Poets in the Palace

भेर्साइको दरबारको भित्री सुन्दरता। तस्विरहरु: विनोद खकुरेल र अन्य
फ्रान्स, मंसिर १६
फ्रान्स स्थित भेर्साइको दरवार संसार प्रसिद्ध छ। एकताका यो दरवार नेपालको
नारायणहिटी दरवार जस्तै शक्तिकेन्द्र थियो।फ्रान्सको मात्र नभै विश्वको
समेत। फ्रान्सका राजा लुइ चधौको पालामा बन्न शुरु (सन् १६२३ देखि निर्माण
शुरुभएको र १७८९ को फ्रान्सको राज्य क्रान्ति सम्मपनि निर्माण जारी नै
रहेको) भएको हो। फ्रान्समा शासनरत विगतका राजाहरु मध्ये लुइ चौधौलाई
फ्रान्समा संसारकै नौलो चिज बनाउन मन भएछ र उनले त्यतिवेलाको संसारको
सवैभन्दा ठूलो दरवारको निर्माण शुरु गरेका रहेछन्। अहिले यो यति प्रसिद्ध
भैसकेको छ कि चाहे एसिया, चाहे यूरोप, चाहे अमेरिका कसैले बगैचा सहितको
ठूलो भवन निर्माण गर्यो भने फलानाले त भेर्साइको जस्तो दरवार बनाको रहेछ
भन्ने चलन बसिसकेको छ। चाहे भेर्साइको दरवार देखोस या नदेखोस।

पुस्तकालय सहितको दरवारको एक बैठक कोठा।
यहि भेर्साइको दरवारका बारे यो दरवारका बारेमा कति कविता लेखिएछ भनेर
जान्न हिजो दरवारको एक कोठामा कवि सम्मेलन भयो। यसमा नेपालका तर्फबाट
विनोद खकुरेलले भाग लिएका थिए।उनी फ्रान्सेली महाकवी चाल्स बोल्देयरका
अनुयायी हुन्। उनका अनुसार भेर्साइको दरवारको सकारात्मक पक्षबारे खासगरि
यसमा भएका अनुपम कलाका बारे धेरै कविताहरु लेखिएका रहेछन्।तर भेर्साइको
दरबारका बारे मात्रै कति कविता लेखिए भन्ने जानकारीभने पाउन सकिएनछ।
सम्मेलनमा सहभागी कविहरुमध्ये केही।
फ्रान्सका
अन्तिम राजा लुइस सोहौको यो दरवारका भित्री भित्ताहरुमा ज्यादै सुन्दर
कलाहरुले सजाइएको छ। दरवार अगाडी र वरिपरि ज्यादै सुन्दर हरिया बंगैचाहरु
छन्। बगैचाहरुका बिचबिचमा बिबिध किसीमका पानीका फोहराहरु छन्। यहि दरवार
परिसरको पानीको फोहरा नै पेरिसको सबैभन्दा सुन्दर फोहरा मानिन्छ। सन्
१७९३ को २१ जेनेवरीमा जनताद्धारा घांटी काटिनु अघिसम्म राजा लुइस सोहौं
र उनको परिवार यहि बस्थ्यो र राज्यको राजकाजपनि यहिबाट संचालन हुन्थ्यो।
तर राज्यक्रान्ती पछि भने यसलाई फ्रान्सको चिनोको रुपमा सुरक्षित गरिएको छ।

भेर्साइदरवारको अग्रभाग।
गणतन्त्रवादीहरुका
अगाडी यो दरवार शक्ति केन्द्र र षडयन्त्रको तानावाना
बनाउने ठाउ भन्ने बुझिएकोले दरवारको चर्चा सन् १९६३ नभएको भन्ने भनाइ
फ्रान्सेलीहरुबिचमा छ। तर यसपछि भने दरवारको रेखदेख गर्ने, यसबारेमा
लेखिएका अनेक पुस्तक तथा रचानाहरु जम्मा गर्ने र बाहिरी विश्वमा प्रचार
गर्नेकार्य थालियो। अहिले भेर्साइको दरबार फ्रान्सको मुख्य पर्यटकीय स्थल
हो।जहां बर्षेनी भिडभाड भैरह्नछ।तर यो दरवार बन्दाताका संसारभरीनै चर्पीको
प्रयोग गर्ने चलन नभएका कारण यत्रो बिशाल दरबारमा चर्पी बनाएको पाइन्न।

भेर्साइ
दरवार अगाडीको बगैचा। दाया र बांयापनि विशाल बगैचाहरु छन्। यि मध्ये धेरै
बगैचाहरु लुइस सोहौकी अष्ट्रियन रानीले बनाएकी हुन्। जसलाई फ्रान्सको
राज्यक्रान्तिका बेला जनताको पसिनाको दूरुपयोगभनि टिप्पणी गर्दै रानीका
विरुद्ध जनमत निर्माण गर्न प्रयोग गरियो।
साच्चै नेपालमा सगरमाथाबारे,बाग्मतीबारे
या रारातालबारे लेखिएका कविता कतिहोलान् ? नेपालको कुनचाहि स्थलको कविता
बढी लेखिएको होला?

भेर्साइ बगैचाको एक भाग। बगैचाका विचहरुमा बसेर बालबालिकाहरु चित्र कोर्न थालेका दृष्यहरु धेरै देखिन्छन्।