View Article  यूद्धविराम भंग हुने संभावना !

Maoist to break the ceasefire !


काठमाडौ, कात्तिक २९
माओवादीद्धारा दशैं र तिहारका चाडबाडको मुखमा गरिएको युद्धविराम भंग हुने संभावना बढेको आज प्रकाशित जनादेशको अंकमा जनाइएको छ। संसदवादी राजनीतिक पार्टी र माओवादीविच सहकार्यकालागि भै रहेको ढिलाइलाई चुनौती दिन या देशभर भैरहेको सेना परिचालनलाई स्थगित गरेर रक्तपातपूर्ण आन्दोलनमा जान युद्धविराम भंग हुन लागेको हो त्यो कुरा भने जनादेशमा खुलाइएको छैन। तर दशैं तिहारको लामोविदापछि प्रकाशित माओवादीको साप्ताहिक मुखपत्र मानिने आजको जनादेश साप्ताहिकले यूद्धविराम भंग हुने संकेत गर्दै भनेको छ_ माओवादीको एकपक्षीय युद्धविरामका कारण कमी भएको युद्ध फेरि चर्कने सम्भावना छ। जनतालाई हत्या र दमन गर्न शाही सत्ताका सुरक्षाकर्मीहरुलाई देशव्यापी परिचालन गरिएपछि यसखालको सम्भावना बढेको हो ।
जनताको शान्तिको चाहना र संसदवादी दलसंग अड्किएको सम्बन्ध र सहकार्यलाई सहज बनाउन माओवादीले भदौ १८ गतेदेखि लागू हुने गरी तीन महिने युद्धविरामको घोषणा गरेको थियो भन्दै जनादेशमा लेखिकएको छ- 'माओवादीले युद्धविराम कायम राख्न आफ्नो तर्फबाट गम्भीरता र इमान्दारिता देखाए र देखाइरहेका छन्। तर, शाही सत्ताले भने शुरुदेखि नै माओवादीका तर्फबाट घोषणा भएको एकतर्फी युद्धविरामलाई तोडाउन उत्तेजनात्मक कार्वाही बढाउदै लग्यो। शाही सरकारले युद्धविराम तोड्न गरिरहेको प्रयास अब भने सफल हुने देखिन्छ । माओवादीले आफ्नो रक्षाका निम्ति प्रतिरोध गर्नुको विकल्प देखिंदैन।'
जुन उद्देश्यका साथ माओवादीले युद्धविराम गरेको हो त्यसमा माओवादी निकै सफल भएको र राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा माओवादी शान्तिको पक्षधर हुन् भन्ने कुरा राम्रैसग स्थापित भएको दावी गर्दै जनादेशले शाही सत्ता युद्धपिपासुको रुपमा बदनाम भएको उल्लेख गरेको छ। संसदवादी राजनीतिक दलसग सम्वाद र सहकार्यका लागि धेरै प्रगति भएको जानकारी दिने जनादेशले भने लोकतान्त्रिक गणतन्त्रको बिन्दुमा एकमत भएर उभिन संसदवादी दलका नेताहरुमा देखिएको अकर्मण्यताका कारण ढिलाइ भइरहेको जनाएको छ। तर आगामी दिनमा उनीहरुसंग कस्तो सहकार्य हुनेछ भन्ने कुराभने जनादेशले उल्लेख गरेको छैन। जनादेशको उक्त समाचार जस्ताको तस्तै एट्याच्चमेन्टमा।

1 Attachments
View Article  राजावादीको पार्टीपनि बहिष्कारकै पक्षमा

Royalist party is also to boycott the election

काठमाडौ, कार्तिक २९

 राजाको अध्यक्षतामा रहेको वर्तमान सरकारले गराउने नगर निर्वाचनमा पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय जनशक्ति पार्टीपनि भाग नलिने भएको छ। पार्टीको मंगलबार सम्पन्न केन्द्रिय समिति बैठकले 'अहिलेको सरकारले गर्न लागेको निर्वाचनमा भाग नलिने' निर्णय लिएको छ।  राजाको निरंकुश सत्ता विरुद्ध आन्दोलनरत मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेलगायत दलले नगर निर्वाचन सक्रिय वहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेका छन्। राजावादीहरुकै पार्टी निर्वाचनको वहिष्कार गर्ने निधोमा पुगेपछि घोषित नगर निर्वाचन हुनुअघि नै यसको औचित्य संकटमा परेको छ।बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी अध्यक्ष सूर्यबहादुर थापाले 'सबै दलले भाग लिने वातावरण नबनी वर्तमान सरकारले गराउने चुनाव वा अन्य कुनै पनि प्रक्रियामा भाग नलिने' जानकारी गराए।यद्यपी निर्वाचनप्रति 'आस्था दर्शाउन' यही ३ मंसिरभित्र पार्टी निनर्वाचन आयोगमा दर्ता गराइने थापाले बताए।

View Article  सर्वोच्च र बारको सहमति

Tussle between SC and BAR solved


काठमाडौ, कार्तिक २९

संविधानको प्रावधान सोझै मिचेर ल्याइएको सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश कार्यान्वयन गराउन निरंकुश सरकारलाई सहयोग गर्ने सर्वोच्च अदालतको आदेशपछि बढेको अदालत र नेपाल बार एशोसिएसनको द्वन्द्व तत्कालका लागि टरेको छ।आज साँझ प्रधानन्यायाधीश र बार पदाधिकारीको अढाइ घण्टा लामो वार्तामा दुबै पक्ष वर्तमान संविधानप्रति प्रतिवद्ध रहने सहमति भएको छ। अदालत स्वयम्ले संविधानप्रति प्रतिवद्धता जनाउनु परेको घटना सम्भवतः विश्वकै लागि नमूना हो। अदालतले गत शुक्रबार सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश लागू नगर्नु/नगराउनू भनी सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो जुन प्रधानन्यायाधीश दिलीपकुमार पौडेल स्वयम्ले नेतृत्व गरेको विशेष इजलासको फैसला हो। अपरान्ह ४ बजे सुरु भएको वार्ता साँझ ६.३० बजेसम्म चलेको थियो। न्यायालय संविधानप्रति प्रतिवद्ध रहन तयार भएपछि बारले बुधबारका लागितय गरेको अधिराज्यभरका अदालतमा इजलास बहिष्कार कार्यक्रम फिर्ता लिएको छ।वार्तामा प्रधानन्यायाधीश दिलीपकुमार पौडेल, न्यायधीशहरु मिनबहादुर रायमाझी, केदार गिरी, अनुपराज शर्मा, रामनगिना सिंह र बारका तर्फाबाट अध्यक्ष शम्भु थापा, उपाध्यक्ष शेरबहादुर केसी, माधव बास्कोटा, हरिहर दाहाल, राधेश्याम अधिकारी, टिकाराम भट्टर्राईलगायत संलग्न थिए।यद्यपी बार अध्यक्ष थापा डेढ घण्टामै वार्तास्थलबाट बाहिरिनुभएको थियो।