King's representative also in Delhi meet

काठमाडौ, मंसिर ३
राजाका शिक्षामन्त्री राधाकृष्ण मैनालीले दिल्ली वार्ता राष्टियता माथिको ठाडो आक्रमणभनि प्रतिक्रियादिएपनि उक्त वार्तामा राजाका दूत समेत संलग्न भएको रहस्य खुलेको छ। राजाका तर्फबाट उक्त वार्तामा राजाका व्यारिक साझेदार प्रभाकर शमशेर जबरा संलग्न रहेका थिए।उनी अमेरिकी राजदूत जेम्स मोरियार्टीका साथ एउटै विमानमा भारत गएका थिए।   भारतमा भएको वार्तामा कस्तो खिचडी पाक्यो भन्ने कुरा अहिलेसम्म गोप्य राखिएको छ। आज बेलुका सम्म सहमतीका केही तथ्यहरु वाहिर निस्कने संभावना रहेको व्यापक अड्कल गरिएको छ।