View Article  एमाले महासचिव स्वदेश फिर्ता
UML general secretary back from India
काठमाडौ, मंसिर २
स्वास्थ्य परीक्षणका लागि भनेर दिल्ली जानुभएका एमाले महासचिव माधवकुमार नेपाल केपी शर्मा ओलीका साथ अहिले राती  नेपाल र्फकनुहुने एमालेले जनाएको छ। कांग्रेस सभापति कोइराला भने नेपाल र्फकने बिहीबार रातिसम्म टुंगो लागेको छैन। उहाले आज भारतीय प्रधानमन्त्री मनमोहन सिंहसग भेट्ने कार्यक्रम रहेको छ।  दिल्लीमा नेपालको राजनैतिक स्थितिबारे विभिन्न पक्षसग छलफल भएको बताइए पनि एमाले पार्टीले यसको पुष्टि गरेको छैन। तर, स्वास्थ्य परीक्षणकै लागि भनेर एकहप्ता अघि दिल्ली जानुभएका नेपाली कांग्रेसका सभापति   more »
View Article  मोहनबिक्रम शिंहको विरोध

Mohanbikram opposes India visit

काठमाडौ, मंसिर २
नेकपा एकता केन्द्र सहितका नेपालका अन्य वामपन्थी दलहरु र नेपाली कांग्रेस तथा नेकपा माओवादीका विचमा सहमती बन्ने भन्ने हल्ला चलिहेका बेला नेकपा एकताकेन्द्र मसालका बृद्ध नेता मोहनबिक्रम शिंहले भने आज एक विज्ञप्ती निकाली त्यस कार्यको विरोध गर्नुभएको छ।  उहाले बक्तव्यमा भारतमा हुन लागिरहेको भनिएको संझौतामा षडयन्त्र हुन सक्ने आशंका व्यक्त गर्दै संझौता राष्टियता र प्रजातन्त्रका पक्षमा भए आफूहरुले त्यसको समर्थन गर्ने तर राष्टियता बिरोधी भए त्यसको विपक्षमा रहने भनि दुइ अर्थ दिने विज्ञप्ती जारी गर्नुभएको छ।
बांकी एट्याच्मेन्टमा जस्ताको तस्तै

1 Attachments
View Article  अमेरिका र भारतबीच सहमति
Joint agreement of India and US on Nepal politics


काठमाडौ,मंसिर २
दिल्ली भ्रमणमा रहनुभएका नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी  नेपालको अग्रगामी बाटोका लागि भारत र अमेरिकाबीच आम सहमति भएको बताउनुभएको छ। बिहीबार भारतीय विदेश सचिव श्याम शरणसग भेट गरिसकेपछि नयादिल्लीमा सञ्चार माध्यमलाई दिनुभएको वक्तव्यमा मोरियार्टी भन्नुभयो- 'नेपालका राजनीतिक दलहरुले विद्रोहीहरुलाई विश्वास दिलाई राजनीतिक मुलप्रवाहमा ल्याउन गरेको प्रयत्नलाई संयुक्त राज्य अमेरिका स्वागत गर्दछ।' राजदूत मोरियार्टी भन्नुभएको छ- 'संयुक्त राज्य अमेरिका र भारत नेपालको लागि साझा लक्ष्य राख्दछन्_ त्यो हो नेपाली जनताको लागि शान्ति, समृद्धि र प्रजातन्त्र पुनःस्थापना गर्न मद्दत गर्नु।' यही उद्देश्यका कारण आफू दिल्लीस्थित अमेरिकी राजदूतावासका सहकर्मी र भारत सरकारका पदाधिकारीहरुसंग भेट गर्न दुइ दिनका लागि भारत ...   more »
View Article  नेपाली विमान भारतीय कब्जामा
Indian security forces capture Nepali Aeroplane

काठमाडौ, मंसिर २

नेपालका प्रमुख राजनैतिक नेताहरु धुमधामका साथ दिल्लीमा बसेर  आतिथ्य लिइरहेका बेला बुधबार भारतीय सेनाले शाहीनेपाली सेनाका अधिकृतहरु चढेको एउटा विमानलाई रातभरि नियन्त्रणमा लिएर छाडिदिएका छन्।पाकिस्तानमा भूकम्प पीडितहरुलाई राहत सामग्री पुर्‍याएर र्फकेको आरएएन-२० एभ्रो विमानलाई भारतीय सुरक्षाकर्मीले पालम इन्टरनेसनल एयरपोर्टमा चारैतिरबाट घेरा हालेर राति डेढ बजेसम्म  रोकेको थियो। पाकिस्तानबाट र्फकदा सो नेपाली विमानले हतियार ल्याएको हुनसक्ने डरले आत्तिएर भारतले त्यसो गरेको नेपाली अधिकारहरुको भनाइ छ। भारतीय नियन्त्रणमा पर्नेहरुमा अमेरिकास्थित सैनिक सहचरी बिजेन्द्र गौतमका ठाउमा जान लागेका कर्णेल हेमन्त कुवर, पाइलट सतिशविक्रम शाह, मेजर सुवर्ण विष्ट, इञ्जिनियर एलबी तुम्बाहाम्फे, र महेश स्थापित र गुरुङ्ग थरका डीएमआईका एम जना फोटोग्राफर छन्।

View Article  सूचनामूलक कार्यक्रम पनि बन्द गर्न पत्र
Local administration urges Birgunj FM to close the informative programme


काठमाडौ, मंसीर २

 निरंकुश सरकारले ल्याएको सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशकै अपव्याख्या गर्दै रेडियो वीरगंजलाई 'सूचनामूलक' कार्यक्रम समेत बन्द गर्न स्थानीय प्रशासनले हिजो पत्र पठाएको छ।कात्तिक २९ गते नारायणी अञ्चल प्रशासक प्रजापति कोइरालाको अध्यक्षतामा बसेको अञ्चल सुरक्षा समितिको बैठकले 'वीरगंजस्थित वीरगंज रेडियो एवं एफएमले हाल पनि समाचारमूलक समाचार प्रसारण गरिरहेको पाइएकाले सञ्चार अध्यादेश अनुसार सूचनाहरुमात्र प्रसारण गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन पर्सालाई निर्देशन दिने' निर्णय गरेको थियो। यही निर्णयका आधारमा सूचनाहरु मात्र प्रसारणको व्यवस्था तत्काल मिलाउन जिल्ला प्रशासन रेडियो वीरगंजलाई अनुरोध गरेको जनाएको छ ।
यसरी पत्र पठाइएकोमा ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल, स्वतन्त्र रेडियो बचाउ आन्दोलन केन्द्रिय ...   more »