View Article  पत्रकारद्वारा बीरगन्ज घोषणा पत्र जारी

काठमाडौ, मंसिर
विवादास्पद सञ्चार अध्यादेशको खारेजी र शाही सत्ताको अन्त्यका लागि सञ्चारकर्मीहरुले कलम सत्याग्रहको घोषणा गरेका छन्। नारायणी अञ्चलका सञ्चारकर्मीहरुको भेलाले शनिबार जारी गरेको सात बुँदे बीरगन्ज घोषणा पत्र-२०६२ मार्फत् यस्तो घोषणा गरिएको हो। भेलापछि जारी घोषणा पत्रमा व्यवसायक एकता र पेशागत मर्यादाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।नेपाल पत्रकार महासंघलगायत विभिन्न पेशागत संगठनसँग आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको सो भेलाले जनताको सर्वोच्चता तथा विधिको शासन स्थापित गर्न सञ्चालित प्रत्येक अभियानका निम्ति पत्रकारहरु समर्पित रहने घोषणा गरेको छ।

View Article  माओवादीहरु मूलधारमा आउन सहमत
Maoist  to come in the mainstream politics

काठमाडौ, मंसिर

दश दिन अघि भारतको नया दिल्ली जानर्भई शनिबार स्वदेश र्फकनुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारतमा रहदा आफले माओवादीका नेताहरुसग सम्वाद गरेको कुरा स्वीकार्नुभएको छ। कोइरालाका अनुसार जनयुद्धरत माओवादीहरु राजनीतिको मूलधारमा आउन सहमत भएका छन्।
कोइरालाले दिल्लीमा माओवादी नेताहरुसग टेलीफोनमा कुराकानी भएको सभापति कोइरालाले पत्रकारहरुलाई बताउनुभयो। मूलधारको राजनीतिमा आउन आफूले गरेको आग्रहलाई माओवादीहरुले सकारात्मकरुपमा लिएको उहाले बताउनुभयो। कांग्रेस-माओवादी वार्ताबारेमा जानकारी दिदै पार्टी प्रवक्ता कृष्णप्रसाद सिटौलाले पत्रकारहरुग भन्नुभयो-' राजनीतिको मूलधारमा आउन गरिएको आग्रहप्रति माओवादीहरु सकारात्मक देखिएका छन्।' सिटौला पनि दिल्ली भ्रमणमा रहनुभएका कोइरालासगै हुनुहुन्थ्यो।
कोइरालाले माओवादीका कुन नेतासग टेलिफोन वार्ता गर्नुभएको हो भन्ने चाहि कांग्रेस नेताहरुले गोप्य राखेका छन्।दिल्लीमा रहदा कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, मन्त्रीहरु र विपक्षीदलका नेताहरुसग पनि भेट गर्नुभएको थियो।
भारतीय नेताहरुले नेपालमा सञ्चालित सातदलको आन्दोलनलाइ नैतिक र्समर्थन जनाएको कांग्रेस नेताहरुले बताएका छन्। स्वास्थ्य परीक्षणका लागि भनेर दिल्ली जानुभएका कोइरालाका साथमा कृष्ण सिटौलाका अतिरिक्त केन्द्रीय सदस्य शेखर कोइराला पनि हुनुहुन्थ्यो। उहाहरु तीनै जना एकैपटक स्वदेश र्फकनु भएको छ।