माओवादी शिक्षकले माघमा हडताल गर्ने
by
Nepal Info
on Sat 10 Dec 2005 01:37 PM PST |
Permanent Link
|
Cosmos
Maoist teachers to go for another strike
काठमाडौ, मंसिर २५
नेपाल कम्युनिष्ट पार्टी माओवादी समर्थक शिक्षकहरुले माघको अन्तिममा
मुलुकका प्रमुख स्थानहरुमा सैक्षिक हडताल गर्ने जनाएका छन्। आज एक प्रेस
बिज्ञप्ती प्रकाशित गरदै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष
गुणराज लोहनीले भनेका छन्- माघको तेस्रो हप्ता शिक्षक सभाहरु र माघ २०
देखि २८ गतेसम्म राराशस -राजधानी, राजमार्ग, शहर र सदरमुकाम) मा शैक्षिक
हड्ताल गर्ने निर्णय हाम्रो संगठनले गरेको छ। यसैगरी संगठनले आगामी
चुनावमार्फत थप नरसंहार मच्चाउन लागेकोले चुनाव बहिष्कार गर्न आग्रह गर्दै
यसअघि घोषणा गरिएका मंसिर २६ देखि ३० गतेसम्मको शैक्षिक हड्ताललाई स्थगन
गरीएको जनाएको छ। बिज्ञप्ती जस्ताको तस्तै एटट्याचमेन्टमा।
Attachments: