सगरमाथा क्षेत्री

Political parties change their stand after US comment

Sagarmatha Kshetry



विश्वको साम्राज्यवादी सत्ताको अभिभावक संस्था अमेरिकी सरकारले नेपालका आन्दोलनरत सात दललेमाओवादीसंग सहकार्य गर्ने निर्णय लिनु दुभाग्यपूर्ण भएको टिप्पणी गरे लगत्तै सात दलले आफ्नो बोली बदलेका छन्।
 उनीहरुले माओवादीसंग सहकार्य गर्ने नभई वार्ता मात्र गर्ने हास्याष्पद अभिव्यक्ति पनि दिएका छन्।शनिबारमात्र काठमाडौंको रिपोर्टस क्ल्बमा आयोजित कार्यक्रममा उनीहरुले माओवादीसंग सात दलले कहिल्यै पनि सहकार्य गर्ने भनी अभिव्यक्ति नै नदिएको पनि दाबी गरे त्यसरी अभिव्यक्ति दिनेहरुमा नेकपा (एमाले )का सुवासचन्द्र नेम्वाड० , नेपाली कांग्रेसका अर्जुन नरंसिंह केसी , नेपाली कांग्रेस (प्रजातान्त्रिक)का होमनाथ दाहाल नेकपा एकता केन्द्र मशालका चित्रबहादुर केसी लगायतका थिए।
 उनीहरुले एकै श्वरमा भने हत्या, हिंसा नत्यागेसम्म माओवादीसंग सहकार्यको कुनै पनि सम्भावना छैन। त्यसैगरी उनीहरुले आफूहरुको विचार अमेरिकी भावनाअनुसार नै भएको पनि दाबी गरे उनीहरुले भने अमेरिका विश्वको ठूलो प्रजातान्त्रिक र नेपाललाई सधैं सहयोग गर्ने राष्ट्र हो हामीले भावना बुझेर नै यो  निर्णय गरेका हौं।यसै बीच त्यही बोलीमा बोली मिलाउंदै नेपाली कांग्रसका उपसभापतीमा सभापती गिरिजाप्रसाद कोइरालाद्वारा टीका लगाइएका सुशील कोइरालाले पनि शनिबार सांझ स्थानीय कान्तिपुर टेलिभिजनसंग कुरा गर्दै माओवादीसंग सहकार्य हुन नसक्ने बताउनुभएको छ।उहांले माओवादीसंग वार्ता उनीहरुले र्सवसाधारणबाट कब्जामा लिएका सम्पपत्ति इत्यादि फिर्ता गर्नु पर्ने आक्रमण आदि बन्द गर्नु पर्ने लगायतका शर्तहरु पनि अघि सारेर मूल मुद्यालाई किनारा लगाउने अभिव्यक्ति दिनु भएको छ।

नरहरीको कडा प्रतिटिप्पणी

  तर यसैबीच सल्यान, जाजरकोट, रुकुम लगायतको १० दिनको भ्रमण सकेर राजधानी काठमाडौं र्फकनु भएका नेपाली कांगे्रसका लोकतान्त्रिक गणतन्त्रवादी नेता नरहरी आचार्यले अमेरिकाले षडयन्त्रपूर्ण ढड०गमा त्यो प्रतिक्रिया र्सार्वजनिक गरेको प्रतिटिप्पणी गर्नुभएको छ। उहांले ती क्षेत्रको भ्रमणपछि शनिबारै राजधानीमा सम्वाददाताहरुसंग भन्नुभयो यो टिप्पणी अमेरिकाले राजालाई संकटबाट रेसक्यु गर्नका लागि गरेको हो।उहांले भन्नुभयो- हामी अमेरिकाको विगत राम्ररी हेर्नुपर्छ उसले सधैंभरि सामन्तहरुको नै पक्ष लिने गरेको छ, अहिले पनि अमेरिका दलहरुको आन्दोलनलाई निस्तेज पार्ने, र्सवदलीय सरकार गठन गर्ने चुनाव गराउने र राजालाई संकटबाट बचावट गरे। माओवादीलाई अलग्याउने दाउमा मात्र रहेको छ तर अहिलेको आवश्यकता त्यो होइन।उहांले अमेरिकाले हतारमा तर योजनाबद्ध रुपमा यो प्रतिक्रिया जनाएको पनि उहांले बताउनुभयो।