UML prepares a huge mass meeting in Kathmandu

काठमाडौ मंसिर १०

 आज पोखरामा भएको विशाल प्रदर्शनपछि नेकपा (एमाले) ले देशव्यापी रुपमा संचालन गरिरहेको लोकतान्त्रिक जागरण अभियान अर्न्तर्गत यहि मंसिर १७ गते काठमाडौंमा बृहद् जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। सात राजनीतिक दल र माओवादीहरुविच भएको सहमती पश्चात एमालेले काठमाडौमा पहिलो पटक जनसागर उठाउने निर्यण गरेको हो।
विगत २ सय ३७ बर्षे इतिहासमा लोकतान्त्रिक शक्तिहरुका लागि अहिले सवैभन्दा सकारात्मक अवस्था सिर्जना भएको, मूलुकमा लोकतन्त्र स्थापनाका खातिर राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशागत तथा सामुदायिक संघ/संस्थाहरु लगायत नेपालका अन्तराष्ट्रिय मित्रहरुको अभूतपूर्व एकता कायम भएको एमालेले जनाएको छ। यसै गरी निरंकुशताविरुद्धको संघर्षमा राजनीतिक दल विभिन्न संघ/संगठन तथा नागरिक समाजले संचालन गरिरहेको आन्दोलनले एकअर्कामा परिपुरकको भूमिका खेलिरहेकोपनि एमालेले जनाएको छ।यसैक्रममा देशव्यापी लोकतान्त्रिक जागरण अभियानअर्न्तर्गत मंसिर १७ गते काठमाडौंमा वृहद् जनप्रदर्शनको कार्यक्रम तय गरेको जनाउँदै सहभागिता र ऐक्यवद्धताका लागि एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियान नै चलाएको छ।

एमालेका युवा नेता योगेश भट्टर्राईका अनुसार, मंसिर १७ गते ११ बजे डिल्लीबजारबाट जुलुस शुरु गरेर १ बजे नयाँ बानेश्वरमा जनसभा गरिने छ। एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियानका साथ वितरण गरिरहेको पर्चा यस्तो छ   more »