Madhab Nepal to leave Delhi again !

काठमाडौ, मंसिर ५

 नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी शर्माओलीले आइतबार छुट्टाछुट्टै कार्यक्रमहरुमा बोल्दै नेकपा माओवादी र सात दलहरुबीच संवाद जारीरहेको बताउनुभएको छ। एमाले महासचिव नेपालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा माओवादीहरु बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेर राजनीतिको मूल धारमा आउन लागेको जानकारी गराउदै सबैलाई खुशी हुन आग्रह गर्नुभयो। तर, माओवादीले संयुक्त राष्ट्रसंघको मातहतमा हतियार व्यवस्थापन नगरेसम्म सातदलको सडक आन्दोलन जारी रहने नेपालले बताउनुभएको छ।

माओवादीसग वार्ता चलिरहेकाले एक महिनाभित्र सबै सहमतिहरु सार्वजनिक गरिने एमाले महासचिव नेपालले आश्वासनसमेत दिनुभएको छ। तर, दिल्लीमा सातसालको जस्तो सम्झौता हुदैन, महासचिव नेपालले भन्नुभयो। शुक्रबारमात्रै स्वदेश र्फकनुभएका नेपालले पुनः दिल्ली जानलागेको पत्रकारहरुलाई पूर्व जानकारीसमेत गराउनुभयो।

   त्यसैगरी एमाले नेता केपी शर्माओलीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मूलधारको राजनीतिमा ल्याउन माओवादीसग सातदलको वार्ता भइरहेको र निकट भविष्यमा वार्ताको परिणाम बाहिर आउने जानकारी दिनुभएको छ। भूमिगत पार्टीसंग गरिने वार्ता कहा र कसरी हुदैछ भनेर बताउन नमिल्ने एमाले नेता ओलीले स्पष्ट पार्नुभयो। तर, वार्ता सकारात्मक दिशातर्फअगाडि बढेको उहाको कथन छ। र, यो संवादले केही समयभित्रै नया निष्कर्ष निकालने पनि उहाले जानकारी गराउनुभएको छ। ओलीले माओवादीसग जारी वार्ता चरणवद्धरुपमा हुने र त्यसको निष्कर्ष र्सार्वजनिक गर्दै लगिने बताउनुभएको छ। तर दिल्लीमा माओवादी, सात दल र राजदूतहरुसग कुनै पनि वार्ता वा सम्झौता नगरेको ओलीको टिप्पणी छ। 'सात राजनैतिक दलहरुको देशभक्तिमा प्रश्न उठाउने हक मण्डलेहरुलाई छैन, सात दलहरु राष्ट्रियताको प्रश्नमा सचेत छन्।' -ओलीले भन्नुभयो।

सातदलले दिल्लीमा माओवादीसग वार्ता नगरेको र स्वदेशमै भइरहेको भनेपनि एमाले नेता ओलीले रोल्पामा हालै प्रचण्ड र एमालेबीच कुनै लिखित सम्झौता नभएको जिकिर गर्नुभयो।  कार्तिकको पहिलो साता एमाले नेता वामदेव गौतम र माओवादीवीच लिखित सम्झौता भएको र आचार संहिता समेत बनेको समाचार बाहिर आएको छ र एमालेले अहिलेसम्म यसको औपचारिक खण्डन गरेको छैन।