Nepal Info special

काठमाडौ, कात्तिक १९
यो फोटोलाई ध्यान दिएर हेर्नुस्। बाइक हार्ली डेभिडसनको हो। महँगो बाइक। हेर्दा त्यति राम्रो देखिँदैन तर निकै महँगो भएकोले थोरै मात्र भित्रिएको छ नेपालमा यस्तो मोटरसाइकल। फेरि फोटो हेर्नुस्। यो कुनै शो रुमको फोटो हैन। सडकमा निस्कन तयार मोटरसाइकल हो। अब मोटरसाइकललाई पनि एकचोटी ध्यान दिएर हेर्नुस्- त्यहाँ नम्बर देख्नुभयो त तपाईँले ? अगाडि त छैन-छैन, पछाडि पनि नम्बर प्लेट छैन यो मोटरसाइकल। यो मोटरसाइकल एक्सिडेण्ट गर्यो भने के गर्ने नि ? चुपचाप लागेर बस्ने १ आखिर संगीतकार प्रवीण गुरुङ किचिएर मारिँदा पनि सबै चुपचाप बस्न बाध्य भएका थिए। प्रवीण गुरुङलाई किच्दा त उनी अधिराजकुमार मात्रै थिए। अहिले यो मोटरसाइकल चढ्नेको हैसियत त युवराजधिराज भइसक्यो। युवराजलाई नियम नलाग्ने रहेछ। जे गरे नि हुने रहेछ। यो फोटो भने काठमाडौंको दशरथ रंगशालमा भएको एउटा रक कन्सर्टको क्रममा खिचिएको हो। कन्सर्ट सकाएर युवराज फिर्ती सवारी हुँदै थिए नम्वर प्लेट नभएको आफ्नो भडभडे मोटरसाइकल चढेर।