Two ministers differ on the same issue

काठमाडौ , मंसिर ८

सात दल र माओवादीबीच मङ्गलबार भएको समझदारीलाई सरकारले गम्भीर रुपमा लिदै त्यसबारे सरकारले चाडै आधिकारिक धारणा र्सार्वजनिक गर्ने भएको छ। तर यो समझदारीका विषयमा बुधबार दुइजना मन्त्रीहरुले अलग-अलग अभिव्यक्ति र्सार्वजनिक गरेका छन्।सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री टंक ढकालले ट्युनिसियामा आयोजित विश्व सूचना सम्मेलनमा भाग लिएर स्वदेश र्फकेकै दिन बुधबार पत्रकारहरुसग बोल्दै उक्त समझदारीका बारेमा सरकारले तत्काल छलफल गरी आफ्नो दृष्टिकोण बनाउने बताउनुभयो। उहाले भन्नुभयो-'यो स्वार्थको गठबन्धन अप्राकृतिक गठबन्धन बन्न पुग्यो भने यो दुर्भाग्यपनि हुन सक्दछ।'हरेक कुराको उठान र बैठान स्भाविक र प्राकृतिक आधारमा हुनुपर्दछ। यो समझदारी कसरी अगाडि बढ्छ, हामीले त्यसलाई हेर्नैपर्छ।' शान्तिका लागि हुने प्रयासलाई सरकारले सकारात्मक मान्ने भए पनि दल र माओवादीवीच भएको यो सम्झौतालाई विदेशीको इशारामा भएको आरोप लगाउंदै विदेशीको इशारामा भएको सम्झौताले देशको हित नहुने ठोकुवासमेत गर्नुभयो।माघ १९ पछि देशमा शान्ती छाएको देख्न नसकेर अपवित्र गठबन्धन गरिएको ढकालको तर्क छ।
शाही सरकारका अर्का मन्त्री अर्कामन्त्री रमेशनाथ पाण्डेले भने शान्तिका लागि  जहासुकैबाट प्रयास भए पनि त्यो स्वागतयोग्य हुने बताउनुभएको छ। सार्क शिखर सम्मेलनपछि विभिन्न मुलुकको भ्रमण गरेर बुधबार नै स्वदेश र्फकनुभएका परराष्ट्र मन्त्री पाण्डेले पत्रकारहरुसग भन्नुभयो-' शान्ति स्थापना गर्ने कुरा जसले भनेपनि र जसले प्रयास गरेपनि त्यो खुशीकै कुरा हो, शान्तिको खोजी जसले गरेपनि हुन्छ।शान्तीको खोजी हुनु त स्वागतयोग्य कुरा हो।' मन्त्री ढकाल र पाण्डेले भिन्ना भिन्नै अभिव्यक्ति सार्वजनिक गरेपछि सरकारी अधिकारीहरुमा समेत यसबारे मत बाझेको अनुमान लगाउन सकिन्छ। मन्त्री पाण्डे र ढकाल क्याविनेटमा झगडा गरेर माघ-१९ पछि एकताका बोलचालसमेत बन्द भइसकेका व्यक्तिहरु हुन्।यसैबीच अनुदार पञ्चका रुपमा बदनाम पूर्वप्रधानसेनापति सच्चितसमशेर जबराले दलहरुले आतंककारीसग सहकार्य गरेकाले अब उनीहरुलाईपनि आतंककारीको मतियार अन्तरगत कडा कारवाही गरिनुपर्नेभनि धम्की दिएका छन्।