View Article  युवराजलाई चाहिँ नियम नलाग्ने?
Prince on the road without number plated Bike

Nepal Info special



काठमाडौ, कात्तिक १९

यो फोटोलाई ध्यान दिएर हेर्नुस्। बाइक हार्ली डेभिडसनको हो। महँगो बाइक। हेर्दा त्यति राम्रो देखिँदैन तर निकै महँगो भएकोले थोरै मात्र भित्रिएको छ नेपालमा यस्तो मोटरसाइकल। फेरि फोटो हेर्नुस्। यो कुनै शो रुमको फोटो हैन। सडकमा निस्कन तयार मोटरसाइकल हो। अब मोटरसाइकललाई पनि एकचोटी ध्यान दिएर हेर्नुस्- त्यहाँ नम्बर देख्नुभयो त तपाईँले ? अगाडि त छैन-छैन, पछाडि पनि नम्बर प्लेट छैन यो मोटरसाइकल। यो मोटरसाइकल एक्सिडेण्ट गर्यो भने के गर्ने नि ? चुपचाप लागेर बस्ने १ आखिर संगीतकार प्रवीण गुरुङ किचिएर मारिँदा पनि सबै चुपचाप बस्न बाध्य भएका थिए। प्रवीण गुरुङलाई किच्दा त उनी अधिराजकुमार  मात्रै थिए। अहिले यो मोटरसाइकल चढ्नेको हैसियत त युवराजधिराज भइसक्यो। युवराजलाई नियम नलाग्ने रहेछ। जे गरे नि हुने रहेछ। यो फोटो भने काठमाडौंको दशरथ रंगशालमा भएको एउटा रक कन्सर्टको क्रममा खिचिएको हो। कन्सर्ट सकाएर युवराज फिर्ती सवारी हुँदै थिए नम्वर प्लेट नभएको आफ्नो भडभडे मोटरसाइकल चढेर।
View Article  अमेरिकी टिप्पणीपछि दलहरुले बोली फेरे
सगरमाथा क्षेत्री

Political parties change their stand after US comment

Sagarmatha Kshetry



विश्वको साम्राज्यवादी सत्ताको अभिभावक संस्था अमेरिकी सरकारले नेपालका आन्दोलनरत सात दललेमाओवादीसंग सहकार्य गर्ने निर्णय लिनु दुभाग्यपूर्ण भएको टिप्पणी गरे लगत्तै सात दलले आफ्नो बोली बदलेका छन्।
 उनीहरुले माओवादीसंग सहकार्य गर्ने नभई वार्ता मात्र गर्ने हास्याष्पद अभिव्यक्ति पनि दिएका छन्।शनिबारमात्र काठमाडौंको रिपोर्टस क्ल्बमा आयोजित कार्यक्रममा उनीहरुले माओवादीसंग सात दलले कहिल्यै पनि सहकार्य गर्ने भनी अभिव्यक्ति नै नदिएको पनि दाबी गरे त्यसरी अभिव्यक्ति दिनेहरुमा नेकपा (एमाले )का सुवासचन्द्र नेम्वाड० , नेपाली कांग्रेसका अर्जुन नरंसिंह केसी , नेपाली कांग्रेस (प्रजातान्त्रिक)का होमनाथ दाहाल   more »
View Article  आफैं ढल्ने बाटोमा राजाको सत्ता
डा. देवेन्द्रराज पाण्डे

King's power on the way to crash


विचार/विवेचना




माघ १९ पछि राजाद्वारा चालिएको निरंकुश कदमका विरुद्ध लोकतान्त्रिक पद्दतिको स्थापना गर्ने नेपाली जनताको आकांक्षाअनुरुप राजनैतिक दलहरुले चाल्ने प्रत्येक अग्रगामी कदमप्रति नागरिकहरुका तर्फबाट हामी ऐक्यवद्धता जनाउन चाहन्छौं। तपाइहरु अगाडि बढ्नुहोस् राजाको निरंकुशता आजै ढल्ने छ र नेपालीले चाहेको लोकतान्त्रिक गणतन्त्र आजै आउने छ। नेपालको राजसंस्था एउटा पछौटे समाजको पृष्ठपोषक भयो, सामन्ती संस्कारको पृष्ठपोषक भयो। थिचिएका जाति जनजातिहरुलाई समानता दिनबाट रोक्ने संस्था भयो।

राजाको शासन र राजसंस्थाका विरुद्धमा जनता आन्दोलित भइरहेका छन्, उठिरहेका छन्। जनतालाई मुक्ति दिलाउनका लागि राजनैतिक दलहरुले जनतासगसगै लागेर काधमा काध मिलाउने अग्रसरता देखाउन थालेकामा हामी राजनैतिक दलहरुलाई धन्यवाद दिन चाहन्छौं। आज उपत्यकाभित्रमात्र होइन, उपत्यका बाहिर पनि नागरिक समाजका कार्यक्रमहरु भइरहेका छन्। कतिपय ठाउमा उद्यमी व्यवसायीसमेत लागेर लोकतान्त्रिक आन्दोलनमा हामी योगदान दिन्छौं भनिरहेका छन्। राजतन्त्र र राजसंस्थाका विरुद्धमा ठूलो आवाज उठिरहेको छ।   more »