अमानवीय तरिकाले
कुटपिट गरेका छन्। त्यसैगरी कार्यक्रममा तस्वीर खिचिरहेका कान्तिपुर
टेलिभिजनका पत्रकारको क्यामेराबाट प्रहरीले रिलसमेत खोसेर लगेको छ।

दुइ मन्त्रीका दुइ कुरा
by
Nepal Info
on Wed 23 Nov 2005 10:40 AM PST
Two ministers differ on the same issue
काठमाडौ , मंसिर ८
सात दल र माओवादीबीच मङ्गलबार
भएको समझदारीलाई सरकारले गम्भीर रुपमा लिदै त्यसबारे सरकारले चाडै
आधिकारिक धारणा र्सार्वजनिक गर्ने भएको छ। तर यो समझदारीका विषयमा बुधबार
दुइजना मन्त्रीहरुले अलग-अलग अभिव्यक्ति र्सार्वजनिक गरेका छन्।सरकारका
प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री टंक ढकालले ट्युनिसियामा आयोजित विश्व
सूचना सम्मेलनमा भाग लिएर स्वदेश र्फकेकै दिन बुधबार पत्रकारहरुसग बोल्दै
उक्त समझदारीका बारेमा सरकारले तत्काल छलफल गरी आफ्नो दृष्टिकोण बनाउने
बताउनुभयो। उहाले भन्नुभयो-'यो स्वार्थको गठबन्धन अप्राकृतिक गठबन्धन बन्न
पुग्यो भने यो दुर्भाग्यपनि हुन सक्दछ।'हरेक कुराको उठान र बैठान स्भाविक
र प्राकृतिक आधारमा हुनुपर्दछ। यो समझदारी कसरी अगाडि बढ्छ, हामीले
त्यसलाई हेर्नैपर्छ।' शान्तिका लागि हुने प्रयासलाई सरकारले सकारात्मक
मान्ने भए पनि दल र माओवादीवीच भएको यो सम्झौतालाई विदेशीको इशारामा भएको
आरोप लगाउंदै विदेशीको इशारामा भएको सम्झौताले देशको हित नहुने ठोकुवासमेत
गर्नुभयो।माघ १९ पछि देशमा शान्ती छाएको देख्न नसकेर अपवित्र गठबन्धन
गरिएको ढकालको तर्क छ। शाही सरकारका अर्का मन्त्री अर्कामन्त्री
रमेशनाथ पाण्डेले भने शान्तिका लागि जहासुकैबाट प्रयास भए पनि त्यो
स्वागतयोग्य हुने बताउनुभएको छ। सार्क शिखर सम्मेलनपछि विभिन्न मुलुकको
भ्रमण गरेर बुधबार नै स्वदेश र्फकनुभएका परराष्ट्र मन्त्री पाण्डेले
पत्रकारहरुसग भन्नुभयो-' शान्ति स्थापना गर्ने कुरा जसले भनेपनि र जसले
प्रयास गरेपनि त्यो खुशीकै कुरा हो, शान्तिको खोजी जसले गरेपनि
हुन्छ।शान्तीको खोजी हुनु त स्वागतयोग्य कुरा हो।' मन्त्री ढकाल र
पाण्डेले भिन्ना भिन्नै अभिव्यक्ति सार्वजनिक गरेपछि सरकारी अधिकारीहरुमा
समेत यसबारे मत बाझेको अनुमान लगाउन सकिन्छ। मन्त्री पाण्डे र ढकाल
क्याविनेटमा झगडा गरेर माघ-१९ पछि एकताका बोलचालसमेत बन्द भइसकेका
व्यक्तिहरु हुन्।यसैबीच अनुदार पञ्चका रुपमा बदनाम पूर्वप्रधानसेनापति
सच्चितसमशेर जबराले दलहरुले आतंककारीसग सहकार्य गरेकाले अब उनीहरुलाईपनि
आतंककारीको मतियार अन्तरगत कडा कारवाही गरिनुपर्नेभनि धम्की दिएका छन्।
|
|