Birthday celebration of the dead Constitution
काठमाण्डौ,कार्तिक २३
आज
संविधान दिवस। नेपालमा संबिधान दिवस भने सरकार र नागरिकहरुले अलग अलग
तरिकाले संबिधान दिवस मनाए। बेला बेलामा संबिधान बिरोधाभासपूर्ण भनाइहरु
राखेर बिबादमा आइरहने मन्त्रीपरिषद उपाध्यक्ष तुलशी गिरीको भने आज
अचम्मसंग संबिधानभक्ति देखियो।अहिले सांझ एक चियापान कार्यक्रमको आयोजना
गरेर नेपाल अधिराज्यको संविधान २०४७ लाई कसैले मास्न नहुने बताए। विगतमा
संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले चियापानको आयोजना गर्ने परम्परा
रहेकोमा यसपालि संविधानमै व्यवस्था नभएको पदमा बसेका गिरीले चियापानको
आयोजना गरेका थिए।
गिरीले
मन्त्रीपरिषद्को कार्यालयका तर्फबाट आयोजना गरेको चियापानमा विदेशी
कुटनीतिज्ञहरु, संवैधानिक अंगका प्रमुखहरु तथा उच्च सुरक्षा अधिकारीहरुको
सहभागिता रहे पनि राप्रपाका केहीबाहेक अन्य दलका नेताहरु सहभागी
भएनन्।राजाद्वारा देशभक्तिको मिलनविन्दुमा सबैलाई आउन आग्रह गरेको
तर्फसंकेत गर्दै उपाध्यक्ष गिरीले -' राजा र दलहरुवीच सहकार्यका लागि
अहिलेजस्तो सुवर्ण मौका फेरि नआउने दावी गर्दै चुनावमा भाग लिन दलहरुलाई
आग्रह गरे।
उता
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता बामदेव गौतम,
नेमकिपाका नारायणमान बिजुक्छे र राप्रपाका नेता पशुपतिसमशेर जबरालगायतका
नेताहरु भने गणेशमानसिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित जलपानमा सरिक
हुनुभएको थियो। बुधबारकै दिन अर्को एक कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष
जबराले राजाले पार्टीहरुको आवाज नसुनेकाले आफूहरु पनि अब जनतामा जाने
बताउनुभयो ।
बानेश्वरमा बाह्रघण्टा सत्याग्रह
स्थायी
शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रको माग गर्दै
नया बानेश्वर चौकमा बुधबार बिहान साढे ६ बजेदेखि १२ घण्टे सत्याग्रहको
आयोजना गरियो। सत्याग्रहमा मानवअधिकारवादी ,पत्रकार, पेशाकर्मीहरु तथा
नगरिकसमाजका प्रतिनिधिहरुको हजारौंको संख्यामा सहभागिता रहेको थियो।
त्यसैगरी
संविधानको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालन हुनुपर्ने माग गर्दै
समाजका प्रवुद्ध वर्गले राजधानीमा जागरण पदयात्राको आयोजना गरेका थिए।
उता
राजाद्वारा शान्तिविना जननिर्वाचित व्यवस्था सक्रिय हुन नसक्ने,
देशभक्तिलाई मिलनविन्दु नबनाई शान्ति कायम हुन नसक्ने जस्ता संविधानमै
उल्लेख नभएका शव्दहरु प्रयोग गर्दै संविधानको क्रियाशिलतामा
जोड दिइएको छ। निर्वाचनद्वारा प्रतिनिधिसभा पुन स्थापना गरि
वर्तमान संविधानलाई क्रियाशील बनाउनुपर्ने राजाको बिचार छ।
यता
आन्दोलनरत राजनीतिक पार्टीहरुले भने कार्तिक २३ गतेको दिनलाई निरंकुश
राजतन्त्रविरुद्ध जनअधिकारले बैधता पाएको महत्वपूर्ण दिनका रुपमा स्मरण
गरेका छन्। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाद्वारा जारी
प्रेस विज्ञप्तिमा संविधानमाथिको आक्रमणलाई जनताको लामो र वलिदानीपूर्ण
संर्घषबाट स्थापित प्रजातान्त्रिक आदर्श एवं मूल्य मान्यतामाथिको आक्रमणको
संज्ञा दिइएको छ: