View Article  राजकुमारीको बोसो बढ्दा




काठमाडौ

भएको बोसोले जीउ भारी भयो भन्ने पिरलोमा विदेश धाएर पातलिन खोज्दा पनि बोसोमाथि बोसो थपिंदै जान थालेपछि कसको मन भरङ्ग नहोला? तपाईहरुलाई लाग्दो हो टन्न रक्सी र मासु खायो भने यसरी बोसो बढ्दछ। तर, राजकुमारी प्रेरणाको भने यतिखेर पानीमात्रै खादा पनि बोसो बढेको बढ्यै छ।
 यसरी बोसो बढ्ने समस्याले सताइएकी  अधिराजकुमारी प्रेरणा सिंहको यसरी बोसो बढ्दै जानथालेपछि राजा र रानी स्वंलाई चिन्ता पर्ने गरेको छ। राजारानीकी एकमात्र छोरी प्रेरणा यतिखेर बोसोको समस्याले गर्दा भात कचौरामा एक छाकमात्र खान थालेकी छन्। राजकुमारी प्रेरणालाई बोसोसम्बन्धी समस्या देखापरेको यो पहिलो घटना भने होइन। नेपालको संचार क्षेत्र कब्जा गर्ने र नेपाल दूरसंचार संस्थालाई टाट पल्टाउने उदेश्यमा लिप्ता राजबहादुर सिंहसग विबाह हुनुअघि बैंककमा लगेर उनको पाठेघरबाट ९  किलोको ट्युमर र बेलायतमा पनि पेटबाट त्यति नै मात्रामा बोसो निकालिएको थियो। अहिले फलफूल तथा सूपमात्रै ज्युनार गर्दा पनि समस्या सुल्झिनुको साटो झन्झन् बढेपछि उनले एक हप्ता अघिसम्मपनि चश्मा लगाउने दुब्लोदुब्लो मानिससग नियमित योगाभ्याससमेत सिकेकी थिइन्। तर, योगाभ्यास प्रभावकारी नभएको भन्दै  कही दिनअघि ती योग गुरुलाई दक्षिणा दिएर बिदा गरिएको छ।   गुरुको योगभ्यासेपनि प्रभावकारी नभएपछि प्रेरणाले बोसो घटाउने अन्य उपायहरु खोजीरहेको थाह हुन आएको छ।

View Article  चितवनमा बिरोध सभा
People Protest in Chitwan



नागरिक समाज चितवनको आयोजनामा शनिबार चितवनको नारायणगढमा भएको विरोध रयाली ।  रयाली पछिको   सभामा बक्ताहरुले राजा र राजसंस्थाको कटु आलोचना गरे। सभाका प्रमुख अतिथि रहनु भएका डा.मथुराप्रसाद श्रेष्ठले राजा ज्ञानेन्द्र  इदि अमिन र फूजिमरो जस्तै बनेको बताउनुभयो। राजा पृथ्वी नारायण शाहको नेपाल एकीकरणको कदमलाई समेत झुटको संज्ञा दिदै नेपालको इतिहासमा राजाले कहिल्यै पनि जनहीत अनुकुलको राम्रो काम नगरेको आरोप  उहाँको थियो भने जनजाती महासंघका केन्द्रीय महासचिब डा. ओम गुरुङ्ले बर्तमान सरकारले चालेका कदमहरुको जनजाती महासंघले विरोध गर्ने जनाउनु भएको थियो। बरिष्ठ अधिबक्ता कृष्णप्रसाद भण्डारी र गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन कार्कीलेपनि सक्रिय राजतन्त्रको अन्तयमा जोडदिनुभएको थियो।