|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, November 12
by
Nepal Info
on Sat 12 Nov 2005 09:52 AM PST
काठमाण्डौ, कात्तिक २७ नेपाली कांग्रेसको उच्चस्तरीय एक टोली राप्ती अञ्चलको माओवादी प्रभावित क्षेत्र रोल्पाको स्थलगत भ्रमण पूरा गरेर शनिबार राजधानी र्फकेको छ। भ्रमणका क्रममा रोल्पाको सुलीचौरमा दलहरुको संयुक्त सभासमेत सम्पन्न भएको थियो। युद्धविरामका समयमा माओवादी र राज्य पक्षबाट भएका ज्यादतीको अनुगमन गर्न भन्दै गाडीमा चारतारे झण्डा फहराएर दाङ्गको भालुबाङ्ग हुदै रोल्पा पुगेको सो टोलीमा कांगे्रस नेता सुशील कोइराला, अर्जुननरसिंह केसी, दिलबहादुर र्घर्ती, पूर्वराज्यमन्त्री सुरेन्द्र हमाल र युवा नेता दीपक गिरीको सहभागिता रहेको थियो। टोलीपुगेपछि रोल्पा सदरमुकाम बाहिर सुलीचौरमा सात पार्टीको आमसभा भएको थियो। स्थानीयबासीका अनुसार ०५६ सालको चुनाबपछि रोल्पाको गाउमा कार्यक्रमहरु लिएर संसदीय पार्टीहरु पुगेको यो पहिलो घटना हो। सुलीचौरको कार्यक्रमपछि सदरमुकाम लिवाङ्ग पुगेको कांग्रेसको टोलीले आफ्ना कार्यकर्ताहृरुसग छलफल गरेको थियो। छलफलमा सहभागी कांग्रेस कार्यकर्ताहरुले केन्द्रद्वारा आफूहरुलाई वास्ता नगरिएको भन्दै गुनासो गर्नुका साथै माओवादीसग चाडो वार्ता गरेर आफूहरुलाई गाउ र्फकने वातावरण बनाइदिन माग गरेका थिए।नेकपा माओवादीले आन्दोलनरत दलहरुलाई गाउमा कार्यक्रम गर्न दिने बताएपछि कांग्रेस एमालेका नेताहरु गाउ पस्न थालेका हुन्। यस अघि एमाले नेता बामदेव गौतमले रोल्पा पुगेर जिल्ला पार्टीको मिटिङ्ग बसाउनु भएको थियो। त्यस्तै कांग्रेस नेता नरहरी आचार्यले पनि हालै जाजरकोटतिरको भ्रमण गरेर माओवादीसग छलफल गर्नुभएको थियो। |
Categories
This Month
Month Archive
|
||