UML prepares a huge mass meeting in Kathmandu
काठमाडौ मंसिर १०
आज पोखरामा भएको विशाल प्रदर्शनपछि नेकपा (एमाले) ले
देशव्यापी रुपमा संचालन गरिरहेको लोकतान्त्रिक जागरण अभियान अर्न्तर्गत
यहि मंसिर १७ गते काठमाडौंमा बृहद् जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको
छ। सात राजनीतिक दल र माओवादीहरुविच भएको सहमती पश्चात एमालेले काठमाडौमा
पहिलो पटक जनसागर उठाउने निर्यण गरेको हो।
विगत २ सय ३७ बर्षे इतिहासमा लोकतान्त्रिक शक्तिहरुका लागि अहिले सवैभन्दा
सकारात्मक अवस्था सिर्जना भएको, मूलुकमा लोकतन्त्र स्थापनाका खातिर
राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशागत तथा सामुदायिक संघ/संस्थाहरु
लगायत नेपालका अन्तराष्ट्रिय मित्रहरुको अभूतपूर्व एकता कायम भएको एमालेले
जनाएको छ। यसै गरी निरंकुशताविरुद्धको संघर्षमा राजनीतिक दल विभिन्न
संघ/संगठन तथा नागरिक समाजले संचालन गरिरहेको आन्दोलनले एकअर्कामा
परिपुरकको भूमिका खेलिरहेकोपनि एमालेले जनाएको छ।यसैक्रममा देशव्यापी
लोकतान्त्रिक जागरण अभियानअर्न्तर्गत मंसिर १७ गते काठमाडौंमा वृहद्
जनप्रदर्शनको कार्यक्रम तय गरेको जनाउँदै सहभागिता र ऐक्यवद्धताका लागि
एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियान नै चलाएको छ।
एमालेका युवा नेता योगेश भट्टर्राईका अनुसार, मंसिर १७ गते ११ बजे
डिल्लीबजारबाट जुलुस शुरु गरेर १ बजे नयाँ बानेश्वरमा जनसभा गरिने छ।
एमालेले व्यक्ति व्यक्तिलाई आमन्त्रण दिने अभियानका साथ वितरण गरिरहेको
पर्चा यस्तो छ-
मंसिर १७ गतेको जनप्रदर्शनमा सहभागी बनौं
निरंकुश राजतन्त्रको अन्त्य र
लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढौं।
न्यायप्रेमी जनसमुदायहरु,
हाम्रो मुलुक इतिहासकै सबैभन्दा कष्टप्रद र चुनौतिपूर्ण अवस्थाबाट
गुज्रिरहेको छ। इतिहासका अनेकौं मोडहरूमा नेपालको राजतन्त्रले
नेपाली जनतामाथि गम्भीर षड्यन्त्र गर्दै आएको छ, नेपालको गौरवशाली
रुपान्तरणका उज्वल सम्भावनाका विरुद्ध घात गर्दै आएको छ। विगत २३७ वर्षो
इतिहासमा नेपाली जनताको प्रगति र नेपाल राष्ट्रको गौरवको मुख्य बाधक
नेपाली राजतन्त्र नै हो भन्ने कुरा माघ १९ पछिका राजाका क्रियाकलापहरूले
अझ थप र्छलङ्ग पारेका छन्। जनता, राष्ट्र, संविधान, प्रजातन्त्र,
मानवअधिकार, प्रेस-स्वतन्त्रतामाथि निर्ममतापूर्वक दमन गर्दै बन्दुकको राज
चलाउन राजा ज्ञानेन्द्र उद्धत छन्। सत्रौं शताब्दीको बादशाह बन्ने राजा
ज्ञानेन्द्रको दुस्वप्नलाई २१ औं शताब्दीको उन्नत र प्रजातान्त्रिक
चेतनाले ओतप्रोत नेपालीहरुले चकनाचुर पारि छाड्नेछन्। मानव सभ्यता, उच्च
मानवीय संस्कृति, सामाजिक/आर्थिक अग्रगमन तथा सिंगो लोकतान्त्रिक जागरणका
विरुद्धमा जंगली राज खडा गरेर नेपाली जनताका विरुद्ध सिंगौरी खेल्न
अघिसरेको निरंकुश राजतन्त्रलाई इतिहासको पानामा थन्क्याउने सुवर्ण अवस्था
सिर्जना भएको छ। हाम्रो पार्टी आम लोकतन्त्रवादी राजनीतिक शक्ति,
संघ/संस्था तथा जनसमुदायलाई यस दिशामा दृढताका साथ अघिबढ्न हार्दिक आव्हान
गर्दछ।
विगत २३७ वर्षे इतिहासमा ०४६ सालपश्चात् बहुदलीय शासनकालका १४ वर्षनै
सबैभन्दा उपलब्धीमूलक अवधी थियो भन्ने कुरा हामी स-गौरव भन्न सक्दछौं। यस
अवधिमा शिक्षा, स्वास्थ्य, यातायात, संचार, वित्तीय तथा बैंकिङ्ग,
राजनैतिक-सामाजिक चेतनालगायतका क्षेत्रमा नेपाल राष्ट्रले उल्लेख्य प्रगति
हासिल गरेको छ। तर राष्ट्र र जनताका विरुद्ध षडयन्त्र गरिरहेको
राजतन्त्रका विरुद्ध जनतालाई आन्दोलित र संगठित गर्ने सवालमा ध्यान
पुर्याउन नसक्नु, सत्ता समिकरणका नाममा पटक-पटक सम्झौता गर्नु, २०४६
सालको आन्दोलनले संबोधन गर्न नसकेका सामाजिक आर्थिक मुद्दालाई संवोधन गरी
बहुदलीय प्रजातन्त्रलाई समावेशी मान्यताका साथ अझ उन्नत बनाउन नसक्नु,
सामन्तवादको अन्त्यका लागि मूख्य राजनीतिक पार्टी बीचमा सहकार्यको बदला
अविश्वास र शत्रुतापूर्ण सम्बन्ध कायम हुनु, सुशासन कायम गरी
भ्रष्टाचारमाथि नियन्त्रण गर्न नसक्नु जस्ता कतिपय दूरगामी कमजोरीहरु पनि
भएका छन्। अत्यधिक समय प्रतिपक्षमा रहेको र ज्यादै थोरै समयमा मात्रै
सरकार चलाउने अवसर प्राप्त भएको भएता पनि हाम्रो पार्टी उपरोक्त
कमजोरीहरुप्रति आफ्नो जिम्मेवारी महशुस गरी नेपाली जनताका सामु पटक-पटक
आत्मालोचित हुँदै आएको छ। हाम्रो पार्टी अन्य प्रमुख राजनीतिक पार्टीवाट
समेत भविष्यमा यस्ता कमजोरीहरु नदोहोर्याउने प्रतिबद्धताको अपेक्षा
गर्दछ। लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो, नकी निरंकुशतन्त्र।
दलीय प्रणालीको विकल्प अझ उन्नत संस्कारयुक्त दलीय परिपाटी नै हो, नकी
दलविहीन राजतन्त्र। हामी उपरोक्त मान्यतालाई आत्मसात गर्दै जनताको
विश्वासप्राप्त तथा जनपक्षीय चरित्रमा आफूलाई रुपान्तरण गर्ने दृढता जाहेर
गर्दछौं। र, आम जनसमुदयलाई नेकपा (एमाले) लगायत सात राजनीतिक पार्टीद्धारा
संचालित संयुक्त जनआन्दोलनमा दृढ विश्वास र उच्च मनोबलका साथ सहभागी बन्न
हार्दिक अनुरोध गर्दछौं।
अब नेपाल राष्ट्रको अग्रगतिको पांग्रा पछाडि धकेलिन सक्दैन। वर्गीय,
क्षेत्रीय, जातीय, लैङ्गकि, भाषिक, धार्मिक लगायतका सम्पूर्ण विभेदहरुलाई
अन्त्य गरी नेपाल राष्ट्रलाई सम्पूर्ण नेपाली जनताको साझा र समतामुलक
राज्यमा रुपान्तरण गर्नु आजको प्राथमिक विषय हो। हत्या, हिंसालाई अन्त्य
गरी दिगो शान्ति कायम गर्ने, हिंसात्मक विद्रोही शक्तिलाई शान्तिपूर्ण
अवतरण गराउने, सामाजिक आर्थिक रुपान्तरण गरी नेपाल राष्ट्र र नेपाली
जनताको सम्बृद्धि कायम गर्ने, लोकतान्त्रिक पद्धतिलाई अझ बलियो बनाउने,
निरंकुशतन्त्रलाई अन्त्य गरी गणतन्त्र नेपालको स्थापना गर्ने लगायतका
विषयको शान्तिपूर्ण निरुपणका लागि आज संविधानसभा राष्ट्रको साझा एजेण्डा
बन्न पुगेको छ। यसै सर्न्दर्भमा नेकपा (एमाले) को नवौं बैठकले जारी
आन्दोलनका लागि 'निरंकुश राजतन्त्रको अन्त्य गरौं, संविधानसभा मार्फ्
पूर्ण लोकतन्त्रको स्थापना गरौं' भन्ने मूल नारा अघि सारेको छ। यसलाई
साकार पार्न बृहत राष्ट्रिय जनआन्दोलनको आँधिबेहरीमा सामेल हुन हामी
सबैलाई हार्दिक आव्हान गर्दछौं।
आज विभिन्न काला ऐन, अध्यादेश, आचारसंहिता तथा निरंकुश दमनका विरुद्ध
संचार जगत, कानुन व्यवसायीहरु, मानवअधिकारकर्मीहरु, कर्मचारी,
पेशाकर्मी, शिक्षक, प्राध्यापक, व्यवसायीर्,र् इञ्जिनियर, डाक्टर,
विद्यार्थी, यूवा, किसान, मजदुर, महिला सबै वर्ग र समुदाय आन्दोलित छन्।
सिंगो नागरिक समाज आन्दोलनको अग्रमोर्चामा लडिरहेको छ। सबैको प्रहारको
निसाना निरंकुश राजतन्त्र बनिरहेको छ। नेपालका अन्तराष्ट्रिय मित्रहरु
हाम्रो आन्दोलनको पक्षमा छन्। सिंगो मुलुकमा निरंकुशताका विरुद्ध
अभूतपूर्व एकता कायम भएको छ। दिनप्रतिदिन लोकतन्त्रवादी मोर्चा एकिकृत र
शसक्त बनिरहेको छ। हामी विश्वास गर्दछौं हाम्रो शक्ति, हाम्रो एकता र
हाम्रो अठोटले निरंकुश राजतन्त्र पराजित हुनेछ। लोकतन्त्रको जित
अवश्यम्भावी छ।
आदरणीय जनसमुदायहरु,
लोकतान्त्रिक आन्दोलनकै क्रममा यही ०६२ मंसिर १७ गते काठमाडौंमा बृहद
जनप्रदर्शन हुदैछ। त्यसदिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाललगायत
पार्टी वरिष्ठ नेताहरुले सारगर्वित सम्बोधन गर्नुहुनेछ। विश्वस्तरमा
संचालन भैरहेको किसान जागरण अर्न्तर्गत नेपालमा आएका दर्जनौं विदेशी
प्रतिनिधिहरुले हाम्रो आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्नेछन्। उक्त
दिनको जनप्रदर्शनमा सहभागी बनी निरंकुशता विरुद्धको लोकतान्त्रिक
आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न आम जनसमुदाय, विभिन्न संघ संगठन, एवं
राजनीतिक दल तथा नागरिक समाज लगायत सबैमा हार्दिक अपिल गर्दछौं।
जुलुसः ०६२ मंसिर १७ गते, ११ बजे, डिल्लीबजार
जनसभाः ०६२ मंसिर १७ गते, १ बजे, नयाँ बानेश्वर
· नेकपा (एमाले) उपत्यका समन्वय कमिटी
· नेकपा (एमाले) बागमती अञ्चल समन्वय कमिटी
· अखिल नेपाल किसान संघ
|
|
||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
सत्र गतेको बृहद जनप्रदशनको प्रचार तीब्र
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||