अदालतद्धारा समाचार प्रसारण अनुमती प्रदान
by
Nepal Info
on Wed 30 Nov 2005 07:30 AM PST |
Permanent Link
|
Cosmos
FM Radios can broadcast news: Supreme Courtकाठमाडौं,मंसीर १५
निरंकुश
सरकारले नचाहँदा नचाहँदै पनि एफएम रेडियोहरुमा समाचार प्रसारण गर्नबाट
बञ्चित नगर्न आज दिउँसो सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको
छ।न्यायाधीश मीन बहादुर रायमाझी र अनुपराज शर्माको संयुक्त इजलासले समाचार
प्रसारण गर्ने कर्तव्य एफएम रेडियोहरुको भएको ठहर गरी मुद्दाको अन्तिम
टुंगो नलागेसम्म समाचार प्रसारण गर्न रोक नलगाउन सरकारलाई आदेश दिएको
हो।सरकारले गत कात्तिक २ गते एक सूचना जारी गरी समाचारमूलक कार्यक्रमको
सट्टा सूचनामूलक कार्यक्रम मात्र प्रसारण गर्नका लागि सम्पूर्ण
रेडियोहरुलाई आदेश दिएको थियो।
सरकारको यो सूचना कानून विपरित भएको
दाबी गरी अधिवक्ता तुलसीराम निरौलाले कार्तिक ११ गते सर्वोच्च अदालतमा रिट
निवेदन दायर गर्नुभएको थियो। मुद्दाको सुनुवाइ गर्दै कार्तिक २० गते
न्यायाधीश हरिजंग सिजापतीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश
जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्नका लागि आज
वादी प्रतिवादी दुवै पक्षलाई बोलाएको थियो। यो मुद्दामा आज अधिवक्ताहरु
सुभाष नेम्वाङ, सतिशकृष्ण खरेलले बहस गर्नुभयो। सरकार पक्षबाट
उपन्यायाधिवक्ता ब्रजेश प्याकुरेलले अदालतसमक्ष आफ्नो भनाइ राख्नु भएको
थियो ।
यसैगरी अदालतको निर्णयको स्वागत गर्दै रिपोटर्स विथआउट बोर्डरले ( Reporters without borders) ले एक प्रेस विज्ञप्ती प्रकाशित गरेको छ। विज्ञप्तीमा प्रेस स्वतन्त्राको रक्षा अब अदालतबाट हुनुपर्ने बताइएको छ।