विजय कुवर
Diminishing image of Nepal Army
Bijaya Kunwar
विचार/ विवेचना
नगरकोट हत्याकाण्डपछि शाही नेपाली सेनाको विग्रदै गएको छवीमा झन् धक्का
लागेको छ। यसअघि शाही सेनाले गर्ने कर्तुतहरु सुदूर भेगहरुमा बढी भएका
देखिन्थे। शाही सेनाका जेलघरहरुमा भएका देखिन्थे। तर अहिले राजधानीकै
छेउमै भयो। यो पटकको जघन्य हत्यालाई राजधानीको ठूलो समुहले एकै पटक देख्न
पायो र भोग्न पायो। पत्रकार तथा मानवअधिकारकर्मीहरु यो घटना लगत्तै
घटनास्थल पुग्न पाए तैपनि सत्य तथ्य कुरा अझै आउन सकेन। हत्यारा सैनिक
बासुदेवलाई कसले गोली हान्यो ? किन उसलाई गोली हानियो ? उसको हतियार
किन पानीको पोखरीमा फालियो ? बासुका पछि लागेर किन अरु सैनिकहरु आए
? रक्सीले लरखाइरहेको बासुलाई जथाभावी गोली हान्ने आदेश दिने को हो
? के जात्रापर्वहरुमा संलग्न नागरिकहरुलाई जथाभावी गोली हान्न
पाइन्छ ? के एउटा व्यारेकमा बस्ने सैनिक जुनसुकै बेला जात्राहरुमा
निस्केर रक्सीले मत्त हुदै नाच्न पाइन्छ ? के उसले सैनिक बर्दी र
कार्यालयिक समयको नियम पालना गर्न पर्देन ? यस्ता प्रश्नहरु स्वाभाविक
रुपमा उठ्छन् जसले नागरिकका जिज्ञासाहरु सजिलै पूरा गर्न सक्दैनन।
अझ उदेकलाग्दो पक्ष त यो छ कि शाही नेपाली सेनाले शुरुमा यो घटनालाई १२
आतंककारीहरु मारिएको भनि विज्ञप्ती तयार गरेर प्रसारणकालागि नेपाल
टेलीभिजनमा पठाएको थियो र घटनालाई सामान्यीकरण गर्ने र अपराधबाट जोगिने
प्रयास गरेको थियो। तर दूर्भाग्यवस नेपाल टेलीभिजनले यो समाचार प्रसारण गरेन।
यस्ता जघन्य अपराधहरु सार्वजनिक भैसकेपछि हरेक पटक शाही सेनाले सकेसम्म
ढांट्ने र नसकेपछि यो एउटा घटनालाई हेरेर समग्रमा शाही नेपाली सेनालाई
नमुछ्न आग्रह गर्छौ भन्छ । तरपनि यस्ता अपराधहरु हुने क्रम रोकिन्न। दिन
दहाडै भएको नगरकोट हत्याकाण्ड घटनालाई त शाही नेपाली सेनाले सजिलै ढाकछोप गर्ने
प्रयत्न गरिरहेको छ भने भित्र भित्रै भएका अन्य सयौ घटनाहरु
नागरिकहरुका अगाडि आउन सक्ने संभावना निकै कम रहेका छन् भन्ने अनुमान हामी
सजिलै गर्न सक्छौ।
शाही नेपाली सेना क्रमश युद्ध उन्मादमा नाचिरहेको छ भन्ने कुरा पछिल्ला
घटनाहरुले देखाउदै गइरहेका छन्। चाहे १५ बर्षे किशोरी मैना सुनुवारको
व्यारेक भित्रै भएको सामुहिक बलात्कारपछि भएको हत्या र व्यारेक परिसरमै
गाडीएको लास, चाहे ६० साल पुस २ गते ६२ जना माओवादी कार्यकर्तालाई शिवपूरी
जंगलमा एकसाथ लगेर गोली हानी मारिएको घटना होस, चाहे माओवादी नेता साधुराम
देवकोटा पत्नी सहितको ८ जनाको सामुहिक बलात्कार र हत्या होस चाहे, दोरम्वा
घटना। यि र यस्ता दर्जनौं घटनाहरु हेर्दा ले शाही सेना क्रमश युद्ध
उन्माद तर्फ लम्किरहेछ भन्ने देखिएको छ।
शाही नेपाली सेना राजाको नियन्त्रणमा छ। सेनाका परमाधिपति र रक्षा मन्त्री
समेत आफै भएका हैसियतले यो घटनाबारे केही न केही बोल्नु पर्थ्यो। परिवारका
सदस्यहरुलाई समवेदना दिने र दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त
गर्न पर्थ्यो तर राजा चुप छन्। यो मौनता सांध्नुको अर्थ के छ ? घटनालाई
सामान्यिकरण गरेर सत्ता सन्चालन गरिरहनु ? यो मौनताका बाबजुत
नागरिकहरुको धैर्यतालाई संधै संधै यसरी रोक्न सकिन्न भन्ने यथार्थ बुझेर
घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ। यो सबैको माग र चाहना हो।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
बढ्दो युद्ध उन्मादमा शाही नेपाली सेना
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
Categories
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||