View Article  माधव नेपाल सहितको दलवल अचानक भारतमा

 leaders of major democratic parties abruptly gather in Delhi

काठमाडौ, मंसिर १
 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्माओली बुधबार साझ अकस्मात भारतको नया दिल्लीतर्फ लाग्नुभएको छ।यसैगरि नेपालस्थित भारतिय राजदूत शिवशंकर मुखर्जी र अमेरिकी राजदूत मोरियार्टीपनि नयादिल्ली तर्फ लागेका छन्। नयादिल्लीमा भारतीय पक्ष र यूरोपेली संघका प्रतिनिधिसमेतको सहजीकरणमा माओवादी र सातदलबीच संयुक्त वार्ता हुने अनुमान लगाइएको छ। र, शुक्रबारसम्ममा  कमसेकम सात राजनीतिक दल र नेकपा माओवादीविच आचारसंहिता या राजनैतिक निर्णयमा हस्ताक्षर हुने संभावना रहेको छ।    
एमाले महासचिव माधवकुमार नेपाल तीनसाता लामो दिल्ली बसाइपछि शनिबारमात्रै स्वदेश र्फकनुभएको थियो। एमाले पार्टी संगठन विभागका प्रमुख विष्णु पौडेलसग यस विषयमा जिज्ञासा राख्दा दिउसोसम्म उहाहरु पार्टी कार्यकर्ता भेलामै व्यस्त रहनुभएको र अपरान्हसम्म दिल्ली जाने कुनै संभावना नरहेको बताउनुहुन्छ। पौडेलले भन्नुभयो- 'अकस्मात् दिल्ली जानुपर्ने भयो भन्दै उहाहरु अन्तिम फ्लाइटमा लाग्नुभएको हो, किन र केका लागि भन्नेबारेमा पार्टीमापनि छलफल नै हुन पाएन।' तर, दिल्लीमा माओवादीसग सातदलको वार्ता हुने भएकाले उहाहरु जानुभएको हो भन्ने प्रश्नमा पौडेलको जवाफ छ-'त्यही अनुमान गर्न सकिन्छ।' पार्टी भित्र छलफल हुन नपाएकाले आफूहरु पनि   more »
View Article  राज्य कलहको मूलकारण राजसंस्था
भाग दूइ

The main cause of the state conflict is Monarchy

 

Murari Aryal

 

विचार/ विवेचना

मुरारी अर्याल


नेपालको प्रसंगमा राजाको प्रथम उल्लेख महाभारतको सभापर्वमा पाइन्छ र त्यहा राजा शब्दको जसरी बहुबचनमा प्रयोग भएको छ, त्यसलाई हेर्दा नेपालमा राज्य संचालनको एउटा निश्चित तहमा निर्वाचित हुने पदाधिकारी जति सबैलाई राजाको उपाधि दिइन्थ्यो कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारे किटानका साथ केही भन्न गाह्रो भए तापनि इतिहासमा नेपालको सुरुआत र लामो जीवनयात्रा राजा या राजतन्त्रविना नै तय भएको चाहि स्पष्ट छ।

      नेपाल मण्डलका प्रथम निर्वाचित राजा जय वर्मा (वि.सं. २२० ताका) र राजतन्त्रलाई वंशानुगत तुल्याउने राजा वृषदेव (वि.सं. ४०० को ...   more »