Government violates human rights on the human rights day



काठमाडौ, मंसिर २५

आज ५७ अ‍ौ अन्तराष्ट्रिय मानवअधिकार दिवस। विगतका बर्षहरुका भन्दा नेपालको मानवअधिकार आन्दोलन नेपालमा चर्किदै गएको छ। यसै क्रममा सरकारले हालै निषेधित क्षेत्र घोषणा गरेको रत्नपार्कमा मानवअधिकार र नागरिक समाजका पक्षधरहरुले मानवअधिकारबहालीको माग गर्दै प्रदर्शन गरे। तर समग्रमा उक्त प्रदर्शन बढी दरवाप्रति आक्रामक देखियो। मानबअधिकारले व्यक्तिको बाच्न पाउने अधिकारको रक्षा हुनुपर्ने माग गर्छ तर आज काठमान्डौको प्रदर्शनमा भने विगतमा नलागेका 'ले ले जनता खुकुरी ले ज्ञाने, पारस छप्काइदे' ; 'पारसे गुन्डा ,रुखमा झुन्डा' , निरकुश तन्त्र मूर्दावाद जस्ता अत्यन्त उग्र नाराले रत्नपार्क गुन्जीएको थियो। घेरा तोड्न चाहेका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेपछि प्रहरी गाडीमा समेत उग्र नारा लागेको सुनिन्थ्यो। प्रहरीले पक्राउ गरेका एक शय भन्दा बढी प्रदर्शनकारीहरुलाई सांझ रिहा गरेको थियो। तस्विर: नेपाल न्यूज