View Article  अन्तत: ती मलाई लिन आए
Finally, Nazis came to take me
( satirical photo feature)




माथिको भनाइ र नेपालको अवस्था के एकै छ र ? सतहमा हेर्दा  छैन। अन्तत ती मलाइ लिन आए भन्ने कुरा  दोश्रो विश्व युद्धताका रुसी लेखकले भनेका हुन्। अहिलेको नेपालको आन्तरिक अवस्थापनि नाजीहरुले पालै पालो गरेर नागरिकहरु लिन आएको जस्तै छ। नेपालको निरंकुश शक्तिले जनताका सारा अधिकारहरु एक एक गरि खोसिरहेको छ। जनताका बांच्न पाउने अधिकारहरुमाथि आधिप्तय जमाएर र  जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुलाई फूटाएर आफ्नो एकछत्र रजाइ चलाउन खोजीरहेको छ। नाजीले एक नागरिक लिन आउंदा अर्को जसरी चुप लागेर बसेका थिए;  हामीहरु भने त्यसरी नै  चुप लाग्ने बेला छैन , यो पार्टी र त्यो पार्टी, यो समूह र त्यो समुहका नाममा फूटेर निरंकुशतालाई संस्थागत हुन दिने समय छैन। यो समय निरकुंशतन्त्र फाल्ने समय हो भन्ने कुरा हामी नागरिकहरुले मनन गर्नुपर्ने बेला भएको छ।

श्रोत : इमेलबाट प्राप्त
View Article  निरंकुशचरित्रको अध्यादेश र अदालती फैसला
Autocratic ordinance and the decision of supreme court
Sarita Gautam, advocate

विचार /विवेचना

सरिता गौतम                                                    
                            

झुक्यायर तिमीलाई चोर्ला, टाप कस्ला है       
ढोका थुन अदालत सरकार पस्ला है।।

यसपालिको तिहारमा लोकतन्त्रका समर्थक स्रस्टाहरुले नेपाल बार एसोसिएशनको प्राङ्गणमा देउसी खेल्दै उक्त यस्ता शव्दहरु भनिएका थिए । त्यतिनैबेला भने प्रधानन्यायाधीश लगायतका न्यायमूर्तीहरु भने हासीरहेका थिए। समय यस्तो थियो, संचार अध्यादेशको खोरेजीको माग गर्दे कानून व्यावसायीहरु न्यायलयमा बहस गरिरहेका थिए।

यो अध्यादेश प्रक्रियाको हिसावले मात्रै होइन, अन्तर्वस्तुको हिसाबलेपनि चरम निरंकुश चरित्रको छ। यसले पत्रकारितालाई मर्यादित बनाउने नाममा जे-जस्ता कठोर प्रावधानहरुको व्यवस्था गरेको छ, यसको उद्देश्य सञ्चार माध्यमहरुलाई सरकारको भजन संयन्त्र र सञ्चारकर्मीहरुलाई सत्ताको भाट बनाउने भन्दा अरु केहीपनि रहेको देखिदैन। यसले जे जस्ता दण्डहरुको व्यवस्था गरेको छ, यसले विशेषगरी मिसन पत्रकारिता गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई अघोषित मृत्युदण्ड दिने र सत्ताको चरणमा सबैलाई टाउको निहुर्‍याउन बाध्य पार्ने नियत बोकेको छ। श्री ५ को मर्यादा कायम राख्ने नाममा राजपरिवारका विषयमापनि चुइक्क बोल्न नपाउने  व्यवस्था गरिएको छ। यसले राजाले नेतृत्व गरेको वर्तमान सरकारको जनविरोधी कुकृत्यहरुको सम्बन्धमा कसैले औंलो ठड्याउन  नसकोस्, राजपरिवारका कतिपय व्यक्तिहरुबाट बेला बेलामा हुने उपद्रवको बारेमा कसैले संकेतसम्म गर्न नपाओस् भन्ने   more »
View Article  माधव नेपाल फेरि दिल्ली जाने !

Madhab Nepal to leave Delhi again !

काठमाडौ, मंसिर ५

 नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्माओलीले आइतबार छुट्टाछुट्टै कार्यक्रमहरुमा बोल्दै नेकपा माओवादी र सात दलहरुबीच संवाद जारीरहेको बताउनुभएको छ। एमाले महासचिव नेपालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा माओवादीहरु बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेर राजनीतिको मूल धारमा आउन लागेको जानकारी गराउदै सबैलाई खुशी हुन आग्रह गर्नुभयो। तर, माओवादीले संयुक्त राष्ट्रसंघको मातहतमा हतियार व्यवस्थापन नगरेसम्म सातदलको सडक   more »