सगरमाथा क्षेत्री

काठमाडौ, मंसिर १२


Goverment closes down Radio sagarmatha
Sagarmatha kshetry

                      
माघ १९ मा राजाले शासन सत्ता हत्याएलगत्तै समाचारमाथि सरकारीअधिपत्य जमाउन रेडियो सगरमाथामा धर्ना कसेका राइफलधारी सूरक्षाकर्मी । तस्विर साभार:  आइएनएसएन ( उषा )

काठमाडौ, मंसिर १२

    वार्ता र सवादको ढोका खुला रहेको राष्ट्रिय मुलधारको राजनीतिमा र्फकन सवैलाई आव्हान गर्ने बर्तमान शाही सरकारको नैतिक बल कतिसम्म स्खलन  भइसकेको रहेछ भन्ने उदाहरण आइतबार बेलुका नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अन्तरवार्ता बजाउन खोजेको आरोपमा दक्षिण एसियाकै पहिलो सामुदायिक एफ एम  रेडियो सगरमाथाका आइतबार राती नै विभिन्न सामान लुट्नुका साथै प्रशारण बन्द गरेर प्रस्तुत गरेको छ।
  आइतबार  बेलुकाको वीवीसी नेपाली सेवाकोप्रशारणमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अन्तरवार्ता  आइरहेको थियो । तर रेडियो सगरमाथाले भने उक्त प्रसारणको सट्टा गीतको धुन बजाउने तयारि गरिरहेको थियो। तर शाही सरकारले प्रचन्डको अन्तरवार्ता प्रसारण हुनु ठीक अगाडी एक्कसी स्टेशनभित्र पसेर बिबीसी रिसिभर र पत्रकारको मोवाइल सेट लुटेको थियो भने ५ जना पत्रकार र एकजना प्राविधिकलाई बन्दी बनाई प्रशारण बन्द गर्न निर्देशन दिइएको पर्चा छरेर फर्किएको थियो।

दिनभरी नै काठमान्डौमा प्रचन्डको अन्तरवार्ता आउने रे राती बिबिसी नेपाली सेवामा भनि हल्ला चलेको थियो ।  त्यही हल्लालाई आधार बनाउंदै प्रहरी नीरिक्षक विश्व खड्काको नेतृत्वमा सरकारले पठाएको सुरक्षाकर्मीको टोलीले आइतबारै सरकारको हिटलरी सुचना तथा सञ्चार मन्त्रालयले तयार गरेको ५४४ र ५४५ नम्बर पत्रसंख्या राखिएका दुइपत्रहरु छरेर गएको थियो।

ती पत्रहरु आइतबारै तयार गरेर प्रशारण नै भइनसकेको कार्यक्रम प्रशारण गरेको आरोप लगाइएको छ , त्यसैगरी पहिलो पत्रमा आतंककारी गतिविधीमा प्रोत्साहन पुग्ने कार्यक्रम प्रशारण नगर्न निर्देशन दिइएको छ र त्यही मितिको अर्को पत्रमा पटक पटक निर्देशन दिंदा पनि नमानेर प्रशारण गरिरहेको भन्दै अर्को आदेश नभएसम्म पूरै प्रशारण बन्द गरिएको जनाउ दिइएको छ। सुरक्षाकर्मीले पत्रकार दीपकराज पान्डेको मोबाइल फोन लुटेका थिए।

राती नै सगरमाथा स्टेशनमा पुगेका सञ्चारकर्मी , नागरिक समाजका नेताहरु कानुन व्यवसायी र राजनीतिक नेताहरुले सरकार एउटा अन्तरवार्ता सुन्न सम्म पनि साहस राख्दैन भने उसले वास्तविक समस्या कसरी सामनाम गर्न सक्छ र भन्ने प्रश्न नेपाल इन्फो संग गरे। स्टेशनमा राती वरिष्ठ सञ्चारकर्मी कनकमणी दीक्षित, लोकतान्त्रिक कानुनबेत्ता भीमार्जून आचार्य, नेपाली कांग्रेस प्रजातान्त्रिकका नेताद्वय डा. मीनेन्द्र रिजाल र विमलेन्द्र निधी नेपाल पत्रकार महासंघका कार्यवाहक सभापती शिव गाउंले लगायत त्यहां पुग्नुभएको थियो। उहांहरुले छुट्टा छुटै विज्ञप्ति जारी गर्दै सरकारको रवैयाप्रति तीव्र आक्रोस व्यक्त गर्नुभएको छ। यसैवीच सरकारले देशभरका ९ वटा सामुदायिक एफ एमहरु बन्द गराएको पनि रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण उप्रेतीले बताउनु भयो।  

    यसैगरि रेडियो सगरमाथामा कार्यरत पत्रकार तथा प्राबिधीकहरु दीपकराज पाण्डे, दीपकबाबु अर्याल, पुण्य भण्डारी र प्राविधिक राजेन्द्र रिजाललाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ परेकि  रेडियो सगरमाथाकी कार्यक्रम प्रस्तोता दूर्गा कार्कीलाई भने नेपाली समय अनुसार बेलुका १० बजे रिहा गरिएको थियो। उनका अनुसार सुरक्षाकर्मीहरुले उनीहरुलाई दूर्व्यवहार गरेका थिए। बिबीसीमा आएको  प्रचन्डको अन्तरवार्ताकालागि यहा क्लिक गर्नुहोस र कान्तिपुर अनलाइनकालागि यहा क्लिक गर्नुहोस। यसैगरी नेपाल न्यूजकालागि  यहा क्लिक गर्नसक्नुहुन्छ।