Janamorcha leaders condemn Maoist - 7 Party understanding


काठमाडौ, मंसिर ९

 
जनमोर्चा नेपालका महासचिव नवराज सुवेदी र नेकपा एकता केन्द्र मसालका  नेता चित्रबहादूर केसीले माओवादी र सात दलको सहमतीको निन्दा गरेका छन्। यस अघिनै राजाप्रति नरमपन देखाउने नेताका रुपमा चित्रित यि नेताहरुले आज प्रकाशित गरेको विज्ञप्तिलाई सरकारी समाचार माध्यमहरु रेडियो नेपाल र नेपाल टेलीभिजनले खुव बढाइ चढाइगरि प्रसारण गरिरहेका छन्।
जनमोर्चाका अध्यक्ष अमिक शेरचनलेसमेत हस्ताक्षर गरेको समझदारी पत्रमा उल्लेखित बुदाको विरोध गर्दै सुवेदीको वक्तव्यमा भनिएको छ- "माओवादी  सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने" जस्ता विषयबारे हाम्रो संगठनभित्र कुनै निर्णय गरिएको छैन र जनमोर्चा, नेपालभित्र सांगठनिक र औपचारिक तबरबाट छलफल गरिएको छैन। यस अवस्थामा यो समझदारी राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध जानसक्ने गम्भीर र विवादित विषयप्रति हाम्रो विशेष आपत्ति छ।'
महासचिव सुवेदीले समझदारी-पत्रमा उल्लेखित निरंकुश राजतन्त्रविरुद्ध आ-आफ्ना ठाउबाट प्रहार केन्द्रित गर्ने, शान्ति स्थापना गर्ने, प्रतिष्पर्धात्मक लोकतान्त्रिक मूल्य र पद्धति प्रति प्रतिवद्ध रहने जस्ता विषयहरुलाई  भने स्वागत र समर्थन गर्नुभएको छ।