UML and Maoist issue a joint code of conduct
काठमाडौ, कात्तिक २४
नेकपा
एमालेका कार्यवाहक महासचिव बामदेव गौतमसमेतले केही समयअघि रोल्पा गई
माओवादीको उच्च नेतृत्वसग वार्ता गर्दा तयार पारेको आचारसंहिता र
द्वीपक्षीय सहमतिका लिखित बुदाहरु अकस्मात सार्वजनिक भएका छन्। सहमती
अनुसार नेकपा माओवादी र एमालेले अब एउटा साझा संयन्त्रसमेत बनाउने भएका
छन्। आगागी चुनाब बहिस्कार गरी असफल पार्न पनि माओवादी र एमालेबीच सहमति
भएको छ। त्यसैगरी एमालेका जिल्ला कमिटी सचिवहरुले माओवादीका जिल्ला
सेक्रेटरीहरुसग सम्पर्कसमेत स्थापना गर्ने भएका छन्।
रोल्पा
र दाङ्गको सीमाक्षेत्रमा कार्तिकको पहिलो साता भएको उक्त वार्तामा एमाले
स्थायी समिति सदस्य युवराज ज्ञवाली र बामदेव गौतम साथमा हुनुहुन्थ्यो।
नेकपा (माओवादी) का तर्फाट पार्टी अध्यक्ष तथा जनमुक्ति सेनाका सुप्रिम
कमाण्डर प्रचण्ड, पार्टी वरिष्ठ नेताहरु डा.बाबुराम भट्टर्राई र
कृष्णबहादुर महरा बार्तामा सहभागी रहेको बताइन्छ। सहमतिपत्रमा उल्लेखित
पाचैजनाले हस्ताक्षर गरेको बताइए पनि प्रेससम्म आइपुगेको सहमतिपत्रमा
कसैको हस्ताक्षर छैन।
एमाले र माओवादीबीच सम्पन्न सो द्वीपक्षीय
वार्तामा दुइ पार्टीबिच ६ बुदे सहमति भएको छ भने दुइ पार्टीवीचको
अविश्वासको स्थितिलाई न्यून गर्न ६ सूत्रीय आचारसंहिता समेत निर्माण
गरिएको छ। रोल्पा वार्तामा भएको सहमतिको पहिलो बुदामा भनिएको छ-'राजनीतिक
संकटको मुख्य कारक राजतन्त्र भएको र त्यसका विरुद्धको संर्घष अहिलेको
मुख्य प्रवृत्ति भएको निश्कर्षमा सहमत भयौं।'
त्यसैगरी सहमति पत्रको
दोस्रो बुदामा भनिएको छ-'दुबै पार्टी विद्यमान राजनीतिक संकटको अग्रगामी
निकास संविधानसभा र लोकतान्त्रिक गणतन्त्र हो भन्ने कुरामा सहमत छौं।'
संविधानसभा र लोकतान्त्रिक गणतन्त्रसम्म पुग्ने विभिन्न विकल्पहरुका
बारेमा पनि छलफल भएको सहमति पत्रमा उल्लेख भएता पनि ती
विकल्पहरुबारे कुनै व्याख्या गरिएको छैन। सहमतिको तेस्रो बुदामा लेखिएको
छ-'हामी दुवै पार्टी आन्दोलनरत अन्य सबै राजनीतिक पार्टीहरुलाई समेत साझा
सहमतिमा पुर्याउनको लागि प्रयत्न गर्ने कुरामा सहमत छौं।'
एमाले र माओवादी पार्टीविच 'विद्यमान अविश्वासको स्थितिलाई न्यून गर्नका लागि' आचारसंहिता निर्माण गरेको बताइएको छ।
एमालेका
कार्यवाहक महासचिव वामदेव गौतमले कार्तिकको पहिलो सातादेखि नै एमाले
माओवादीबीच गोप्य वार्ता भएको सार्वजनिक गर्दै आउनु भएको थियो। तर यी दुइ
पार्टीबिच दिल्लीमा वार्ता भएको हुन सक्ने धेरैले अनुमान लगाउदै आएका थिए।
किनभने एमाले महासचिव माधवकुमार नेपाल केपी शर्मा ओली र अमृतकुमार बोहोरा
असहले पनि दिल्लीमै हुनुहुन्छ। प्रमुख नेताहरु दिल्ली गएका बेलामा
सुटुक्कै नेपालभित्रै गरिएको यो द्वीपक्षीय वार्ताका 'प्राविधिक पक्ष'हरु
भने गोप्य राख्ने एमाले र माओवादीवीच सहमति भएको सहमतिपत्रको ५ नम्बर
बुदामा लेखिएको छ। प्राविधिक पक्ष भन्नाले वार्ताको स्थान, समय र
सम्झौतालाई लक्षित गरिएको स्रोत बताउछ।
एमाले-माओवादी आचारसंहिता
दुबै पार्टीबिच विद्यमान अविश्वासको स्थितिलाई न्युन गर्न निम्नानुसारको आचार संहिता निर्माण गर्न सहमत भयौं।
१. विगतमा भए गरिएका एक-अर्काप्रति लक्षित कतिपय कारवाहीका घटनाक्रमको छानविन गर्न एक संयन्त्र बनाउने।
२.
अब उप्रान्त दुबै पार्टीबिच कुनै पनि ठाउमा समस्या उत्पन्न भएमा संवादबाट
समस्याको हल गर्ने र त्यसका लागि सम्बन्धित जिल्लाका सचिवहरुबीच नियमित
सर्म्पर्क र संवादको स्थिति कायम गर्ने।
३. आ-आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा यथाशक्य एकाअर्कालाई जानकारी गराउने ।
४.
कार्यक्रमहरुमा एक अर्काप्रति आक्षेप लाग्ने र उत्तेजित पार्ने भनाइ र
क्रियाकलाप रोक्ने तथा यथासम्भव संयमित, स्वस्थ एवं रचनात्मक राजनैतिक,
सैद्धान्तिक आलोचना कायम राख्न प्रयत्न गर्ने।
५. आपसी असमझदारीका
कारण यसअघि भएका आरोप-प्रत्यारोपका कारवाहीहरु फिर्ता लिन निर्देशित
गर्ने। पछि कुनै हल हुन नसकेका गम्भीर प्रवृत्तिका घटना भएमा केन्द्रीय
संयन्त्रमार्फत हल गर्ने।
६.आगामी नगरपालिकाको चुनाव सक्रिय बहिष्कार गर्दै असफल पार्ने।
|
|
||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादी र एमालेको आचारसंहिता सार्वजनिक
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||||||||