पूर्व प्रधानन्याधिश सर्वोच्च अदालत
King has no right to declare the election
Bishwanath Upadhyaya, former chief justice supreme court

विचार/ विवेचना
प्रजातान्त्रिक प्रणालीमा अवधिक निर्वाचनहरु आवश्यक र महत्वपूर्ण हुन्छन् । वस्तुतः निर्वाचनलाई प्रजातन्त्रको रक्तसञ्चार प्रणाली भने पनि हुन्छ। निर्वाचनले नै प्रजातान्त्रिक व्यवस्थालाइ जीवन्तता र गतिशीलता प्रदान गर्छ। आफूलाई चित्तबुझ्दो विकल्प छनौट गर्ने अवसर जनतालाई निर्वाचनबाटै प्राप्त हुन्छ।
आ-आफ्ना नीति र कार्यक्रमहरु जनतासमक्ष प्रस्तुत गरेर जनसमर्थन प्राप्त भए देशको शासन व्यवस्था सञ्चालन गर्ने अधिकार राजनीतिक दललाई निर्वाचनले नै दिन्छ। त्यसैले निर्वाचन राजनितिक प्रतिस्पर्धाको एउटा यस्तो साधन हो, जसको उपेक्षा राजनीतिक दलहरुले गर्न मिल्दैन, तर निर्वाचनमा भाग लिन केही शर्त पूरा हुनु आवश्यक हुन्छ। ती हुन् -निर्वाचन स्वतन्त्र हुनुपर्छ , भय, त्रास र दबाबरहित वातावरणमा हुनुपर्छ र निर्वाचनमा भाग लिएर आफूखुशी मत दिने अवसर सबै मतदाताले पाउनुपर्छ। साथै निर्वाचन र त्यसका सबै प्रक्रिया विधिसम्मत हुनुपर्छ। यी भए सिद्धान्तका कुरा, जो मैले विस्तार भनिरहनु आवश्यक छैन।
हाम्रो देशमा २०५९ असोज १८ गते संविधान अन्तर्गत कायम मन्त्रिपरिषद्लाई संविधानको धारा१२७ र र धारा २७ (३)को अपव्याख्या गरी राजाबाट बर्खास्त गरेपछि आएको संबैधानिक गतिरोध र त्यसबाट सिर्जना भएको राजनीतिक अन्योलले गर्दा आज तीन वर्षभन्दा पनि बढी समयदेखि स्थानीय स्वायत्त संस्था र राष्ट्रिय विधायिकाको निर्वाचन हुन सकेको छैन। more »