View Article  यो समझदारी दीर्घकालीन बन्न सक्छ

This understanding may turn long lasting : Prachanda

क.प्रचण्ड, अध्यक्ष-नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
अन्तवार्ता 

 

                                  
ने.क.पा.(माओवादी) र सात संसदीय दलहरुबीच हालै भएको समझदारीबारे नेकपा माओवादीका अध्यक्ष प्रचन्ड के भन्नुहुन्छ ? उहाले यो समझदारीलाई कसरी लिनुभएको छ र माओवादीहरु साच्चै हतियार त्याग्न तयार छन् कि छैनन ?  यो समझदारी दीर्घकालिन हो या अल्पकालीन ? पढौ नेकपा माओवादी अध्यक्ष प्रचन्डको अन्तवार्ता  ।

अध्यक्ष कमरेड, सशस्त्र संर्घष गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेको शक्तिबीच समझदारी कसरी सम्भव भयो?  यो समझदारी सहकार्यको स्तरसम्म उठ्नसक्ला?

निरंकुश राजतन्त्रका विरुद्ध देश, जनता, लोकतन्त्र र शान्तिको ऐतिहासिक आवश्यकताको जगमा यो समझदारी कायम भएको हो।   more »

View Article  माधव नेपालसंग राजदूतहरुको भेट
Madhav Nepal meets several Embassidors

काठमाडौ ,मंसिर ९

नेकपा एमालेका महासचिव माधव कुमार नेपालसग आज भारतीय राजदूत शिवशङ्कर मुखर्जीले भेट वार्ता गर्नुभएको छ। त्यसैगरी इजरायली राजदूत र स्वीस सरकारका प्रतिनिधिले पनि महासचिव नेपालसग छुट्टाछुट्टै भेट वार्ता गर्नुभएको छ।भेटका अवसरमा नेपालको विद्यमान राजनीति, जारी द्वन्द र शान्ति बहालीका लागि दलहरुले गरिरहेको प्रयासका बारेमा कुराकानी भएको महासचिव नेपालको निजी सचिवालयले जनाएको छ। सचिवालद्वारा जारी विज्ञप्ति अनुसार राजदूतहरुले नेपालमा जारी दलहरुको आन्दोलनप्रति दृढतापूर्वक समर्थन दोहोर्‍याएका छन्।
View Article  विष्टद्धारा समझदारीको प्रसंसा
Deputy PM Bista appreciates Maoist -Democratic party understanding

काठमाडौ ,मंसिर ९

पार्टीहरु र माओवादीवीच भएको सहमतिका विषयमा मन्त्रीहरुले नै विवादास्पद प्रतिक्रिया दिइरहेकै बेला मन्त्री परिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टले भने सहमतिको खुलेर प्रशंसा गर्नुभएको छ।
राजधानीमा आयोजित एक कार्यक्रमको उद्घघाटन गरिसकेपछि सञ्चारकर्मीहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष विष्टले शान्ति प्रक्रियाकालागि हुने जुनसुकै प्रयास र सम्झौतालाई सरकारले सकारात्मकरुपमा लिने बताउनुभयो। राष्ट्रकालागि सबैभन्दा महत्वपूर्ण कुरा शान्ति भएकोले यसलाई प्रशंसा नै गर्नुपर्दछ । सरकारले यो समझदारीका विषयमा सकारात्मक र संयमित भएर आफ्नो विचार व्यक्त गर्ने विष्टले जानकारी दिनुभएको छ।
उता बुधबार सरकारका प्रवक्ता टंक   more »
View Article  दलहरु संझौताको अन्नानद्धारा स्वागत

सरकारलाई युद्धविराम गर्न आग्रह


Annan Welcomes 7 party - Maoist understanding

काठमाडौ, मंसिर ९

बहुदलीय प्रजातन्त्र स्थापना र देशमा शान्ती बहालीकालागि सात राजनैतिक दल र माओवादीवीच भएको समझदारीलाई संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले स्वागत गर्नुभएको छ। साथै अन्नानले माओवादीलाई युद्धविरामको अवधि बढाउन र सरकारलाईपनि युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको छ। महासचिव अन्नानले सहमति बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र एक दशकदेखि जारी द्वन्दको समाधानतर्फकेन्द्रित भएको भन्दै सन्तोष व्यक्त गर्नुभएको उहा“का प्रवक्ताले बिहीबार जानकारी दिनुभएको छ । साथै उहाले सहमतिको विस्तृत अध्ययन गरिरहेको अन्नानका प्रवक्तालाई उद्धृत गर्दै काठमाण्डौस्थित संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालको समस्या समाधानका लागि जस्तोसुकै सहयोग गर्न पनि राष्ट्र संघ तयार रहेको अन्नानले बताउनुभएको छ।जस्ताको तस्तै बिज्ञप्तीका लागियहा क्लीक गर्नुहोस।

त्यसैगरी आजै मानवअधिकार जोगाअौ आन्दोलन नेपाल नामको संगठनले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै सात राजनीतिक दल र माओवादीविच भएको संझौताको प्रसंसा र स्वागत गरेको छ। जस्ताको तस्तै विज्ञप्ती एट्याच्चमेन्टमा

1 Attachments
View Article  दल र माओवादी सहमतीको निन्दा

Janamorcha leaders condemn Maoist - 7 Party understanding


काठमाडौ, मंसिर ९

 
जनमोर्चा नेपालका महासचिव नवराज सुवेदी र नेकपा एकता केन्द्र मसालका  नेता चित्रबहादूर केसीले माओवादी र सात दलको सहमतीको निन्दा गरेका छन्। यस अघिनै राजाप्रति नरमपन देखाउने नेताका रुपमा चित्रित यि नेताहरुले आज प्रकाशित गरेको विज्ञप्तिलाई सरकारी समाचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलीभिजनले खुव बढाइ चढाइगरि प्रसारण गरिरहेका छन्।
जनमोर्चाका अध्यक्ष अमिक शेरचनलेसमेत हस्ताक्षर गरेको समझदारी पत्रमा उल्लेखित बुदाको विरोध गर्दै सुवेदीको वक्तव्यमा भनिएको छ- "माओवादी  सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने" जस्ता विषयबारे हाम्रो संगठनभित्र कुनै निर्णय गरिएको छैन र जनमोर्चा, नेपालभित्र सांगठनिक र औपचारिक तबरबाट छलफल गरिएको छैन। यस अवस्थामा यो समझदारी राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध जानसक्ने गम्भीर र विवादित विषयप्रति हाम्रो विशेष आपत्ति छ।'
महासचिव सुवेदीले समझदारी-पत्रमा उल्लेखित निरंकुश राजतन्त्रविरुद्ध आ-आफ्ना ठाउबाट प्रहार केन्द्रित गर्ने, शान्ति स्थापना गर्ने, प्रतिष्पर्धात्मक लोकतान्त्रिक मूल्य र पद्धति प्रति प्रतिवद्ध रहने जस्ता विषयहरुलाई  भने स्वागत र समर्थन गर्नुभएको छ।