View Article  पेरिसमा पाठकका वित्तचित्रहरु

अनुराधा पोडेल
Documentaries of Pathak Come to Paris


पेरिस, कात्तिक २८
तस्विर सबै आफै



नेदरल्यान्डको आम्सटर्डममा भएको हिमालयन फिल्म फेस्टिभलमा भाग लिन यूरोप आएका कान्तिपुर टेलीभिजनका पत्रकार दिलभूषण पाठक र शिखा पाठकका तिन वित्तचित्रहरु फ्रान्सको राजधानी पेरिसमापनि आइतवार प्रदर्शन गरियो।   फ्रान्समा बसोबास गर्दै आएका ददिराम सापकोटा, विनोद खकुरेल र सुकबहादूर तामागंको  सहयोगमा उनीहरुका वित्तचित्रहरु राजधानी पेरिसको सगरमाथा भोजनालाय नामको   more »

View Article  माओवादीसगको सहमतिबारे एमालेमा विवाद

महासचिव नेपाल र वामदेव गौतमको कडा आलोचना 

UML disputes over  the issue of joint code of conduct with Maoist

 काठमाडौ, कात्तिक २८

 नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीको केही दिन अघि रोल्पामा भएको उच्चस्तरीय ६ बुदे सम्झौतालाई लिएर एमाले पार्टी भित्र आइतबारदेखि गम्भीर विवाद शुरु भएको छ।
एमालेको केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकले हालै वामदेव गौतमको नेतृत्वमा रोल्पामा भएको ६ बुदे सहमतिपत्रलाई अनुमोदन नगरेको जानकारी एमालेसूत्रले दिएको छ। बैठकमा सहमतिपत्रसम्बन्धी विवाद अझै जारी छ।कार्तिकको पहिलो साता   more »

View Article  दरबारको आडमा वन फडानी

Forest being cut down with the support of Royal Palace


काठमाडौ ,कार्तिक २८
 कुटी निर्माण गर्ने निहुँमा शिवपुरी निकुञ्जको तीनचुले क्षेत्रमा व्यापक वन फडानी भएको घट्नामाथि अनुसन्धान सुरु भएको छ।
निकुञ्ज सम्बद्ध एक उच्च अधिकृतका अनुसार, निकुञ्जले अहिले स्वामी चन्द्रेशलगायतसँग बयान लिने काम गरिरहेको छ। कुटी निर्माणका नाममा आठ सयभन्दा बढी रुख काटिएको जानकारी पाएर वन्यजन्तु तथा निकुञ्ज विभागले अनुसन्धानका लागि निर्देशन दिएपछि छानवीन थालिएको हो।बुढानीलकण्ठ आश्रमले निकुञ्जसँग राष्ट्रिय निकुञ्ज ऐन र नियमावलीको परिधिमा रहने गरी कुटी निर्माण गर्ने सम्झौता गरेको थियो । तर, भएको सम्झौता र कानून विपरित वन फडानी गरेको पाइएको छ। अनुसन्धान सुरु भएपछि अभियुक्तहरुलाई कुनै कारवाही गर्न नारायणहिटी राजदरबारले समेत दवाव दिइरहेको बुझिएको छ। 'तर, जो भए पनि हामी कानून मिच्नेलाई कसरी उन्मुक्ति दिन सक्छौ र !' वन मन्त्रालयका एक उच्च अधिकृतले भने।

View Article  अदालतमा 'निरंकुश सत्ताको छाया'

A shadow of autocracy at the supreme court

काठमाडौं, कार्तिक २८
 
विचार र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन आएको सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश कार्यान्वयनको वातावरण बनाएबाट सर्वोच्च अदालतमा 'निरंकुश सत्ताको छाया' परेको पुष्टि भएको नागरिक समाजका अगुवाहरुले बताएका छन्।
सञ्चार अध्यादेशको विरोधमा आज आयोजित विशाल नागरिक प्रदर्शनपछिको सभामा जनताका सबै स्वतन्त्रता अपहरण भएको बेला स्वतन्त्र न्यायालयले समेत निष्पक्षता कायम गर्न नसकेको भन्दै अदालतको चर्को आलोचना भएको छ।
'कसको लहैलहैमा लागेर हो सर्वोच्चको विशेष इजलासले नागरिक अधिकार अपहरणको पक्षमा आदेश   more »

View Article  वित्तचित्रमा कृष्ण पहाडी



बोस्टन, कात्तिक २८

 अमेरिकाको भ्रमणमा रहनु भएका एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व सभापति कृष्ण पहाडी बारेको  एक वित्तचित्र हालै अमेरिकामा प्रदर्शन गरिएको छ।

एम्नेष्टी इन्टर नेशनल अमेरिकाको उत्तर पूर्वी क्षेत्रको तीन दिवसीय क्षेत्रीय सम्मेलनका प्रमुख बक्ता भएर कार्यक्रममा भाग लिन जानुभएका पहाडीको बारेमा तयार पारिएको वित्तचित्र देख्दा पहाडी आफै दंग पर्नुभएको थियो। प्रमुख बक्ताका रुपमा मन्तव्य ब्यक्त गर्नुअगाडी उहाको परिचय उक्त वित्तचित्र मार्फत गराइएको थियो।वित्तचित्रमा उहाले नेपालको मानबअधिकार क्षेत्रमा गर्नुभएको योगदानको झलकहरु प्रदर्शन गर्दै उहालाई नेपालको एक होनहार मानवअधिकारबादीको रुपमा व्याख्या गरिएको छ। १२ नोभेम्बरदेखि बोस्टन युनिभर्सिटीमा प्रारम्भ भएको उक्त मानवअधिकार सम्मेलनमा करिव ६ सयको सहभागिता रहेको छ।

पहाडीले उक्त सम्मेलनमा ...   more »
View Article  दक्षिण कोरियामा नेपालीको मृत्यु
A Nepali dies in South Korea

भरत नेपाल

दक्षिण कोरिया,कात्तिक २८

रुपन्देही जिल्लाको भैरहवा घर भएका करिब ३३ वषिर्य गोविन्द केसी नोभेम्बर ९ तारिख साँझ साढे सात बजेतिर आफैंले काम गर्ने कम्पनी नजिकै छटपटाइरहेको अवस्थामा सोही कम्पनीका साहुले फेला पारेका र स्थानीय अस्पताल पुर्याउँदा पुर्याउँदै केसीको मृत्यु भएको छ।
नेपालबाट आएको तीन वर्षपुग्न लागेका निज केसी काम गर्ने कम्पनीमा अर्का एक जनामात्र नेपाली काम गर्दै आएका र साँझ सात वजेसम्म काम गरेका थिए।
केसी एसिड कम्पनीमा काम गर्ने भएकाले निजको मृत्य विष सेवनबाट नभई एसिडबाट हुन गएको शंका स्थानीय नेपालीहरुले गरेका छन् भने कम्पनी मालिकले भने केसीले विष सेवन गरेको शंका गरेका छन्।अस्पतालको पोस्टमार्टमको आधिकारीक जानकारी अझै प्राप्त हुन सकेको छैन ।
निजको लाशलाई जिम्मा लिने व्यक्ति संघसंस्था कोही नभएका कारणले स्थानीय चर्चको सहयोगमा निजको पोष्टमार्टम तथा नेपालबाट श्रीमती समेत बोलाएर लाश जिम्मा लगाउने प्रयास भइरहेको थाहा भएको छ।
नाभेम्बर ९ तारिखका दिन उक्त घटना भएको भए पनि स्थानीय नेपालीहरु सबै कामकाममा भएका कारण १३ तारिख आइतबारका दिनमात्र मृतकलाई हेर्नका लागि नेपालीहरुको अस्पतालमा भीड लागेको थियो।