Security meeting  for the election
काठमाडौ, कात्तिक २१

नेकपा माओवादीको एकतर्फी युद्धविरामपछिको मुलुकको स्थिति र भावी चुनाव बारे छलफल गर्न मगंलाबार देखि सुरक्षा अधिकारीहरुको बैठक काठमाडौमा बस्दै छ। राजाको योजना मुताबिक यो बैठकले छिटै हुन गैरहेको नगरपालीका चुनावमा सुरक्षा अधिकारीहरुले कस्तो भूमिका निर्वाह गर्ने भन्ने रणनीतिहरुपनि तयार गर्नेछ। बैठकमा अञ्चलाधिश, क्षेत्रीय प्रशासक, नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरु र अन्य सुरक्षा निकायका पदाधिकारीहरु समेत  सहभागी हुनेछन्।