Supreme court decission against press freedom
पत्रकार महासंघ र बारद्वारा अदालतको विरोध 
काठमाण्डौ, कात्तिक २५
सञ्चार अध्यादेशका विरुद्ध दायर गरिएका ३ वटा रिट निवेदनउपर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने शुक्रबार निर्णय गरेको छ तर मुद्धालाई भने बिशेष अग्राधिकार दिएर छिटो किनारा लगाउने जनाइएको छ। आमसंचार माध्यमका पक्षधरहरुले भने सर्वोच्च अदालतमा पनि प्रतिगमन भएको भनि टिप्पणी गर्दै यसका बिपक्षमा जनमत सिर्जना गर्न थालेका छन्।
सर्वोच्चको विशेष इजलासले सञ्चार अध्यादेशको विरुद्धमा परेका रिट उपर अन्तरिम आदेश जारी गर्न नपर्ने तर, मुद्दाको विषयवस्तु चाडो किनारा गर्नुपर्ने भएकाले 'अग्राधिकार' प्रदान गरी हेर्ने शुक्रबार आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिलिपकुमार पौडेल तथा न्यायाधीशद्वय केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको इजलासले त्यस्तो आदेश दिएको हो।आदेश सुनाउनुपूर्व रिट निवेदकका तर्फबाट बारका अध्यक्ष शम्भु थापा, सुवास नेम्बाङ्ग र more »