Maoist central committee disolved !
Raman Nepal, India
रमन नेपाल
भारत, २० कार्तिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफनो ९५ सदस्यीय केन्द्रीय समिति
बिघटन गरेको छ। माओवादीले चाडै उसको राष्ट्रिय सम्मेलन गर्न लागेकोले
केन्द्रीय समिति बिघटन गरेको बताइएको छ। माओवादीका निवर्तमान अध्यक्ष
प्रचण्डको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको बिश्वस्त सुत्रवाट
थाहा भएको छ। यसैवीच भारत भ्रमणमा रहनु भएका एमाले महासचिव माधवकुमार
नेपालका अनुसार माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले बहुदलीय
प्रतिस्पर्धात्मक राजनीतिमा जाने निर्णय गरेको छ। महासचिव नेपालले
माओवादीको निर्णयलाई सकारात्मक भन्नु भएको छ। सात राजनीतिक दल र
माओवादीविच दुइ पक्षीय रुपमा वार्ता भईरहेको बताईएको छ। अब छिटै बहुपक्षीय
वार्ता गर्ने बताईएको छ। नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला
दिल्ली आउदै हुनुहुन्छ। महासचिव नेपाल र सभापति कोइरालाको आगमनसँगै नयाँ
दिल्लीमा केहि महत्वपूर्ण राजनीतिक सहमति हुने अनुमान गरिएको छ। माओवादी
नेताहरु पनि दिल्ली आउन रोल्पाबाट हिडिसकेको बताईएको छ।
|
|
||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
माओवादीको केन्द्रिय कमिटी बिघटन
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
|||||||||||||||||||||||||||||||||||||||